Posts

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

Image
  बुधबार  १ सितम्बर   २०२ १:  पृष्ठभूमि सिने क्रिएशन्सको तेस्रो कोशेली लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम आइतबार  २ ९ अगस्त २०२ १ को साँझ ५ बजे  आयोजन गरियो ।  सिलिगुडीमा सञ्चालित पृष्ठभूमि कला संस्थानका अध्यक्ष दीनानाथ देवकोटाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आयकार विभागका संयुक्त आयुक्त मिलन रुचाल उपस्थित थिए ।  विशिष्ट अतिथिहरू क्रमशः बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति बराल, बरिष्ठ साहित्यकार कृष्ण प्रधान, अतिथिहरूरूमा गायक-नायक भानु रामुदामु, बरिष्ठ सङ्गीतकार युजेन लामा, सिलिगुढ़ी जर्नलिस्ट क्लबका प्रेसिडेन्ट प्रमोद गिरी, बरिष्ठ  समाजसेवी तारा प्रधान, पत्रकार   अनि साहित्यकार  द्वय  ललिता-लतिका जोशी र अन्यान्यको उपस्थिति रहेको थियो ।   पृष्ठभूमि कला संस्थान् अन्तर्गत पृष्ठभूमि सिने क्रिएशन्सको ब्यानरमा निर्मित तेस्रो कोशेली लघु चलचित्र "बसन्त द मिस्ट्री बोय"का लेखक अनि निर्देशक कृष्ण गुरूङ अनि उत्तम तिवारी मन्डल रहेका छन् । क्यामेरा पर्सन सुजय मलिक, सम्पादक उत्तम तिवारी मन्डल र...

डा. साङ्गमु लेप्चाको बाल उपन्यास ''बन संसार'' लाई हरिप्रसाद गोर्खा राई स्मृति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिने

Image
 भारतीय नेपाली साहित्यकी सक्रिय नारी लेखिका डा. साङ्गमु लेप्चालाई उनको बाल उपन्यास ''बन संसार'' लाई लागि हरिप्रसाद गोर्खा राई स्मृति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ । यो पुरस्कारको रुपमा हाम्रो स्वाभिमान ट्रस्ट द्वारा आयोजित 207 औं भानु जयन्तीको उपलक्ष्यमा उक्त सङ्गठनका मूलमन्त्री अधिवक्ता प्रेम छेत्रीले घोषणा गरेका छन् ।  यो पुरस्कार आगामी 9 सितम्बरको दिन दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा आयोजित तीजका भव्य कार्यक्रममा प्रदान गरिनेछ ।  यो पुरस्कारमा स्मृति चिन्ह, प्रमाण-पत्र, अनि नगदराशि हुनेछ ।  स्मरण रहोस्  तीनमहीनाअघि हाम्रो स्वाभिमान ट्रस्टको उत्तरपूर्वी आञ्चालिक समितिको गठन गरिएको छ । जसमा अध्यक्ष मञ्जुला तामाङ सुब्बा, उपाध्यक्ष शरदकुमार राई, सचिव सुमित्रा अविरल, संयुक्त सचिव हेम राई, कोषाध्यक्षा देविका मंग्राती अनि अरू कार्यकारी सदस्यहरू रहेका छन् ।   यही समितिको सक्रियता र सङ्गठनको केन्द्रिय मूलमन्त्री अधिवक्ता प्रेम छेत्रीको पहलमा यो पुरस्कार शुरू गरिएको हो ।      वन्यजन्तुहरूलाई मानवीयकरण गरी तिनीहरूको जीवन...

नेपाली साहित्यका समीक्षक र कवि सुकराज दियाली पितृशोकमा

Image
         सिलगढ़ी  ३   जुलाई  (निस) भारतीय नेपाली भाषाका सक्रिय समीक्षाकार तथा कवि सुकराज दियाली पितृशोकमा परेका छन् ।  उनका पिता हर्कबहादुर पेमु दियाली 84 वर्षको उमेरमा निधन भएको छ ।  नागरी फार्म चियाबारीको चउर गाउँमा जन्म लिएका परिवारका मूल खाँबो हर्कबहादुर पेमु दियाली अवकाशप्राप्त कर्मचारी थिए ।  उनी केही दिनदेखि बुढ़्यौलीको विरामी परेर उपचारको निम्ति चार दिनअघि सिलगढ़ी ल्याइएको थियो ।  यसैक्रममा शनिबार विहान सात बजे सिलगढ़ीको गणेश घोष कोलोनी अवस्थित दियाली आवासमा ह्रदयघात हुँदा उनले अन्तिन स्वास लिए ।  स्व. दियालीको निधनको खबर पाउनेसाथ नेपाली साहित्यिक र सामाजिक क्षेत्रमा शोकको लहर छायो ।  स्थानीय, जिल्ला, राज्य, देश अनि विश्वभरीकै विभिन्न सङ्गठनहरू अनि व्यक्तिगतरुपमा मानिसहरूले उनको निधनमा गहिरो शोक प्रकट गर्दै उनको चिर आत्माशान्तिको कामना गरेका छन् । यसरी नै शोकित परिवारलाई यस्तो बज्रपात सहने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् ।  स्व. दियालीले आफूपछि जेठो छोरा सुकराजलगायत तीनभाइ छोराहरु...

स्व. सुकमान मोक्तानको प्रतिमा र सुकमान मोक्तान द्वार निर्माण र स्मारिका प्रकाशित गरिने

Image
सोमबार 28 जून 2021, बाग्राकोटः भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष स्व. सुकमान मोक्तानको स्मृतिमा उनको प्रतिमा र सुकमान मोक्तान द्वारको निर्माणसँगै स्मारिका प्रकाशित गरिने निर्णय लिइएको छ । स्व. मोक्तानको 49 दिने अन्त्येष्टिको दिन सोमबार डुवर्सको बाग्राकोटमा आयोजित एउटा बैठकमा यो प्रस्ताव पारित गरिएको छ ।  स्व. मोक्तानकै आवासमा उनका भाइ सितम मोक्तानद्वारा अध्यक्षता  गरिएको सभामा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय महासचिव निर्मल कुमार पुन, संयुक्त महासचिव अभय खालिङ, उपाध्यक्षा तथा महिला प्रकोष्ठकी संयोजिका डा. पूनम सुब्बा, सिलगढ़ी क्षेत्रीय समितिका अध्यक्ष  भानु मार्मिक, महासचिव गणेश प्रधान र अन्यान्यको उपस्थिति रहेको थियो ।  यसरी नै डुवर्स नेपाली साहित्य विकास समिति, बाग्राकोट साई समिति लगायत बाग्राकोटका सचेत नागरिकहरूको पनि उपस्थिति रहेको थियो ।  पत्रकार अजय खड्काद्वारा सञ्चालित सभामा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय समितिले स्व. मोक्तानको प्रतिमा निर्माण गर्नेछ, बाग्राकोटका सचेत नागरिकहरूले मीना मोड़मा सुकमान मोक्तान द्वारको निर्माण गर्नेछन् ।  यसरी...

तेञ्जीङ्ग नोर्गे शेर्पाले माउन्ट एभरेस्ट चढ़ेको 68 औं वार्षिकी

Image

सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा खाद्य सामग्री वितरण

Image
                   प्रथम लहरको कोरोनाकालमा जस्तै यो दोस्रो लहरमा पनि विभिन्न सामाजिक संस्थाहरूले विभिन्न मानव उपकारी कार्यहरू गर्दै आइरहेको छ ।   यसमा आश्यक परेका मानिसहरूमा खाद्य सामग्री वितरण गर्नु पनि एउटा हो ।    यसै क्रममा सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दार्जीलिङको चौरास्तामा आश्यक परेका मानिसहरूमा  मङ्गलबार   २ ५  मई २०२ १ को दिन  खाद्य सामग्री वितरण गरियो ।   अधिवक्ता पीटी ओला, डा. किशोर भारती, संस्थानका अध्यक्ष सुजीत निरौला, जुस्लोका विशेष अधिकारी सत्यम गिरी, बिनीता रोका आदिको टोलीद्वारा यो खाद्य सामग्री वितरण गरियो ।   यो कार्यलाई सफल पार्न अधिवक्ता पीटी ओलाको विशेष पहल रहेको थियो ।   गोजमुमो अध्यक्ष बिमाल गुरूङ संरक्षक रहेको संस्था सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दोस्रो लहरको कोरोनाको प्रकोपमा यस्तो मानव उपकारी कार्यहरू गर्दै आइरहेको अनि आवश्यक परेसम्म गरिरहने जानकारी डा. किशोर भारतीले दिएका छन् ।

लङ्गभ्यु भेल्लीका गोजमुमो कार्यकर्ता फुलचन्द कुजूरको अन्तिम संस्कार

28-5-21 अनित थापाद्वारा फूलचन्द कुजुरलाई श्रद्धाञ्जली          लङ्गभ्यु भेल्लीका आदिवासी समुदायलाई प्रतिनिधित्व गर्दै आएका गोजमुमो कार्यकर्ता फुलचन्द कुजूरको अन्तिम संस्कार लङ्गभ्युमा गरियो । यसमा पूर्व जीटीए चिफ  अनि गोजमुमो नेता अनित थापा पनि उपस्थित थिए । उनले भने, "मान्छेले जीवित हुँदा जुन सम्मान समाजबाट पाएको हुन्छ, उनको मृत्युको समय पनि त्यही सम्मानको साथमा उनको अन्तिम संस्कार हुनुपर्छ भन्ने मेरो विचार छ ।  त्यसैले अन्तिम संस्कार भएको धेरै घरमा म आफै पुग्दैछु ।  मेरो उपस्थिति भनेको मानवता र सम्मानको संदेश हो । कोविडले हाम्रो मानवतालाई जित्नु नसकोस् ।" गोजमुमो नेता थापाले बताए, फुलचन्द कुजूर भाइले अन्तिम स्वाससम्म जिन्दगीसंग लडे । प्रथम उनले कोरोनालाई परास्त गर्न सक्षम बनेका थिए । तर कोरोना संक्रमणको प्रभाव ज्यादा हुनकारणले उनमा अन्य स्वास्थ्य समस्या सुरु भयो ।  त्यही स्वास्थ्य बिग्रँदै हिज राति 11.00 बजे उनको देहवासन भयो ।  थापाले अघाड़ि भने, गोर्खा जनमुक्ति मोर्चाले फेरि एक युवा नेतृत्व गुमायो ।  मैले नजिकबाट चिनेको भाइ कुजूर...

सेन्ट जोसेफ कलेजमा आइसोलेशन सेन्टर बनिने

                                       0 1 : सोमबार १७ मई २०२ १                          जेजुएट फादरहरूका स्कूल अनि कलेज साथै एलुम्नाई एसोसिएशनले दार्जीलिङका केही गैर सरकारी संस्थाहरूसित मिलेर सेन्ट जोसेफ कलेजको क्याम्पियन हललाई कोरोना संक्रमितहरू राख्ने आइसोलेशन सेन्टर बनाउने योजना तयार पारेको छ । यसका साथै एसोसिएशनले आइसोलेशन सेन्टर बनाउनको लागि सिंहमारीस्थित सेक्रेट हार्ट चर्चको हललाई पनि विकल्पको रूपमा राखेको बताएको छ । हाल दार्जीलिङ पहाड़मा पनि कोरोना संक्रमितहरूको संख्या दिन-प्रतिदिन वृद्धि भइरहेको छ , अस्पतालहरूमा कोरोना रोगी राख्ने बेडको अभाव पनि खट्कीरहेको छ । यसै विषयलाई ध्यानमा राखेर जेसुयट्स फादर अनि एलुम्नाई एसोसिएशन आफ्नो अधीनमा रहेको सेन्ट जोसेफ कलेजको क्याम्पियन हल वा सिक्रेट हार्ट चर्चको हललाई आइसोलेशन सेन्टर...

भागोपका राष्ट्रिय अध्यक्ष सुकमान मोक्तान बुधबार पञ्चतत्वमा विलीन (भाग १)

Image
शुक्रबार  १२  मई २०२ १ :  गोर्खा समाजका सचेतक तथा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष सुकमान मोक्तान बुधबार पञ्चतत्वमा विलीन भएका छन् । बौद्ध परम्परागत अनुसार उनको अन्तिम संस्कार गरियो ।  शवयात्रा निकाल्नअघि उनको शवमा भागोपका पदाधिकारीहरुले संस्थाको चिन्ह भएको झन्डा ओडाए। पछि उक्त झन्डा उनका छोरा सघन मोक्तानलाई हस्तान्तरण गरियो । उनको शवलाई शमशानघाट पुराउनअघि क्षेत्रको परिक्रमा गराइयो । मिजोरममा वर्ष  2000  मा  स्थापित न्याशनल गोर्खा फेडरेशनबाट नाम परिवर्तन गरी भारतीय गोर्खा परिसङ्घ बनेको संस्थाका राष्ट्रिय अध्यक्ष मोक्तानको सम्मानमा पत्रकार रुपेश शर्माको अगुवाइमा एउटा शोकसभाको पनि आयोजन गरियो । जुन सभामा भागोपका पदाधिकारीहरूले मोक्तानको निधनले गोर्खा समाजमा ठूलो क्षति भएको बताउँदै आफू बाँचुञ्जेल जातिको हकहितका लागि काम गरेको बताए ।  उनले जति सक्रियताका साथ काम गर्थे ,  अब त्यस्तो काम कसले गर्ला भन्ने चुनौती आएको बताए ।  मोक्तानको निधनमा देशभरी नै शोक श्रद्धाञ्जली सभाहरूको आयोजन भइरहेको समाचारहरू प्राप्त भइरहेको छ ।।

असम तीन सुकियामा तेलको पाइप फुट्यो

  शुक्रबार २ ९ मई २०२० असम तीन सुकियाको बागजानमा तेलको पाइप फुटेर भयावह स्थिति उत्पन्न भएको छ ।   अल इन्डिया ओयल कम्पनीको पाँच नम्बर टरबाइनसित जड़ित तेल र ग्यासको पाइप फुटेर पाँच सय मीटर माथिसम्म तेल र ग्यास धेरै समय सम्म छुटिरह्यो ।   यसले गर्दा वरपरको क्षेत्रमा भयावह स्थिति उत्पन्न भएको हो ।   अल इन्डिया ओयल कम्पनीको पाँच नम्बर टरबाइनसित जड़ित तेल र ग्यास को पाइप फुटेर कड़ोरौं रुपियाँको क्षति भएको छ ।   त्यस घटनामा केही कर्म चारीहरू पनि घाइते भएका छन्, जसलाई नजीकैको अस्पतालमा भर्ना गरिए को छ ।   पाइप फुट्दा तेल र ग्यास एकैचोटि निस्किएर वरपरको क्षेत्रमा तेलै तेल फिजिएर भयावह स्थिति उत्पन्न भएको थियो । अझै अर्को दुर्घटना नहोस् भनेर क्षेत्रका मानिसहरूलाई तत्कालै अन्य क्षेत्रमा सारिएकोछ। उक्त टरबाइन को नजीकै डिब्रु सैका राष्ट्रिय उद्यान पनि अवस्थित छ । त्यहाँ विभिन्न प्रजाति का पशुप्राणीहरू पालिएका छन् ।   यो घटनालाई वरपरका मानिसहरूले अल इन्डिया ओयल कम्पनीको लापरवाहिता हो भन्ने आरोप लगाएका छन् । किन कि त्यस क्षेत्रमा कुल छवटा टरबाइनहरू सञ्चा...
आमालाई लिएर कलियुगे श्रवण लिङ्गसे , कालेबुङको हरेश्वर शिवालय मन्दिरमा लिङ्गसे , कालेबुङ २ मार्च (निस) मैसुर निवासी कलियुगे श्रवण आफ्नी 71 वर्षीया आमालाई लिएर कालेबुङ जिल्ला अन्तर्गत भारत स्वाधीनता पूर्व 1944 मा स्थापित लिङ्गसेको हरेश्वर शिवालय मन्दिरमा हिजो आइपुगे ।  जहाँ मन्दिरका सन्तहरू लगायत त्यस क्षेत्रका मानिसहरूले आमा-छोरा दुवैलाई स्वागत जनाए । लिङसे कालेबुङ अन्तर्गत पर्ने पेदोङको फेदमा अवस्थित छ अनि यहाँ जान पर्दा सिक्किमको रिनक भएर जानू पर्छ।  स्मरण गराइन्छ , कलियुगे श्रवण दक्षिणा कृष्ण कुमारले 16 जनवरी 2018 देखि आफ्नी 71 वर्षीया आमालाई लिएर तीर्थ यात्रामा निस्केका हुन् । आमालाई लिएर हिंड़ने उनीसित उनको बुवाको तीस वर्ष पुरानो स्कुटर छ , त्यसैमा लिएर यतिका दिनदेखि हिंड़रहेका छन् । उनको भनाइ अनुसार आमाले सधैं बुवाछोराका लागि घरका काम गरिरहन्थिन् ।  नले घरको नजीकै रहेको नदीसम्म पनि हेर्न पाएकी थिइनन्।  यही भएर उनले आफूले गरिरहेको जागिर छोड़ेर आमालाई लिएर निस्केका हुन् ।   कृष्ण कुमारले बताए अनुसार उनी अरूको सहयोगको रुपियाँ लिएर होइन , आफ्नै कमाइमा...

चर्चित गायक कर्ण दासले आफ्नो गायनद्वारा पारे सबैलाई मोहित

भ्यालेन्टाइन डेको छेक पारेर "न्यु वेब म्युजिक एकेडेमी" सिलगढीले "दोस्रो विन्टर म्युजिक फेस्ट २०२०"को "फाइनल राउण्ड=ग्राण्ड फिनाले" आयोजन गरिरहेको छ। सेभोक रोड ,  सिलगढी अवस्थित प्लानेट मलमा आयोजित यस कार्यक्रम प्रमुख सेलेब्रेटी गायक-निर्णायकको रुपमा नेपाली सङ्गीत संसारका चर्चित गायक कर्ण दास उपस्थित छन्।  अन्य निर्णायकहरूमा एजाज अली, देवाशीष मोथे, पूजन लोहागण, अनुपमा प्रधान अनि सञ्जु ठटाल थिए । मुख्य आयोजकको रुपमा रहेकी छिन् "न्यु वेब म्युजिक एकेडेमीकी हर्ताकर्ता प्रतिमा सक्रिय रहेकी छिन्। यो समारोहमा ग्यालेक्सी म्युजिक डट कमका मालिक प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।  यसरी नै विशिष्ट अतिथिद्वय सङ्गीतकार गोविन्दसिंह घतानी, मणिकमल छेत्री थिए ।  क्रमशः अतिथिहरू दधिराम घिमिरे, दिलचन छेत्री अनि अरू अरू थिए । यो प्रतियोगिताको एकल गिटार वादनमा प्रथम , इमन बर्मण , दोस्रो , सिराज राई , तेस्रो , प्रशान्त भए।  जसलाई मुख्य अतथि इमन सरकारको बाहुलीबाट पुरस्कार प्रदान गरियो।  यसरी नै एकल गायनमा प्रथम निधिसिंह लकान्द्री , दोस्रो , भूमिका सरकार , तेस्रो , ...

आर्नोवाद्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण

हरेक वर्ष घुमेर उने माघको जाड़ोमा हुने खानेले तातो तातो लुगाहरू लगाएर आफ्नो शरीरलाई जोगाउँछन् ।  तर नहुनेहरू, सड़कमा जीवन विताउनेहरूलाई रातको चिसोबाट बच्न निकै गाह्रो पर्दछ । यही कुरालाई ध्यानमा राखे एशोसिएशन फर रिसर्च अन् नन्प्रफिट अर्गनाइजेशन्स एन्ड वल्युन्टेरी एक्टिविटिज (आर्नोवा) द्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण गरेको छ ।  स्मरण रहोस् रुबेन गुरूङद्वारा देशको राजधानी नयाँ दिल्लीमा सन् 2000 मा संस्थापित आर्नोवाले प्रतिवर्ष हिउँदोको समयमा सडकमा जीवन विताउने मानिसहरूलाई तातो तातो लुगाहरू वितरण गर्दै आइरहेको छ ।  यसै सन्दर्भमा यस पटक यसका अध्यक्ष डा. किशोर भारतीको नेतृत्वमा सातजनाको टोलीमा उपाध्यक्ष अमृता सुब्बा, संयुक्त सचिव मोहन शर्मा, कार्यकारी सदस्यहरू दुर्गा साम्बा, मोहन लुइँटेल अनि समीक्षा साम्सोहाङ उपस्थित रहेर तातो तातो लुगाहरू वितरण गरियो ।  स्मरण रहोस् आर्नोवाले आफ्नो स्थापनाकालदेखि नै नेपाली भाषा साहित्य, संस्कृति र गोर्खाली समाजको विकासका लागि विभिन्न प्रकारका सामाजिक कार्य अनि सृजनशील कार्यहरू गर्दै आइरहेको छ । सडकमा जीव...

About Darjinc Dalle Pickles

Dalle from Darjeeling.

सिलगढ़ीमा तमू गुरूङ नयाँ वर्ष लोसार पालन

Image
                                                                तमू छोंज धि तमू गुरूङ कल्याण सङ्गठन, सिलगढ़ीले हिजो आफ्नो नयाँ वर्ष बढ़ो उल्लासका साथ पालन गरेको छ ।  सिलगढ़ीको सालुगढ़ा क्षेत्रको विकास नगर अन्तर्गत गोर्खा कल्याण सङगठनको क्याप्टन रामसिंह ठकुरी रङ्गमञ्च परिसरमा नयाँ वर्ष २०१९ भव्यताको साथमा पालन गरियो ।  स्मरण रहोस् सन् १९९२ मा स्थापना गरिएको भारतको सबैभन्दा जेठो तमू गुरूङहरूको सङ्गठनले मुख्यरुपमा प्रतिवर्ष गुरूङ लोसार पालन गर्दै आइरहेको छ ।  वर्तमान कर्णल डीआर गुरूङ अध्यक्ष, रमेश गुरूङ महासचिव, प्रेम गुरूङ कोषाध्यक्ष अनि अरू कार्यकारी सदस्यहरू रहेको समितिले यो पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजन समितिको गठन गरेको थियो ।  जसको अध्यक्षको रुपमा डिपुटी कमाण्डेन्ट डीएस गुरूङलाई मनोनित गरिएको थियो ।  कार्यक्रमको थालनीमा गुरूङ...

याङ्गगाङ्ग, सिक्किमका छाम्पा मेघी गुरूङ विद्यावारिधिद्वारा विभूषित

Image
                                                                         सिलगढ़ी 26 दिसम्बर (निसं) याङ्गगाङ्ग , दक्षिण सिक्किम निवासी  छाम्पा मेघी लामा (विजय मेगी लामा गुरूङ) लाई विद्यावरिधि ( PhD) को उपाधि डिग्री ससम्मान प्राप्त गरिएको छ । बनारस हिन्दू विश्वविद्यालय  (बि. एच. यू ) को 101 दीक्षान्त समारोहमा मेगी लामा गुरूङलाई विद्यावरिधि ( PhD) को उपाधिले सम्मान गरिएको हो ।  दर्शन विभाग ( Philosophy Department) बाट विद्यावारिधि ( PhD) सम्मका पढाई गर्ने पहिलो भारतीय गुरुङ्ग हुन् भने सिक्किमबाट पनि पहिलो व्यक्ति हुन् ।  यो उपाधि समारोहको आयोजना मङ्गलबार 24 दिसम्बरको दिन आयोजना गरिएको थियो ।    ...

बङ्गला नाटक ‘‘गुलशन’’ प्रदर्शित

                 सिलगढ़ीमा हिउँदो लाग्नेसाथ विभिन्न प्रकारको रमाइलो शुरू हुने गर्दछ ।  किनकि यहाँ राम्रा राम्रा सङ्गीतमय कार्यक्रम, नाटक, सर्कस, मेला आदिबाट रमाइलो लिन पाइन्छ ।  यसैक्रममा सोमबार यहाँको तथ्य केन्द्रमा अवस्थित दीनवन्धु मञ्चमा बङ्गला नाटक ‘‘ गुलशन ’’ प्रदर्शित गरियो । सिलगढ़ीको पुरानो संस्था ‘‘ कललोल सांस्कृतिक समूह ’’ द्वारा प्रायः चारदशकपछि  यो नाटक आयोजित गरिएको थियो ।    श्यामा कान्त दासद्वारा लिखित अनि प्रणब होर रायद्वारा निर्देशित नाटकमा मुख्य कलाकार (भूतनाथ बेनर्जी) को भूमिकामा निर्देशक प्रणब होर राय स्वयं थिए । मुख्य सहायक कलाकार (लैला)  थिइन् शोभा जाना तालुकदार, घर मालिक-मालिक्नीको भूमिकामा अशोक कुमार घोष र जोनाकी मित्रा थिए ।  यसरी नै अन्य कलाकार थिए- अभिजित चन्दा, गौतम राय, दयालचन्द भक्त, अनिल गोस्वामी अनि अरू थिए ।   नाटकका निर्देशकले बताए अनुसार केही कारणवस् यतिका दिनपछि नाटक प्रदर्शन गरियो ।  यसको सफलताको श्रेय बुद्धिजीवी नाटक प्रेमीहरूलाई जान्छ...

सलिल ज्ञेवालीको पुस्तक ‘‘ग्रेट माइन्डस् अन् इन्डिया’’

                                    Great minds on India           मेघालय, शिलङ्गका एकजना लेखक तथा पत्रकार सलिल ज्ञेवालीको पुस्तक ‘‘ ग्रेट माइन्डस् अन् इन्डिया ’’ अब जर्मनी भाषामा पनि प्रकाशित हुने भएको छ ।  यो पुस्तकलाई जर्मनी भाषाका विद्वानद्वय सुश्री क्यारोलिन ह्यागेन अनि म्याक्स हर्जले अनुवादको कार्यलाई अघि बड़ाइरहेका छन् । यो कार्यमा विशेष हात दिइरहेका छन् अमेरिकाली विद्वान् एन. स्येमोरले ।  यो जर्मनी संस्करणको नाम राखिएको छ ‘‘ ग्रोब डेङ्कर उबेर इन्डिया ’’ ।  ‘‘ प्रख्यातो मनिसिदेर चोखे भारोत ’’ नाम राखिएको बङ्गला भाषामा यस पुस्तकलाई बङ्गला भाषाका बरिष्ठ विद्वान डा. आर. एन. दासले गरेका छन् ।   यो बङ्गला संस्करणको विमोचन पश्चिम बङ्गालका राज्यपाल केशरीनाथ त्रिपाठीको बाहुलीबाट गरिएको छ ।  कोलकाता अवस्थित पश्चिम बङ्गालको राजभवनमा विमोचनको समयमा त्यस क्षेत्रका विभिन्न स्कूल-कलेज, विश्वविद्यालयका शिक्षा...

नयाँ दिल्लीमा अखिल भारतीय नेपाली अनुसूचित जाति संघको पत्रकार सम्मेलन

 नयाँ दिल्ली १२ दिसम्बर (निसं) भारतीय नेपाली अनुसूचित जातिलाई देशको संविधानले विभिन्न हकहित र अधिकार दिएको छ ।  तर हामीले दार्जीलिङ, कालेबुङ र डुअर्समा आफ्नो हकहित र अधिकार भोग गर्न पाइरहेका छैनौं ।  यस सम्बन्धमा राज्य सरकारसित पनि हामीले धेरैपटक बलविन्ती गरेका थियौं । तर केही हुन सकेन । त्यही भएर हामीलाई दिल्ली आउनु कर लागेको छ ।  यो गुनासो अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समितिका अध्यक्ष कुबेर गहतराजले पोखेका हुन् । उनी राष्ट्रिय राजधानी नयाँ दिल्ली अवस्थित वसन्त नगरमा आयोजित पत्रकार सम्मेलनमा बोलिरहेका थिए ।  उनले अघि भने, अनुसुचित जातिको हक अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघले राष्ट्रिय राजधानी नयाँ दिल्लीस्थित विभिन्न निकायमा ध्यानाकर्षण गराएको छ। अखिल भारती नेपाली अनुसूचित जाति संघको केन्द्रीय समिति र दिल्ली समितिबीच भएको छलफलपछि एक पत्रकार सम्मेलन गरिएको ङो ।  संघले दार्जीलिङ पहाडमा अनुसूचित जातिले भोगिरहेको समस्यालाई लिएर दार्जीलिङदेखि आएको केन्द्रीय समितिका दश जना कार्यकारी सदस्यीय टोली र दिल्ल...

संस्मरण-- सिलगढ़ीमा नारायण गोपाल सङ्गीतमय साँझ

Image
                                                 * रुपेन कोरम्जने ‘‘ आर्को ’’ ।       वर्ष १९८९ को १६ अनि १७ जनवरी महीना ।  सिलगढ़ीको तथ्य केन्द्रको दीनवन्धु मञ्चमा नेपाली सङ्गीत जगतका चिरहरित गायक ‘‘ नारायण गोपाल सङ्गीतमय साँझ ’’ को आयोजना गरिएको थियो । सिलगढ़ीको हैदर पाड़ा क्षेत्रमा सञ्चालित ‘‘ जागृति युवा सङ्घ ’’ को ब्यानरमा उक्त कार्यक्रमको आयोजना गरिएको भए तापनि त्यसका प्रमुख आयोजक थिए उत्तिखेरका सक्रिय सामाजिक कार्यकर्ता तथा  आजभोलि दैनिकका मालिक पत्रकार राजेश भट्टराई ।  उनको उद्देश्य के थियो भने विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूलाई सिलगढ़ी ल्याएर विशेष कार्यक्रमको माध्यमबाट यहाँका मानिसहरूसित साक्षात्कार गराउनु ।  त्यही  भएर  राजेश भट्टराई दुइ पटक छिमेकी मुलुक नेपालको राजधानी क...