Posts

Showing posts from December, 2019

सिलगढ़ीमा तमू गुरूङ नयाँ वर्ष लोसार पालन

Image
                                                                तमू छोंज धि तमू गुरूङ कल्याण सङ्गठन, सिलगढ़ीले हिजो आफ्नो नयाँ वर्ष बढ़ो उल्लासका साथ पालन गरेको छ ।  सिलगढ़ीको सालुगढ़ा क्षेत्रको विकास नगर अन्तर्गत गोर्खा कल्याण सङगठनको क्याप्टन रामसिंह ठकुरी रङ्गमञ्च परिसरमा नयाँ वर्ष २०१९ भव्यताको साथमा पालन गरियो ।  स्मरण रहोस् सन् १९९२ मा स्थापना गरिएको भारतको सबैभन्दा जेठो तमू गुरूङहरूको सङ्गठनले मुख्यरुपमा प्रतिवर्ष गुरूङ लोसार पालन गर्दै आइरहेको छ ।  वर्तमान कर्णल डीआर गुरूङ अध्यक्ष, रमेश गुरूङ महासचिव, प्रेम गुरूङ कोषाध्यक्ष अनि अरू कार्यकारी सदस्यहरू रहेको समितिले यो पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजन समितिको गठन गरेको थियो ।  जसको अध्यक्षको रुपमा डिपुटी कमाण्डेन्ट डीएस गुरूङलाई मनोनित गरिएको थियो ।  कार्यक्रमको थालनीमा गुरूङ लामा कर्मा गुरूङद्वारा प्रकृति र पितापुर्खाको सम्झना गर्दै नयाँ वर्ष सबैका लागि सुख र शान्तिसित वितोस् भन्दै पूजा अर्चना गरियो ।  यसपछि  तमू छोंज धि तमू गुरूङ कल्याण सङ्गठनका अध्यक्ष कर्णल डीआर गुरूङद्वारा सङ्गठनको झण्डोत्तलन गरिएपछि गुरूङ अवतारी ट

याङ्गगाङ्ग, सिक्किमका छाम्पा मेघी गुरूङ विद्यावारिधिद्वारा विभूषित

Image
                                                                         सिलगढ़ी 26 दिसम्बर (निसं) याङ्गगाङ्ग , दक्षिण सिक्किम निवासी  छाम्पा मेघी लामा (विजय मेगी लामा गुरूङ) लाई विद्यावरिधि ( PhD) को उपाधि डिग्री ससम्मान प्राप्त गरिएको छ । बनारस हिन्दू विश्वविद्यालय  (बि. एच. यू ) को 101 दीक्षान्त समारोहमा मेगी लामा गुरूङलाई विद्यावरिधि ( PhD) को उपाधिले सम्मान गरिएको हो ।  दर्शन विभाग ( Philosophy Department) बाट विद्यावारिधि ( PhD) सम्मका पढाई गर्ने पहिलो भारतीय गुरुङ्ग हुन् भने सिक्किमबाट पनि पहिलो व्यक्ति हुन् ।  यो उपाधि समारोहको आयोजना मङ्गलबार 24 दिसम्बरको दिन आयोजना गरिएको थियो ।      पूर्व सिक्किमको साङमा गाउँमा 12  दिसम्बर 1978 को दिन पिता  स्व. जय चन्द्र मेघी अनि माता श्रीमती लक्ष्मी मेघीको कोखबाट डा. छाम्पा मेघी लामाको जन्म भएको हो ।  उनको  प्राथमिक शिक्षा राजबाडी प्राथमिक पाठशाला खरसाङ, पाचौं श्रेणी पश्चिम सिक्किम सोरेङ सरकारी विद्यालय हुँदै खरसाङको पुष्परानी रोय मेमोरियल विद्यालयबाट 1994 सालमा दोस्रो श्रेणीमा माध्यामिक उत्तीर्ण गरे ।  सन् 1996 मा आइ. टी. आ

बङ्गला नाटक ‘‘गुलशन’’ प्रदर्शित

                 सिलगढ़ीमा हिउँदो लाग्नेसाथ विभिन्न प्रकारको रमाइलो शुरू हुने गर्दछ ।  किनकि यहाँ राम्रा राम्रा सङ्गीतमय कार्यक्रम, नाटक, सर्कस, मेला आदिबाट रमाइलो लिन पाइन्छ ।  यसैक्रममा सोमबार यहाँको तथ्य केन्द्रमा अवस्थित दीनवन्धु मञ्चमा बङ्गला नाटक ‘‘ गुलशन ’’ प्रदर्शित गरियो । सिलगढ़ीको पुरानो संस्था ‘‘ कललोल सांस्कृतिक समूह ’’ द्वारा प्रायः चारदशकपछि  यो नाटक आयोजित गरिएको थियो ।    श्यामा कान्त दासद्वारा लिखित अनि प्रणब होर रायद्वारा निर्देशित नाटकमा मुख्य कलाकार (भूतनाथ बेनर्जी) को भूमिकामा निर्देशक प्रणब होर राय स्वयं थिए । मुख्य सहायक कलाकार (लैला)  थिइन् शोभा जाना तालुकदार, घर मालिक-मालिक्नीको भूमिकामा अशोक कुमार घोष र जोनाकी मित्रा थिए ।  यसरी नै अन्य कलाकार थिए- अभिजित चन्दा, गौतम राय, दयालचन्द भक्त, अनिल गोस्वामी अनि अरू थिए ।   नाटकका निर्देशकले बताए अनुसार केही कारणवस् यतिका दिनपछि नाटक प्रदर्शन गरियो ।  यसको सफलताको श्रेय बुद्धिजीवी नाटक प्रेमीहरूलाई जान्छ ।  सामुदायिक विवादमाथि आधारित नाटक प्रदर्शन गर्नुको उद्देश्य युवाहरूलाई नाटकप्रति चासो बढ़ाउनु रहे

सलिल ज्ञेवालीको पुस्तक ‘‘ग्रेट माइन्डस् अन् इन्डिया’’

                                    Great minds on India           मेघालय, शिलङ्गका एकजना लेखक तथा पत्रकार सलिल ज्ञेवालीको पुस्तक ‘‘ ग्रेट माइन्डस् अन् इन्डिया ’’ अब जर्मनी भाषामा पनि प्रकाशित हुने भएको छ ।  यो पुस्तकलाई जर्मनी भाषाका विद्वानद्वय सुश्री क्यारोलिन ह्यागेन अनि म्याक्स हर्जले अनुवादको कार्यलाई अघि बड़ाइरहेका छन् । यो कार्यमा विशेष हात दिइरहेका छन् अमेरिकाली विद्वान् एन. स्येमोरले ।  यो जर्मनी संस्करणको नाम राखिएको छ ‘‘ ग्रोब डेङ्कर उबेर इन्डिया ’’ ।  ‘‘ प्रख्यातो मनिसिदेर चोखे भारोत ’’ नाम राखिएको बङ्गला भाषामा यस पुस्तकलाई बङ्गला भाषाका बरिष्ठ विद्वान डा. आर. एन. दासले गरेका छन् ।   यो बङ्गला संस्करणको विमोचन पश्चिम बङ्गालका राज्यपाल केशरीनाथ त्रिपाठीको बाहुलीबाट गरिएको छ ।  कोलकाता अवस्थित पश्चिम बङ्गालको राजभवनमा विमोचनको समयमा त्यस क्षेत्रका विभिन्न स्कूल-कलेज, विश्वविद्यालयका शिक्षाविदहरू, शोधार्थीहरू, विद्यार्थीहरू अनि अरू गण्यमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।      सलिल ज्ञेवालीले आफ्नो लेखनकलाको माध्यमद्वारा भारतलाई विश्वमा चिन

नयाँ दिल्लीमा अखिल भारतीय नेपाली अनुसूचित जाति संघको पत्रकार सम्मेलन

 नयाँ दिल्ली १२ दिसम्बर (निसं) भारतीय नेपाली अनुसूचित जातिलाई देशको संविधानले विभिन्न हकहित र अधिकार दिएको छ ।  तर हामीले दार्जीलिङ, कालेबुङ र डुअर्समा आफ्नो हकहित र अधिकार भोग गर्न पाइरहेका छैनौं ।  यस सम्बन्धमा राज्य सरकारसित पनि हामीले धेरैपटक बलविन्ती गरेका थियौं । तर केही हुन सकेन । त्यही भएर हामीलाई दिल्ली आउनु कर लागेको छ ।  यो गुनासो अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समितिका अध्यक्ष कुबेर गहतराजले पोखेका हुन् । उनी राष्ट्रिय राजधानी नयाँ दिल्ली अवस्थित वसन्त नगरमा आयोजित पत्रकार सम्मेलनमा बोलिरहेका थिए ।  उनले अघि भने, अनुसुचित जातिको हक अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघले राष्ट्रिय राजधानी नयाँ दिल्लीस्थित विभिन्न निकायमा ध्यानाकर्षण गराएको छ। अखिल भारती नेपाली अनुसूचित जाति संघको केन्द्रीय समिति र दिल्ली समितिबीच भएको छलफलपछि एक पत्रकार सम्मेलन गरिएको ङो ।  संघले दार्जीलिङ पहाडमा अनुसूचित जातिले भोगिरहेको समस्यालाई लिएर दार्जीलिङदेखि आएको केन्द्रीय समितिका दश जना कार्यकारी सदस्यीय टोली र दिल्ली शाखाका सदस्यहरूको सम्मिलित

संस्मरण-- सिलगढ़ीमा नारायण गोपाल सङ्गीतमय साँझ

Image
                                                 * रुपेन कोरम्जने ‘‘ आर्को ’’ ।       वर्ष १९८९ को १६ अनि १७ जनवरी महीना ।  सिलगढ़ीको तथ्य केन्द्रको दीनवन्धु मञ्चमा नेपाली सङ्गीत जगतका चिरहरित गायक ‘‘ नारायण गोपाल सङ्गीतमय साँझ ’’ को आयोजना गरिएको थियो । सिलगढ़ीको हैदर पाड़ा क्षेत्रमा सञ्चालित ‘‘ जागृति युवा सङ्घ ’’ को ब्यानरमा उक्त कार्यक्रमको आयोजना गरिएको भए तापनि त्यसका प्रमुख आयोजक थिए उत्तिखेरका सक्रिय सामाजिक कार्यकर्ता तथा  आजभोलि दैनिकका मालिक पत्रकार राजेश भट्टराई ।  उनको उद्देश्य के थियो भने विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूलाई सिलगढ़ी ल्याएर विशेष कार्यक्रमको माध्यमबाट यहाँका मानिसहरूसित साक्षात्कार गराउनु ।  त्यही  भएर  राजेश भट्टराई दुइ पटक छिमेकी मुलुक नेपालको राजधानी काठमाण्डु गएर नारायण गोपालको घर गई सङ्गीतमय साँझको लागि राजी गराएर आएका थिए । यो कार्यक्रम गर्नुको अर्को उद्देश्य के थियो गोर्खा शिवालयको वरिपरी ईंटा अनि सिमेन्टद्वारा बारबेर गर्नु ।           कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।  मानिसहरू नारायण गोपालको कार्यक्रम प्रत्यक्ष हेर्न दार्जी

सुधा सुब्बा नारीहरूका लागि प्रेरणाका स्रोत

Image
   संसारमा मानिसले चाहे कुनै काम पनि गर्न सकिन्छ , यदि मनमा दृढ़ विश्वास छ भने ।  नारी भएर यस्तो एउटा  काम एकजना महिलाले गरिरहेकी छिन् । कालेबुङ जिल्ला अन्तर्गत जलढका प्यारेनकी सुधा सुब्बाले पन्चर भएको गाड़ीहरूको चक्का मरम्मत गर्दै आइरहेकी छिन् ।  केही वर्षबाट उनले त्यहाँ आफ्नो चक्का मरम्मत गर्ने केन्द्र खोलेर चलाइरहेकी छिन् ।  उनले स्कुटर-बाइकदेखि लिएर नर्मल गाड़ीहरू , बस अनि ट्रकसम्मका त्यस्ता कामहरू एकलैले गर्दै आइरहेका छिन् ।  उनले त्यै माध्यमबाट आप्नो परिवार पनि धानिरहेकी छिन् ।  अन्य देश , हाम्रै भारतका विभिन्न राज्य र ठाउँहरूमा पनि यस्ता नारीहरू पाइन्छन् ।  तर हाम्रो पहाड़ी समाजका लागि सुधा सुब्बाले एउटा उदाहरणीय काम गरिरहेकी छिन् । विश्वमा नै नारी सशक्तिकरणको अभियान चलाइएको समय  यस्ता कार्य गर्ने सुधा सुब्बा  नयाँ पींढ़ीका अनि अन्य नारीहरूका लागि प्रेरणाका स्रोत हुन् ।  

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन

Image
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिलगढ़ी च्याप्टरको तत्वावधानमा बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन गरियो ।  सिलगढ़ीको प्रधान नगर अवस्थित देवकोटा सङ्घमा ती पुस्तकहरूको विमोचन गरिए । अनेसासका सदस्य समीक्षाकार सुकराज दियालीले स्वागत भाषण राखेपछि नेपाल तथा भारतका वरिष्ठ-बरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा मुक्ति उपाध्याय बरालको निवन्ध सङ्ग्रह, यस्तै उस्तै मनका विचारहरूको  विमोचन गरियो । यस पुस्तकमाथि डा. महेश प्रधान, दार्जीलिङले विस्तृतसित खुबै रोचक ढङ्गले समीक्षा प्रस्तुत गरे ।      यसै गरी मुक्ति उपाध्याय बरालको दोस्रो कृति एकाङ्की सङ्ग्रह गोर्खाको मोडलको  नेपाल तथा भारतका अन्य वरिष्ठ-बरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा विमोचन गरियो । स्मरण रहोस् नागाल्याण्डका एक अन्यतम् निर्माता अनि साहित्यकार स्व. हरिप्रसाद गोर्खा राईद्वारा लिखित कथालाई मुक्ति उपाध्याय बरालद्वारा नाट्य रुपान्तर गरी पहिला नै मञ्चन गरिसकिएको थियो । यो सङ्ग्रहमा अरू पनि मञ्चित एकाङ्कीहरू समावेश गरिएका छन् ।   यस पुस्तकको समीक्षा डा. राजकुमारी दाहाल, सिलगढ़ीले प्रस्