पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम
बुधबार १ सितम्बर २०२१: पृष्ठभूमि सिने क्रिएशन्सको तेस्रो कोशेली लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम आइतबार २९ अगस्त २०२१ को साँझ ५ बजे आयोजन गरियो । सिलिगुडीमा सञ्चालित पृष्ठभूमि कला संस्थानका अध्यक्ष दीनानाथ देवकोटाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आयकार विभागका संयुक्त आयुक्त मिलन रुचाल उपस्थित थिए । विशिष्ट अतिथिहरू क्रमशः बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति बराल, बरिष्ठ साहित्यकार कृष्ण प्रधान, अतिथिहरूरूमा गायक-नायक भानु रामुदामु, बरिष्ठ सङ्गीतकार युजेन लामा, सिलिगुढ़ी जर्नलिस्ट क्लबका प्रेसिडेन्ट प्रमोद गिरी, बरिष्ठ समाजसेवी तारा प्रधान, पत्रकार अनि साहित्यकार

द्वय ललिता-लतिका जोशी र अन्यान्यको उपस्थिति रहेको थियो । पृष्ठभूमि कला संस्थान् अन्तर्गत पृष्ठभूमि सिने क्रिएशन्सको ब्यानरमा निर्मित तेस्रो कोशेली लघु चलचित्र "बसन्त द मिस्ट्री बोय"का लेखक अनि निर्देशक कृष्ण गुरूङ अनि उत्तम तिवारी मन्डल रहेका छन् । क्यामेरा पर्सन सुजय मलिक, सम्पादक उत्तम तिवारी मन्डल रहेका छन् । यो चलचित्रमा कृष्ण गुरूङ, राजु शशाङ्कर, पार्वती ठकुरी, पूनम शर्मा, रोजी राई, प्याट्रिशिया निकोलस, सुजिता राई अनि देव छेत्रीले अभिनय गरेका छन् । प्रिमियर कार्यक्रमभन्दा पहिला पृष्ठभूमिबाटै राजु शशाङ्करद्वारा लिखित र कृष्ण गुरूङद्वारा निर्देशित, सिलगढ़ीको अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल 2019 को बिजेता लघु चलचित्र ‘‘अँध्यारो द डार्कनेस’’प्रदर्शन गरियो । दुइवटै चलचित्र प्रदर्शनपछि वक्ताहरूले समग्रमा भने, पृष्ठभूमिले सिलिगुढ़ीलाई प्रतिनिधित्व गर्दै नाटक र सिनेमाको पक्षबाट जुन योगदान दिइरहेको छ, त्यो अत्यन्त महत्वपूर्ण रहेको छ ।
Comments
Post a Comment