नेपाली साहित्यका समीक्षक र कवि सुकराज दियाली पितृशोकमा

 

 

 

   सिलगढ़ी  जुलाई  (निस) भारतीय नेपाली भाषाका सक्रिय समीक्षाकार तथा कवि सुकराज दियाली पितृशोकमा परेका छन् ।  उनका पिता हर्कबहादुर पेमु दियाली 84 वर्षको उमेरमा निधन भएको छ ।  नागरी फार्म चियाबारीको चउर गाउँमा जन्म लिएका परिवारका मूल खाँबो हर्कबहादुर पेमु दियाली अवकाशप्राप्त कर्मचारी थिए ।  उनी केही दिनदेखि बुढ़्यौलीको विरामी परेर उपचारको निम्ति चार दिनअघि सिलगढ़ी ल्याइएको थियो ।  यसैक्रममा शनिबार विहान सात बजे सिलगढ़ीको गणेश घोष कोलोनी अवस्थित दियाली आवासमा ह्रदयघात हुँदा उनले अन्तिन स्वास लिए ।  स्व. दियालीको निधनको खबर पाउनेसाथ नेपाली साहित्यिक र सामाजिक क्षेत्रमा शोकको लहर छायो ।  स्थानीय, जिल्ला, राज्य, देश अनि विश्वभरीकै विभिन्न सङ्गठनहरू अनि व्यक्तिगतरुपमा मानिसहरूले उनको निधनमा गहिरो शोक प्रकट गर्दै उनको चिर आत्माशान्तिको कामना गरेका छन् । यसरी नै शोकित परिवारलाई यस्तो बज्रपात सहने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् ।  स्व. दियालीले आफूपछि जेठो छोरा सुकराजलगायत तीनभाइ छोराहरु, तीन बहिनीहरू, बुहारीहरू नातानातिनीलाई छोडेर गएका छन् ।  उनको पार्थिव शरीरलाई आफ्नो पैतृकथलो नै पुर्‍याइएको छ ।  उनलाई आइतबार अन्तिन विदाइ दिइनेछ ।  आफू  लेखक साहित्यकार थिएनन् तापनि जीवित रहुञ्जेल स्व. दियालीले पाठकको रुपमा रहेर साहित्य क्षेत्रका सर्जकहरूलाई उत्साह  र प्रेरणा प्रदान गर्थे ।।

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन