Posts

Showing posts with the label darjeeling

संस्मरण-- सिलगढ़ीमा नारायण गोपाल सङ्गीतमय साँझ

Image
                                                 * रुपेन कोरम्जने ‘‘ आर्को ’’ ।       वर्ष १९८९ को १६ अनि १७ जनवरी महीना ।  सिलगढ़ीको तथ्य केन्द्रको दीनवन्धु मञ्चमा नेपाली सङ्गीत जगतका चिरहरित गायक ‘‘ नारायण गोपाल सङ्गीतमय साँझ ’’ को आयोजना गरिएको थियो । सिलगढ़ीको हैदर पाड़ा क्षेत्रमा सञ्चालित ‘‘ जागृति युवा सङ्घ ’’ को ब्यानरमा उक्त कार्यक्रमको आयोजना गरिएको भए तापनि त्यसका प्रमुख आयोजक थिए उत्तिखेरका सक्रिय सामाजिक कार्यकर्ता तथा  आजभोलि दैनिकका मालिक पत्रकार राजेश भट्टराई ।  उनको उद्देश्य के थियो भने विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूलाई सिलगढ़ी ल्याएर विशेष कार्यक्रमको माध्यमबाट यहाँका मानिसहरूसित साक्षात्कार गराउनु ।  त्यही  भएर  राजेश भट्टराई दुइ पटक छिमेकी मुलुक नेपालको राजधानी क...

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन

Image
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिलगढ़ी च्याप्टरको तत्वावधानमा बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन गरियो ।  सिलगढ़ीको प्रधान नगर अवस्थित देवकोटा सङ्घमा ती पुस्तकहरूको विमोचन गरिए । अनेसासका सदस्य समीक्षाकार सुकराज दियालीले स्वागत भाषण राखेपछि नेपाल तथा भारतका वरिष्ठ-बरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा मुक्ति उपाध्याय बरालको निवन्ध सङ्ग्रह, यस्तै उस्तै मनका विचारहरूको  विमोचन गरियो । यस पुस्तकमाथि डा. महेश प्रधान, दार्जीलिङले विस्तृतसित खुबै रोचक ढङ्गले समीक्षा प्रस्तुत गरे ।      यसै गरी मुक्ति उपाध्याय बरालको दोस्रो कृति एकाङ्की सङ्ग्रह गोर्खाको मोडलको  नेपाल तथा भारतका अन्य वरिष्ठ-बरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा विमोचन गरियो । स्मरण रहोस् नागाल्याण्डका एक अन्यतम् निर्माता अनि साहित्यकार स्व. हरिप्रसाद गोर्खा राईद्वारा लिखित कथालाई मुक्ति उपाध्याय बरालद्वारा नाट्य रुपान्तर गरी पहिला नै मञ्चन गरिसकिएको थियो । यो सङ्ग्रहमा अरू पनि मञ्चित एकाङ्कीहरू समावेश गरिएका छन् ।   यस पुस्तकको ...

"भारतीय नेपाली साहित्यका निर्माता एम. एम. गुरूङ" पुस्तक विमोचन

Image
भारतीय  भाषा साहित्यका निर्माता अनि विर्सिएका संस्कृतिहरू  नामक पुस्तकका लागि अकादमी पुरस्कार विजेता स्व. मार्टिन माइकल  गुरूङका कृतिहरूमाथि विवेचित पुस्तकको विमोचन गरिएको छ।  साहित्यकार सीताराम काफ्लेको उक्त कृति "भारतीय नेपाली  साहित्यका निर्माता एम. एम. गुरूङ"  साहित्य अकादमी, दिल्लीद्वारा प्रकाशित गरिएको हो अनि यसको विमोचन, कालेबुङको बङ बस्ती स्थित स्व. गुरूङको वर्तमान आवास प्राङ्गनमा गरिएको हो।  उक्त विमोचनको अध्यक्षता नियात्राकार सलोन कार्थकले गरेका थिए। प्रमुख र विशिष्ट अतिथिका रुपमा क्रमशः साहित्यकार प्रदीप गुरूङ र समीक्षाकार डा.   इन्द्रबहादुर छेत्री उपस्थित थिए।    पुस्तकमाथि सुवास सोताङले वार्ता प्रस्तुत गरे।    पत्रकार  डी. के. वाइबाद्वारा   सञ्चालित  कार्यक्रममा अध्यक्ष अनि अतिथिद्वयले भारतीय नेपाली साहित्यमा स्व. गुरूङको योगदानमाथि   वक्तव्य दिए।   यसरी नै कृतिकारले यसलाई तयार पार्ने सम्बन्धमा स्व. गुरूङका पुस्कहरू विर्सिएका संस्कृतिहरू, घर संसार अनि टिस्टा बग्छ सध...

कैजले उच्च माध्यमिक विद्यालयका पाँच स्काउट विद्यार्थी राज्यपाल पुरस्कारको निम्ति छनौट

Image
 बिजनबारी (निसं)  किताबको पाठ्यक्रम सङ्गै विद्यार्थीहरुलाई चरित्र निर्माण, देशप्रेम एवं आत्मानिर्भर  बनाउने उद्देश्यले कैजले उच्च माध्यमिक विद्यालय लागी परेको छ ।  यसै क्रममा उक्त   विद्यालयको  स्काउट त एन्ड गाइड्सका पाँचजना विद्यार्थीहरु राज्य स्तरीय पुरस्कारको निम्ति छनौट भएका छन्।  ती विद्यार्थीहरूको नाम आइ नसके पनि सम्बन्धित विभागबाट उक्त विद्यालयका पाँचजना विद्यार्थीहरु राज्य स्तरीय पुरस्कारको निम्ति छनौट भएको जानकारी दिइएको छ ।  लगभग एक दशकदेखि निरन्तर रूपमा गर्दै आएको उक्त स्काउट एन्ड गाइड्स समूहले खण्डलाई प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रमहरुमा भाग लिदै आएको स्काउट मास्टर डेबिट राईले बताएका छन् ।   मुख्य रूपमा विद्यार्थीहरुलाई देशप्रेम सङ्गै चरित्र निर्माण गराउँदै योग्य नागरिक बनाउनु स्काउट एन्ड गाइड्सको मुख्य लक्ष्य रहेको समेत उनले बताएका छन्।

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

रिम्बिक (निसं) आगामी वर्ष २०२० मा हुने माध्यमिक परीक्षा अब  रिम्बिक अनि लोधोमा भेकमा पनि हुने भएको छ ।  यो समाचारले स्थानीय मानिसहरू हर्षित बनेका छन्।  लामो समयदेखि स्थानीय गाउँले विद्यार्थीहरुलाई ध्यानमा राख्दै गरिएको माग अन्ततः पूरा भएको छ भने रिम्बिक अनि लोधोमा भेकका विद्यार्थीहरुले स्थानीय रिम्बिक उच्चतर माध्यमिक बिद्यालय तथा लोधोमा उच्च विद्यालयमा दिन पाउने भएका छन्।  उक्त खबरबारे लोधोमा हाइ स्कूलका प्रधान अध्यापक  निरज सुब्बाले थप जानकारी गराएका छन् ।

नर्थ बेङ्गल आर्टिस्ट फोरम गिल्डको पुनर्गठन

Image
                 दार्जीलिङ 25 नवम्बर (निसं) सिलगढ़ीमा नर्थ बेङ्गल आर्टिस्ट फोरम गिल्डको पुनर्गठन गरिएको छ ।  यसका अध्यक्ष प्रदीप दासको अध्यक्षतामा सिलगढ़ीको हासिमपाड़ामा   बसेको सभाले यो नयाँ कार्यकारी समितिको पुनर्गठन गरेको हो । स्मरण गराइन्छ, यो फोरमको गठन एक वर्ष अघाड़ि गरिएको थियो अनि यसमा अध्यक्ष प्रदीप दास र महासचिव विनय घोषको नेतृत्वमा अठतीस जना कलाकारहरू सङ्गठित भएर काम गरिरहेका थिए।   क्रमशः सदस्यहरू थपिँदै गएर अहिलेसम्म पचासभन्दा बढ़ी सङ्ख्यामा कलाकारहरूले सदस्यता लिएका छन् ।    सभामा महासचिव विनय घोषले आजसम्म फोरमले कलाकारहरूलाई अघि बढ़्न सेतुको काम गरिरहेको जानकारी गराउँदै सचिवको आफ्नो प्रतिवेदन प्रस्तुत गरे ।   अन्त्यमा अध्यक्ष प्रदीप दासले आफ्नो समापन वक्तव्य राखेपछि पहिलो कार्यकारी समिति विगठन गरियो ।         दोस्रो कार्यकालको लागि कार्रकारी समिति गठन गरिने क्रममा पूर्व अध्यक्ष प्रदीप दासले आफू अन्य काममा व्यस्त रहनु परेकाले नयाँ कार्यकारी समिति सल्लाहकारक...

युनाईटेड गोर्खा कम्युनिटी फोरम केन्द्रीय समिति रैली निकाल्ने

Image
दार्जीलिङ 25 नवम्बर (निसं) युनाईटेड गोर्खा कम्युनिटी फोरम केन्द्रीय समितिको आयोजनामा समितिकै सभापति बादशाह प्रधानको सभापतित्वमा गोर्खा दुःख निवारक सम्मेलन भवनको कन्फरेन्स हल,  दार्जीलिङमा आयोजन भएको सभामा लिएका प्रस्तावहरुलाई सर्व सम्मतिले मानी लिएको छ।  गोर्खा जात गोष्ठीभित्रका बिभिन्न समुदाय , जनजाति , अनुसूचित जातिबीच पारस्परिक सद्भाव एवं मैत्रिपूर्ण समझदारी जातिय एकता कायम  राख्दै  युजीसीएफले सम्पूर्ण एक्काइसवटा संघ-संस्थाहरुलाई समेटेर आफ्नो जातिय हकहित र अधिकारको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले  गठित युजीसीएफले आगमी दिनाङ्क 1 दिसम्बर 2019 आइतवारको दिन विहान 11 बजे रेल्वे स्टेशन दार्जीलिङमा सम्पूर्ण जातगोष्ठी संघ-संस्थाका सदस्यहरु आ-आफ्नो जातिय भेष-भूषामा भेला भएर युजीसीएफको एउटै ब्यानरमा शान्ति रयाली निकालिने छ भने सहभागीहरूले हात-हातमा एघार  गोर्खा जात गोष्ठीहरुलाई सरकारले जनजातिको मान्यता शिघ्र दिन पर्ने , अनुसूचित जाति जनजाति हरुको निम्ति जीटीएक्षेत्रमा रोष्टर लागू हुनपर्ने , प्रथम  सगरमाथा विजेता स्व. तेन्जिङ्ग नोर्गे शेर्पालाई भारत सर...

सुकेपोखरी: भगवान श्री सत्य साई बाबाको ९४ औं जन्मदिन पालन

सुकेपोखरी: भगवान श्री सत्य साई बाबाको ९४ औं जन्मदिनको सुअवसरमा आज सुकेपोखरी श्री सत्य साई समितिले भव्य रुपमा पालन गरियो । सुकेपोखरी मन्दिर लाइनमा अवस्थित साई मन्दिरमा साई भक्तजनहरुको व्यापक उपस्थितिमा स्वामीको जन्मदिन जयन्ती धुमधाम साथै भजन कीर्तन गरि पालन गरियो। जन्म जयन्तीको अवसरमा बिभिन्न धार्मिक कार्यक्रम सङ्गै भजन कीर्तनहरू समावेश गरिएको थियो। समितिले आफ्नो तय गरियो सेवा अनुसार बिभिन्न आध्यात्मिक कार्यक्रम अनि नारायण सेवा अनुसार आर्थिक बिपिन्न परिवारलाई भोजन, वस्त्र इत्यादि प्रदान गरिएको जानकारी समितिका वरिष्ठ सदस्य पी. बी. थापाले दिएका छन् ।

भष्मे युवा संस्था, को गतिविधि

         कालेबुङ जिल्ला अन्तर्गत गैरीवास सिन्कोना बारीमा नवगठित भष्मे युवा संस्थाको गतिविधि सराहनीय रहेको छ ।  विगत 5 अक्टोबर 2019 को दिन गठन गरिएको उक्त संस्थाका कार्यकर्ताहरूले क्षेत्रमा मद-मदिरा सेवनको विरूद्ध अभियान चलाइरहेका छ्न् ।  यसरी नै पढ़ाइ छोड़ेका किशोर-किशोरीहरूलाई पनि फेरि पढ़ाइमा मन लगाउने दिशामा प्रयास गरिरहेका छन् ।  युवाहरू नराम्रो काममा नलागुन्, उनीहरू खेलकूदमा संलग्न होउन्  भनेर विभिन्न प्रकारको खेलहरूको आयोजना गरेका छन्  ।  यसरी नै सङ्गीत कलामा रचि भएकाहरू त्यसैमा संलग्न होउन्  भनेर संस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका छन् ।  यी कार्यकर्ताहरूकाअनुसार  अब यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहने यी युवाहरूले निर्णय गरेका छन् । त्यस क्रममा आगामी  दिनमा चाँढ़ै आकाशवाणी खरसाङको चर्चित कार्यक्रम युवावाणी अन्तर्गत यी प्रतिभाहरूलाई प्रसारण गर्ने योजना बनाएका छन् ।  जसका लागि आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक श्री पारस आलेज्युसित कुराकानी भइसकेको छ ।  यसरी नै  सा...

कर्तव्यको चक्र कहाँ अन्त हुन्छ र ? --स्नेहलता राई

Image
                  सेवाबाट अवकाश पाए पनि                   जिन्दगीले यस संसारबाट                   अवकाश नपाएसम्म                   कर्तव्यको चक्र कहाँ अन्त हुन्छ र ?                   हो ! सेवा अवकाशपछि पनि                   जिन्दगीका शेष यात्रालाई                   जिन्दगीका हर क्षणहरूलाई                ...

What is Darjinc.?

Darjinc is a lifestyle brand based in Darjeeling that sources Organic and Hand-made items from in and around Darjeeling like Tea, Classic Foods, Handicrafts, Apparel & Stationery. The company is a multi-field industry: it is not limited to the production of food but also other items like apparel, stationery, and handicrafts. It will consolidate the unique Darjeeling handicrafts artisans and also provide an online platform where these products can be sold thereby ensuring that the place’s unique heritage is not forgotten under growing globalization. Rather, it will participate in this global market, creating a niche for itself.

Bhraman: Bokar Ngedon Chokhor Ling Monastery

Image

A Visit to Tukvar Tea Factory

Image
Understanding Tea: In an effort to understand what goes behind the making of the world famous Darjeeling Tea, I went to visit the tea factory in Tukvar. This one claims to be the very first Tea garden in Darjeeling and also was one of the first bagaans to cross the 10,000 per kilo barrier. Few interesting things learnt: the machines here were brought by the East India Company and the process of tea-making hasn't changed much since it started more than two hundred years ago. The British were clever - they divided the process of tea-making to separate chores and hired people to do only specific jobs, thereby ensuring that no one person has the knowledge of the full process. While at the factory, one of the supervisors - Mr Nayan Gurung - who also happens to be my uncle, showed me the correct way of brewing tea - yes, tea needs to be brewed, not boiled. He also explained to me the different kinds of tea the factory makes and how each process is different and how tea made from...