Posts

Showing posts with the label in njp railway

आर्नोवाद्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण

हरेक वर्ष घुमेर उने माघको जाड़ोमा हुने खानेले तातो तातो लुगाहरू लगाएर आफ्नो शरीरलाई जोगाउँछन् ।  तर नहुनेहरू, सड़कमा जीवन विताउनेहरूलाई रातको चिसोबाट बच्न निकै गाह्रो पर्दछ । यही कुरालाई ध्यानमा राखे एशोसिएशन फर रिसर्च अन् नन्प्रफिट अर्गनाइजेशन्स एन्ड वल्युन्टेरी एक्टिविटिज (आर्नोवा) द्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण गरेको छ ।  स्मरण रहोस् रुबेन गुरूङद्वारा देशको राजधानी नयाँ दिल्लीमा सन् 2000 मा संस्थापित आर्नोवाले प्रतिवर्ष हिउँदोको समयमा सडकमा जीवन विताउने मानिसहरूलाई तातो तातो लुगाहरू वितरण गर्दै आइरहेको छ ।  यसै सन्दर्भमा यस पटक यसका अध्यक्ष डा. किशोर भारतीको नेतृत्वमा सातजनाको टोलीमा उपाध्यक्ष अमृता सुब्बा, संयुक्त सचिव मोहन शर्मा, कार्यकारी सदस्यहरू दुर्गा साम्बा, मोहन लुइँटेल अनि समीक्षा साम्सोहाङ उपस्थित रहेर तातो तातो लुगाहरू वितरण गरियो ।  स्मरण रहोस् आर्नोवाले आफ्नो स्थापनाकालदेखि नै नेपाली भाषा साहित्य, संस्कृति र गोर्खाली समाजको विकासका लागि विभिन्न प्रकारका सामाजिक कार्य अनि सृजनशील कार्यहरू गर्दै आइरहेको छ । सडकमा जीव...