Posts

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

Image
  बुधबार  १ सितम्बर   २०२ १:  पृष्ठभूमि सिने क्रिएशन्सको तेस्रो कोशेली लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम आइतबार  २ ९ अगस्त २०२ १ को साँझ ५ बजे  आयोजन गरियो ।  सिलिगुडीमा सञ्चालित पृष्ठभूमि कला संस्थानका अध्यक्ष दीनानाथ देवकोटाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आयकार विभागका संयुक्त आयुक्त मिलन रुचाल उपस्थित थिए ।  विशिष्ट अतिथिहरू क्रमशः बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति बराल, बरिष्ठ साहित्यकार कृष्ण प्रधान, अतिथिहरूरूमा गायक-नायक भानु रामुदामु, बरिष्ठ सङ्गीतकार युजेन लामा, सिलिगुढ़ी जर्नलिस्ट क्लबका प्रेसिडेन्ट प्रमोद गिरी, बरिष्ठ  समाजसेवी तारा प्रधान, पत्रकार   अनि साहित्यकार  द्वय  ललिता-लतिका जोशी र अन्यान्यको उपस्थिति रहेको थियो ।   पृष्ठभूमि कला संस्थान् अन्तर्गत पृष्ठभूमि सिने क्रिएशन्सको ब्यानरमा निर्मित तेस्रो कोशेली लघु चलचित्र "बसन्त द मिस्ट्री बोय"का लेखक अनि निर्देशक कृष्ण गुरूङ अनि उत्तम तिवारी मन्डल रहेका छन् । क्यामेरा पर्सन सुजय मलिक, सम्पादक उत्तम तिवारी मन्डल रहेका छन् । यो चलचित्रमा कृष्ण गुरूङ, राजु शश

डा. साङ्गमु लेप्चाको बाल उपन्यास ''बन संसार'' लाई हरिप्रसाद गोर्खा राई स्मृति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिने

Image
 भारतीय नेपाली साहित्यकी सक्रिय नारी लेखिका डा. साङ्गमु लेप्चालाई उनको बाल उपन्यास ''बन संसार'' लाई लागि हरिप्रसाद गोर्खा राई स्मृति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ । यो पुरस्कारको रुपमा हाम्रो स्वाभिमान ट्रस्ट द्वारा आयोजित 207 औं भानु जयन्तीको उपलक्ष्यमा उक्त सङ्गठनका मूलमन्त्री अधिवक्ता प्रेम छेत्रीले घोषणा गरेका छन् ।  यो पुरस्कार आगामी 9 सितम्बरको दिन दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा आयोजित तीजका भव्य कार्यक्रममा प्रदान गरिनेछ ।  यो पुरस्कारमा स्मृति चिन्ह, प्रमाण-पत्र, अनि नगदराशि हुनेछ ।  स्मरण रहोस्  तीनमहीनाअघि हाम्रो स्वाभिमान ट्रस्टको उत्तरपूर्वी आञ्चालिक समितिको गठन गरिएको छ । जसमा अध्यक्ष मञ्जुला तामाङ सुब्बा, उपाध्यक्ष शरदकुमार राई, सचिव सुमित्रा अविरल, संयुक्त सचिव हेम राई, कोषाध्यक्षा देविका मंग्राती अनि अरू कार्यकारी सदस्यहरू रहेका छन् ।   यही समितिको सक्रियता र सङ्गठनको केन्द्रिय मूलमन्त्री अधिवक्ता प्रेम छेत्रीको पहलमा यो पुरस्कार शुरू गरिएको हो ।      वन्यजन्तुहरूलाई मानवीयकरण गरी तिनीहरूको जीवन पनि मानिसहरूको झैं हुन्छ भन्ने कुराला

नेपाली साहित्यका समीक्षक र कवि सुकराज दियाली पितृशोकमा

Image
         सिलगढ़ी  ३   जुलाई  (निस) भारतीय नेपाली भाषाका सक्रिय समीक्षाकार तथा कवि सुकराज दियाली पितृशोकमा परेका छन् ।  उनका पिता हर्कबहादुर पेमु दियाली 84 वर्षको उमेरमा निधन भएको छ ।  नागरी फार्म चियाबारीको चउर गाउँमा जन्म लिएका परिवारका मूल खाँबो हर्कबहादुर पेमु दियाली अवकाशप्राप्त कर्मचारी थिए ।  उनी केही दिनदेखि बुढ़्यौलीको विरामी परेर उपचारको निम्ति चार दिनअघि सिलगढ़ी ल्याइएको थियो ।  यसैक्रममा शनिबार विहान सात बजे सिलगढ़ीको गणेश घोष कोलोनी अवस्थित दियाली आवासमा ह्रदयघात हुँदा उनले अन्तिन स्वास लिए ।  स्व. दियालीको निधनको खबर पाउनेसाथ नेपाली साहित्यिक र सामाजिक क्षेत्रमा शोकको लहर छायो ।  स्थानीय, जिल्ला, राज्य, देश अनि विश्वभरीकै विभिन्न सङ्गठनहरू अनि व्यक्तिगतरुपमा मानिसहरूले उनको निधनमा गहिरो शोक प्रकट गर्दै उनको चिर आत्माशान्तिको कामना गरेका छन् । यसरी नै शोकित परिवारलाई यस्तो बज्रपात सहने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् ।  स्व. दियालीले आफूपछि जेठो छोरा सुकराजलगायत तीनभाइ छोराहरु, तीन बहिनीहरू, बुहारीहरू नातानातिनीलाई छोडेर गएका छन् ।  उनको पार्थिव शरी

स्व. सुकमान मोक्तानको प्रतिमा र सुकमान मोक्तान द्वार निर्माण र स्मारिका प्रकाशित गरिने

Image
सोमबार 28 जून 2021, बाग्राकोटः भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष स्व. सुकमान मोक्तानको स्मृतिमा उनको प्रतिमा र सुकमान मोक्तान द्वारको निर्माणसँगै स्मारिका प्रकाशित गरिने निर्णय लिइएको छ । स्व. मोक्तानको 49 दिने अन्त्येष्टिको दिन सोमबार डुवर्सको बाग्राकोटमा आयोजित एउटा बैठकमा यो प्रस्ताव पारित गरिएको छ ।  स्व. मोक्तानकै आवासमा उनका भाइ सितम मोक्तानद्वारा अध्यक्षता  गरिएको सभामा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय महासचिव निर्मल कुमार पुन, संयुक्त महासचिव अभय खालिङ, उपाध्यक्षा तथा महिला प्रकोष्ठकी संयोजिका डा. पूनम सुब्बा, सिलगढ़ी क्षेत्रीय समितिका अध्यक्ष  भानु मार्मिक, महासचिव गणेश प्रधान र अन्यान्यको उपस्थिति रहेको थियो ।  यसरी नै डुवर्स नेपाली साहित्य विकास समिति, बाग्राकोट साई समिति लगायत बाग्राकोटका सचेत नागरिकहरूको पनि उपस्थिति रहेको थियो ।  पत्रकार अजय खड्काद्वारा सञ्चालित सभामा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय समितिले स्व. मोक्तानको प्रतिमा निर्माण गर्नेछ, बाग्राकोटका सचेत नागरिकहरूले मीना मोड़मा सुकमान मोक्तान द्वारको निर्माण गर्नेछन् ।  यसरी नै डुवर्स नेपाली साहित्य विक

तेञ्जीङ्ग नोर्गे शेर्पाले माउन्ट एभरेस्ट चढ़ेको 68 औं वार्षिकी

Image

सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा खाद्य सामग्री वितरण

Image
                   प्रथम लहरको कोरोनाकालमा जस्तै यो दोस्रो लहरमा पनि विभिन्न सामाजिक संस्थाहरूले विभिन्न मानव उपकारी कार्यहरू गर्दै आइरहेको छ ।   यसमा आश्यक परेका मानिसहरूमा खाद्य सामग्री वितरण गर्नु पनि एउटा हो ।    यसै क्रममा सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दार्जीलिङको चौरास्तामा आश्यक परेका मानिसहरूमा  मङ्गलबार   २ ५  मई २०२ १ को दिन  खाद्य सामग्री वितरण गरियो ।   अधिवक्ता पीटी ओला, डा. किशोर भारती, संस्थानका अध्यक्ष सुजीत निरौला, जुस्लोका विशेष अधिकारी सत्यम गिरी, बिनीता रोका आदिको टोलीद्वारा यो खाद्य सामग्री वितरण गरियो ।   यो कार्यलाई सफल पार्न अधिवक्ता पीटी ओलाको विशेष पहल रहेको थियो ।   गोजमुमो अध्यक्ष बिमाल गुरूङ संरक्षक रहेको संस्था सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दोस्रो लहरको कोरोनाको प्रकोपमा यस्तो मानव उपकारी कार्यहरू गर्दै आइरहेको अनि आवश्यक परेसम्म गरिरहने जानकारी डा. किशोर भारतीले दिएका छन् ।

लङ्गभ्यु भेल्लीका गोजमुमो कार्यकर्ता फुलचन्द कुजूरको अन्तिम संस्कार

28-5-21 अनित थापाद्वारा फूलचन्द कुजुरलाई श्रद्धाञ्जली          लङ्गभ्यु भेल्लीका आदिवासी समुदायलाई प्रतिनिधित्व गर्दै आएका गोजमुमो कार्यकर्ता फुलचन्द कुजूरको अन्तिम संस्कार लङ्गभ्युमा गरियो । यसमा पूर्व जीटीए चिफ  अनि गोजमुमो नेता अनित थापा पनि उपस्थित थिए । उनले भने, "मान्छेले जीवित हुँदा जुन सम्मान समाजबाट पाएको हुन्छ, उनको मृत्युको समय पनि त्यही सम्मानको साथमा उनको अन्तिम संस्कार हुनुपर्छ भन्ने मेरो विचार छ ।  त्यसैले अन्तिम संस्कार भएको धेरै घरमा म आफै पुग्दैछु ।  मेरो उपस्थिति भनेको मानवता र सम्मानको संदेश हो । कोविडले हाम्रो मानवतालाई जित्नु नसकोस् ।" गोजमुमो नेता थापाले बताए, फुलचन्द कुजूर भाइले अन्तिम स्वाससम्म जिन्दगीसंग लडे । प्रथम उनले कोरोनालाई परास्त गर्न सक्षम बनेका थिए । तर कोरोना संक्रमणको प्रभाव ज्यादा हुनकारणले उनमा अन्य स्वास्थ्य समस्या सुरु भयो ।  त्यही स्वास्थ्य बिग्रँदै हिज राति 11.00 बजे उनको देहवासन भयो ।  थापाले अघाड़ि भने, गोर्खा जनमुक्ति मोर्चाले फेरि एक युवा नेतृत्व गुमायो ।  मैले नजिकबाट चिनेको भाइ कुजूर ।  उनको निधन मेरो निम्ति व्यक्तिगत दुःखको घ