Posts

Showing posts with the label खलङ्गा

"45 औं खलङ्गा मेला -2019" को पूर्व दिवसमा यज्ञ

Image
       बलभद्र खलङ्गा विकास समितिद्वारा आयोजित ऐतिहासिक भव्‍य  " 45 औं खलङ्गा मेला - 2019" को पूर्व दिवसमा आज "चन्द्रयानी मन्दिर , नालापानी देहरादून" मा हिजो यज्ञ -पूजन एवं विशाल भण्‍डाराको आयोजन प्रतिवर्षझैं गरिएको थियो।       समितिका अध्‍यक्ष कर्नल डी०एस० खड़काअनुसार नालापानी पर्वतीय श्रृंखलाको सबैभन्दा उच्च शिखर जहाँ सेनानायक वीर बलभद्र थापा र उनका वीर सैनिकहरूको सुदृढ़ "खलङ्गा किल्ला" आज पनि गर्वले शीर ठाड़ो गरी उभेको छ।  सन्‌ 1814 मा गोर्खाली लगभग 600  वीर- वीराङ्गना योद्धाहरूले सेनापति बलभद्र थापाको नेतृत्‍वमा अदम्‍य साहसको परिचय दिंदै अंग्रेजहरूको आक्रमणलाई तीनटक विफल गरिदिएका थिए । यो  युद्धमा सेनानायक बलभद्र थापासित केवल 600 सैनिकहरू थिए, जसमा वीर , वीराङ्गना अनि नानीहरूसमेतले प्राचीन हतियार भरूवा बन्दुक , धनुषबाण , घुँयेत्रो , भाला र खुकुरीले लगभग 3500 भन्दा धेरै सङ्ख्याका आधुनिक हतियार, गोला बारूदसहितका अंग्रेजी सेनालाई परास्त गरेका थिए ।  आयोजक समितिका सचिव श्री जितेन्द्र खत्रीअनु...