तेञ्जीङ्ग नोर्गे शेर्पाले माउन्ट एभरेस्ट चढ़ेको 68 औं वार्षिकी
![]() |
तेञ्जीङ्ग नोर्गे शेर्पा |
आज 29 मई, विश्वको सर्वोच्च पर्वत सगरमाथा
अर्थात् माउन्ट एभरेस्टमा पाइला राख्ने प्रथम मानव स्व. तेञ्जीङ्ग शेर्पाको 107औं
जन्म दिन अनि एभरेस्टमा पाइला राखेको 68औं वर्षगाँठ पनि । त्यसैले विभिन्न ठाउँमा स्व. तेञ्जीङ्ग शेर्पाको
सालिगमा उनको 107औं जन्म दिन र एभरेस्टमा पाइला राखेको 68औं वर्षगाँठ पनि पालन भइरहेको छ । नेपालमा जन्मेका शेर्पा 19 वर्षको हुँदा भारतको
दार्जीलिङ आएका थिए । सन् 1933 मा उनले
भारतीय नागरिकता प्राप्त गरेका थिए ।
सानैबाट पहाड चढ्न रुची राख्ने शेर्पाले 1935 देखि सगरमाथा आरोहणको प्रयास
गर्ने ब्रिटिश मिशनमा भाग लिए । धेरै
पटकको प्रयासपछि उनले 1953 मा न्युजील्याण्डका सर एडमण्ड हिलेरीको साथमा माउन्ट
एभरेस्टको चुचुरोमा पुगेर विश्व कीर्तिमान हासिल गरे ।
यो विजयमा उनलाई भारतले पद्मभूषण अनि नेपाल,
ब्रिटेनलगायत विश्वभरीकै देशहरूले विभिन्न पुरस्कारहरूद्वारा सम्मान गरे । यता
1999 मा टाइम्स म्यागाजीनले विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति भनेर सम्मान
गरेपछि वर्ष 2000 मा लाइफ म्यागाजीनले विश्वका 10औं सर्वश्रेष्ठ खेलाड़ीको दर्जा
दियो ।
अर्कोतिर 1954 मा भारत सरकारले दार्जीलिङमा
हिमालयन पर्वतारोहण संस्थाको स्थापना गरेपछि तेञ्जीङ्ग शेर्पालाई त्यहाँको
प्रशिक्षण निर्देशक बनायो ।
तेञ्जीङ्ग शेर्पाको निधन 9 मई 2086 को दिन
दार्जीलिङमा भइसकेको छ । उनको भौतिक शरीर
वितेर गए पनि उनी सधैं अजर अमर रहनेछन् ।
तर यस्तो व्यक्तित्व स्व. तेञ्जीङ्ग शेर्पालाई हाम्रो देश भारतले यहाँको
सर्वोच्च नागरिक पुरस्कार भारत रत्नद्वारा सम्मान गरिएको छैन । यसका लागि विभिन्न राजनैतिक पार्टीहरूलगायत
शेर्पा सङ्गठनहरूले माग गरिरहेका छन् ।
यसक्रममा गौतम देवले राज्यका उत्तरबङ्गाल विकासमन्त्री हुँदा,
सुरेन्द्रसिंह आहलुवालियाले दार्जीलिङका सांसद रहँदा अनि बिमल गुरूङले जीटीए
प्रमुख रहँदा तेञ्जीङ्ग शेर्पालाई भारत रत्नद्वारा सम्मान गरिनु पर्छ भनेर माग
राखेका थिए । उनी यस पुरस्कारका लागि
अत्यन्त योग्य हुनुहुन्थ्यो ऱ सरकारले उहाँलाई मरणोप्रान्त यो सम्मान दिने नै छ
भन्ने आशा गरौं ।
Comments
Post a Comment