सेन्ट जोसेफ कलेजमा आइसोलेशन सेन्टर बनिने

 

                       

             01: सोमबार १७ मई २०२

         



            

जेजुएट फादरहरूका स्कूल अनि कलेज साथै एलुम्नाई एसोसिएशनले दार्जीलिङका केही गैर सरकारी संस्थाहरूसित मिलेर सेन्ट जोसेफ कलेजको क्याम्पियन हललाई कोरोना संक्रमितहरू राख्ने आइसोलेशन सेन्टर बनाउने योजना तयार पारेको छ । यसका साथै एसोसिएशनले आइसोलेशन सेन्टर बनाउनको लागि सिंहमारीस्थित सेक्रेट हार्ट चर्चको हललाई पनि विकल्पको रूपमा राखेको बताएको छ । हाल दार्जीलिङ पहाड़मा पनि कोरोना संक्रमितहरूको संख्या दिन-प्रतिदिन वृद्धि भइरहेको छ, अस्पतालहरूमा कोरोना रोगी राख्ने बेडको अभाव पनि खट्कीरहेको छ । यसै विषयलाई ध्यानमा राखेर जेसुयट्स फादर अनि एलुम्नाई एसोसिएशन आफ्नो अधीनमा रहेको सेन्ट जोसेफ कलेजको क्याम्पियन हल वा सिक्रेट हार्ट चर्चको हललाई आइसोलेशन सेन्टर बनाउने तयारीमा छ। जुन हलहरू लगभग एकान्तमा छन् अनि यसमा कोरोना संक्रमितहरू राख्न पूर्णरूपले सुरक्षित हुनेछ। यसको लागि जेजुएट फादरहरूका स्कूल अनि एलुम्नाई एसोसिएशनले जिल्ला प्रशासनलाई उचित अनुमतिको लागि पत्राचार गरिसकेको बताउँदै यसमा 50 वटा जति बेडको व्यवस्था गर्ने सोंच तयार पारेको पनि बताइएको छ । यी दुइ संस्थानले यस आइसोलेशन सेन्टरलाई ‘‘सुरसम कोरडा कोविड-19 केयर एण्ड रिलीफ’’को नाम दिने योजना पनि बनाइएको जानकारी प्राप्त भएको छ ।

     अर्कोतिर एडवर्ड फाउन्डेशनका प्रमुख अनि चर्चित बेकरी ग्लेनेरीजका स्वामी अजय एडवर्डले ग्लेनेरीजको माथिल्लो तलामा यस्तै आइसोलेशन सेन्टर बनाउने योजना गरी सरकारसित निवेदन गरेको थियो ।  सम्बन्धित अधिकारीले निरीक्षण गरी चाँड़ै अनुमति दिने कुरा पनि गरेर गएका थिए ।  यस सम्बन्धमा अजय एडवर्डले कुनै उत्तर त पाएनन् ।  तर कोलकाताबाट प्रकाशित हुने एउटा अङ्ग्रेजी समाचारपत्रमा भने सरकारले ग्लेनेरीजमा आइसोलेशन सेन्टर बनाउने अनुमति दिएन भन्ने समाचार छापिएको थियो ।  तर आजसम्म अजय एडवर्डले अनुमति पर्खिरहेको अनि ग्लेनेरीजमा कोरोना पीड़ितहरूका लागि सहायता केन्द्र खोलेर सञ्चालन गरिरहेको जानकारी पाइएको छ ।

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन