स्व. सुकमान मोक्तानको प्रतिमा र सुकमान मोक्तान द्वार निर्माण र स्मारिका प्रकाशित गरिने




सोमबार 28 जून 2021, बाग्राकोटः
भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष स्व. सुकमान मोक्तानको स्मृतिमा उनको प्रतिमा र सुकमान मोक्तान द्वारको निर्माणसँगै स्मारिका प्रकाशित गरिने निर्णय लिइएको छ । स्व. मोक्तानको 49 दिने अन्त्येष्टिको दिन सोमबार डुवर्सको बाग्राकोटमा आयोजित एउटा बैठकमा यो प्रस्ताव पारित गरिएको छ ।  स्व. मोक्तानकै आवासमा उनका भाइ सितम मोक्तानद्वारा अध्यक्षता  गरिएको सभामा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय महासचिव निर्मल कुमार पुन, संयुक्त महासचिव अभय खालिङ, उपाध्यक्षा तथा महिला प्रकोष्ठकी संयोजिका डा. पूनम सुब्बा, सिलगढ़ी क्षेत्रीय समितिका अध्यक्ष  भानु मार्मिक, महासचिव गणेश प्रधान र अन्यान्यको उपस्थिति रहेको थियो ।  यसरी नै डुवर्स नेपाली साहित्य विकास समिति, बाग्राकोट साई समिति लगायत बाग्राकोटका सचेत नागरिकहरूको पनि उपस्थिति रहेको थियो ।  पत्रकार अजय खड्काद्वारा सञ्चालित सभामा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय समितिले स्व. मोक्तानको प्रतिमा निर्माण गर्नेछ, बाग्राकोटका सचेत नागरिकहरूले मीना मोड़मा सुकमान मोक्तान द्वारको निर्माण गर्नेछन् ।  यसरी नै डुवर्स नेपाली साहित्य विकास समितिले स्मारिका प्रकाशित गर्नेछ, जसको प्रधान सम्पादक बसन्त थापा रहनेछन् अनि भागोपबाट अभय खालिङले सम्पादकको अभिभारा निर्वाह गर्ने प्रस्ताव पारित गरियो ।  सभामा स्व. मोक्तानको द्वारको उद्घाटन, उनको प्रतिमाको अनावरण र स्मारिकाको विमोचन स्व. मोक्तानको जन्मदिवस वा पूण्यतिथिमा गरिने निर्णय पनि गरियो ।

Comments

Popular posts from this blog

आर्नोवाद्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण

A Visit to Tukvar Tea Factory