याङ्गगाङ्ग, सिक्किमका छाम्पा मेघी गुरूङ विद्यावारिधिद्वारा विभूषित
सिलगढ़ी 26 दिसम्बर (निसं) याङ्गगाङ्ग , दक्षिण सिक्किम निवासी छाम्पा मेघी लामा (विजय मेगी लामा गुरूङ) लाई विद्यावरिधि ( PhD) को उपाधि डिग्री ससम्मान प्राप्त गरिएको छ । बनारस हिन्दू विश्वविद्यालय (बि. एच. यू ) को 101 दीक्षान्त समारोहमा मेगी लामा गुरूङलाई विद्यावरिधि ( PhD) को उपाधिले सम्मान गरिएको हो । दर्शन विभाग ( Philosophy Department) बाट विद्यावारिधि ( PhD) सम्मका पढाई गर्ने पहिलो भारतीय गुरुङ्ग हुन् भने सिक्किमबाट पनि पहिलो व्यक्ति हुन् । यो उपाधि समारोहको आयोजना मङ्गलबार 24 दिसम्बरको दिन आयोजना गरिएको थियो । ...