Posts

Showing posts from September, 2021

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

Image
  बुधबार  १ सितम्बर   २०२ १:  पृष्ठभूमि सिने क्रिएशन्सको तेस्रो कोशेली लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम आइतबार  २ ९ अगस्त २०२ १ को साँझ ५ बजे  आयोजन गरियो ।  सिलिगुडीमा सञ्चालित पृष्ठभूमि कला संस्थानका अध्यक्ष दीनानाथ देवकोटाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आयकार विभागका संयुक्त आयुक्त मिलन रुचाल उपस्थित थिए ।  विशिष्ट अतिथिहरू क्रमशः बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति बराल, बरिष्ठ साहित्यकार कृष्ण प्रधान, अतिथिहरूरूमा गायक-नायक भानु रामुदामु, बरिष्ठ सङ्गीतकार युजेन लामा, सिलिगुढ़ी जर्नलिस्ट क्लबका प्रेसिडेन्ट प्रमोद गिरी, बरिष्ठ  समाजसेवी तारा प्रधान, पत्रकार   अनि साहित्यकार  द्वय  ललिता-लतिका जोशी र अन्यान्यको उपस्थिति रहेको थियो ।   पृष्ठभूमि कला संस्थान् अन्तर्गत पृष्ठभूमि सिने क्रिएशन्सको ब्यानरमा निर्मित तेस्रो कोशेली लघु चलचित्र "बसन्त द मिस्ट्री बोय"का लेखक अनि निर्देशक कृष्ण गुरूङ अनि उत्तम तिवारी मन्डल रहेका छन् । क्यामेरा पर्सन सुजय मलिक, सम्पादक उत्तम तिवारी मन्डल रहेका छन् । यो चलचित्रमा कृष्ण गुरूङ, राजु शश