सलिल ज्ञेवालीको पुस्तक ‘‘ग्रेट माइन्डस् अन् इन्डिया’’

                                   Great minds on India










          मेघालय, शिलङ्गका एकजना लेखक तथा पत्रकार सलिल ज्ञेवालीको पुस्तक ‘‘ग्रेट माइन्डस् अन् इन्डिया’’ अब जर्मनी भाषामा पनि प्रकाशित हुने भएको छ ।  यो पुस्तकलाई जर्मनी भाषाका विद्वानद्वय सुश्री क्यारोलिन ह्यागेन अनि म्याक्स हर्जले अनुवादको कार्यलाई अघि बड़ाइरहेका छन् । यो कार्यमा विशेष हात दिइरहेका छन् अमेरिकाली विद्वान् एन. स्येमोरले ।  यो जर्मनी संस्करणको नाम राखिएको छ ‘‘ग्रोब डेङ्कर उबेर इन्डिया’’ ।  ‘‘प्रख्यातो मनिसिदेर चोखे भारोत’’ नाम राखिएको बङ्गला भाषामा यस पुस्तकलाई बङ्गला भाषाका बरिष्ठ विद्वान डा. आर. एन. दासले गरेका छन् ।   यो बङ्गला संस्करणको विमोचन पश्चिम बङ्गालका राज्यपाल केशरीनाथ त्रिपाठीको बाहुलीबाट गरिएको छ ।  कोलकाता अवस्थित पश्चिम बङ्गालको राजभवनमा विमोचनको समयमा त्यस क्षेत्रका विभिन्न स्कूल-कलेज, विश्वविद्यालयका शिक्षाविदहरू, शोधार्थीहरू, विद्यार्थीहरू अनि अरू गण्यमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।

     सलिल ज्ञेवालीले आफ्नो लेखनकलाको माध्यमद्वारा भारतलाई विश्वमा चिनाउने प्रयत्न गरिरहेका छन् । उनले वैदिककालमा भारतले गरेको विकासका विभिन्न वैज्ञानिक तथ्यहरूलाई अनुसन्धान गरी ‘‘ग्रेट माइन्डस् अन् इन्डिया’’ नामक पुस्तक तयार पारे ।  यस पुस्तकमा भारतमाथि अन्य विभिन्न देशका विद्वानहरूको दृष्टिकोण कस्तो छ, ती कुराहरूलाई पनि समावेश गरिने काम भएको छ ।   यसलाई सन् 1998 मा ज्ञेवालीले फोटोकपिको रुपमा वितरित गरे अनि सन् 2009 मा यसलाई  पुस्तकारमा प्रकाशित गरे ।  जुन पुस्तकको सम्पादन नासाका इस्टन अमेरिकी वैज्ञानिक डा. ए. ह्वी. मुरलीले गरेका छन् ।  मेघालय, शिलङ्गको  एकेडेमिक पब्लिकेशन्सद्वारा प्रकाशित पुस्तक विभिन्न देशहरूमा पुराउने काम भयो ।   अहिले यो पुस्तक देश र विदेशका स्कूल, कलेज र विश्वविद्यालयका पाठ्यक्रममा राखिएको छ ।  यसै क्रममा भारतका विदेशमन्त्री सुब्रह्मन्यम जयशङ्करले यो पुस्तक विभिन्न  देशका विदेश मन्त्रालयहरूमा पठाएको जानकारी पनि पाइएको छ ।  सन् 2009 देखि यता दश वर्षभित्रमा नेपाली भाषालगायत एघाह्रवटा भाषाहरूमा यो पुस्तकको अनुवाद भइसकेको छ । 

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन