लङ्गभ्यु भेल्लीका गोजमुमो कार्यकर्ता फुलचन्द कुजूरको अन्तिम संस्कार

28-5-21 अनित थापाद्वारा फूलचन्द कुजुरलाई श्रद्धाञ्जली
         लङ्गभ्यु भेल्लीका आदिवासी समुदायलाई प्रतिनिधित्व गर्दै आएका गोजमुमो कार्यकर्ता फुलचन्द कुजूरको अन्तिम संस्कार लङ्गभ्युमा गरियो । यसमा पूर्व जीटीए चिफ  अनि गोजमुमो नेता अनित थापा पनि उपस्थित थिए । उनले भने, "मान्छेले जीवित हुँदा जुन सम्मान समाजबाट पाएको हुन्छ, उनको मृत्युको समय पनि त्यही सम्मानको साथमा उनको अन्तिम संस्कार हुनुपर्छ भन्ने मेरो विचार छ ।  त्यसैले अन्तिम संस्कार भएको धेरै घरमा म आफै पुग्दैछु ।  मेरो उपस्थिति भनेको मानवता र सम्मानको संदेश हो । कोविडले हाम्रो मानवतालाई जित्नु नसकोस् ।" गोजमुमो नेता थापाले बताए, फुलचन्द कुजूर भाइले अन्तिम स्वाससम्म जिन्दगीसंग लडे । प्रथम उनले कोरोनालाई परास्त गर्न सक्षम बनेका थिए । तर कोरोना संक्रमणको प्रभाव ज्यादा हुनकारणले उनमा अन्य स्वास्थ्य समस्या सुरु भयो ।  त्यही स्वास्थ्य बिग्रँदै हिज राति 11.00 बजे उनको देहवासन भयो ।  थापाले अघाड़ि भने, गोर्खा जनमुक्ति मोर्चाले फेरि एक युवा नेतृत्व गुमायो ।  मैले नजिकबाट चिनेको भाइ कुजूर ।  उनको निधन मेरो निम्ति व्यक्तिगत दुःखको घटना हो ।  फुलचन्द भाइ आदिवासी समाजलाई प्रतिनिधित्व गर्ने असल ब्यक्ति थिए ।  गोर्खा जनमुक्तिले मात्र नभएर लङभ्यू भ्यालीले एक राम्रो मान्छे गुमाएका छौं ।  उनको अन्तिम संस्कार विधिपूर्वक सम्पन्न गर्यौं ।  म स्वयं उपस्थित थिएँ । पानी परेको परेकै थियो ।  तर वर्षा पनि नभनी उनका आत्मीय, परिवार, साथीहरू, छिमेकी अनि पार्टीका कार्यकर्ताहरु उनलाई अन्तिम विदाइ दिनु आएका थिए ।
अहिले पहाड़मा कोरोनाले निधन हुनेहरूको बढ़िरहेको छ ।  यस्तो अवस्थामा पनि डाक्टर नर्सहरूले आफ्नो ज्यान जोखिममा राखेर काम गरिहेका छन् । उनीहरूको सराहना गर्नैपर्छ भन्दै थापाले जनतालाई सकेसम्म सुरक्षित रहने आह्वान गर्दै अत्यन्त जरूरी पर्दा मात्रै मास्क लगाएर बाहिर निसेकिने अनुरोध गरे ।

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन