Posts

Showing posts with the label GULSHAN

बङ्गला नाटक ‘‘गुलशन’’ प्रदर्शित

                 सिलगढ़ीमा हिउँदो लाग्नेसाथ विभिन्न प्रकारको रमाइलो शुरू हुने गर्दछ ।  किनकि यहाँ राम्रा राम्रा सङ्गीतमय कार्यक्रम, नाटक, सर्कस, मेला आदिबाट रमाइलो लिन पाइन्छ ।  यसैक्रममा सोमबार यहाँको तथ्य केन्द्रमा अवस्थित दीनवन्धु मञ्चमा बङ्गला नाटक ‘‘ गुलशन ’’ प्रदर्शित गरियो । सिलगढ़ीको पुरानो संस्था ‘‘ कललोल सांस्कृतिक समूह ’’ द्वारा प्रायः चारदशकपछि  यो नाटक आयोजित गरिएको थियो ।    श्यामा कान्त दासद्वारा लिखित अनि प्रणब होर रायद्वारा निर्देशित नाटकमा मुख्य कलाकार (भूतनाथ बेनर्जी) को भूमिकामा निर्देशक प्रणब होर राय स्वयं थिए । मुख्य सहायक कलाकार (लैला)  थिइन् शोभा जाना तालुकदार, घर मालिक-मालिक्नीको भूमिकामा अशोक कुमार घोष र जोनाकी मित्रा थिए ।  यसरी नै अन्य कलाकार थिए- अभिजित चन्दा, गौतम राय, दयालचन्द भक्त, अनिल गोस्वामी अनि अरू थिए ।   नाटकका निर्देशकले बताए अनुसार केही कारणवस् यतिका दिनपछि नाटक प्रदर्शन गरियो ।  यसको सफलताको श्रेय बुद्धिजीवी नाटक प्रेमीहरूलाई जान्छ...