Posts

Showing posts from March, 2020
आमालाई लिएर कलियुगे श्रवण लिङ्गसे , कालेबुङको हरेश्वर शिवालय मन्दिरमा लिङ्गसे , कालेबुङ २ मार्च (निस) मैसुर निवासी कलियुगे श्रवण आफ्नी 71 वर्षीया आमालाई लिएर कालेबुङ जिल्ला अन्तर्गत भारत स्वाधीनता पूर्व 1944 मा स्थापित लिङ्गसेको हरेश्वर शिवालय मन्दिरमा हिजो आइपुगे ।  जहाँ मन्दिरका सन्तहरू लगायत त्यस क्षेत्रका मानिसहरूले आमा-छोरा दुवैलाई स्वागत जनाए । लिङसे कालेबुङ अन्तर्गत पर्ने पेदोङको फेदमा अवस्थित छ अनि यहाँ जान पर्दा सिक्किमको रिनक भएर जानू पर्छ।  स्मरण गराइन्छ , कलियुगे श्रवण दक्षिणा कृष्ण कुमारले 16 जनवरी 2018 देखि आफ्नी 71 वर्षीया आमालाई लिएर तीर्थ यात्रामा निस्केका हुन् । आमालाई लिएर हिंड़ने उनीसित उनको बुवाको तीस वर्ष पुरानो स्कुटर छ , त्यसैमा लिएर यतिका दिनदेखि हिंड़रहेका छन् । उनको भनाइ अनुसार आमाले सधैं बुवाछोराका लागि घरका काम गरिरहन्थिन् ।  नले घरको नजीकै रहेको नदीसम्म पनि हेर्न पाएकी थिइनन्।  यही भएर उनले आफूले गरिरहेको जागिर छोड़ेर आमालाई लिएर निस्केका हुन् ।   कृष्ण कुमारले बताए अनुसार उनी अरूको सहयोगको रुपियाँ लिएर होइन , आफ्नै कमाइमा आमालाई घुमाइरहेका छन् ।  उनल