सिलगढ़ीमा तमू गुरूङ नयाँ वर्ष लोसार पालन

                                                              
 तमू छोंज धि तमू गुरूङ कल्याण सङ्गठन, सिलगढ़ीले हिजो आफ्नो नयाँ वर्ष बढ़ो उल्लासका साथ पालन गरेको छ ।  सिलगढ़ीको सालुगढ़ा क्षेत्रको विकास नगर अन्तर्गत गोर्खा कल्याण सङगठनको क्याप्टन रामसिंह ठकुरी रङ्गमञ्च परिसरमा नयाँ वर्ष २०१९ भव्यताको साथमा पालन गरियो ।  स्मरण रहोस् सन् १९९२ मा स्थापना गरिएको भारतको सबैभन्दा जेठो तमू गुरूङहरूको सङ्गठनले मुख्यरुपमा प्रतिवर्ष गुरूङ लोसार पालन गर्दै आइरहेको छ ।  वर्तमान कर्णल डीआर गुरूङ अध्यक्ष, रमेश गुरूङ महासचिव, प्रेम गुरूङ कोषाध्यक्ष अनि अरू कार्यकारी सदस्यहरू रहेको समितिले यो पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजन समितिको गठन गरेको थियो ।  जसको अध्यक्षको रुपमा डिपुटी कमाण्डेन्ट डीएस गुरूङलाई मनोनित गरिएको थियो ।  कार्यक्रमको थालनीमा गुरूङ लामा कर्मा गुरूङद्वारा प्रकृति र पितापुर्खाको सम्झना गर्दै नयाँ वर्ष सबैका लागि सुख र शान्तिसित वितोस् भन्दै पूजा अर्चना गरियो ।  यसपछि  तमू छोंज धि तमू गुरूङ कल्याण सङ्गठनका अध्यक्ष कर्णल डीआर गुरूङद्वारा सङ्गठनको झण्डोत्तलन गरिएपछि गुरूङ अवतारी टुल्कु र महात्मा गान्धीको तस्वीरअघि प्रदीपोज्जवलन गरियो ।  समारोहलाई कर्णल पद्मा गुरूङ, कमाण्डेन्ट वेद प्रकाश गुरूङ, कमाण्डेन्ट केबी गुरूङ  जस्ता व्यक्तित्वहरूको उपस्थितिले गरिमामय बनाएको थियो । त्यसपछि अहिलेसम्म दिवङ्गत भएका सदस्यहरूको आत्मा-शान्तिका लागि एक मिनटको मौनता धारण
      आफ्नो स्वागत भाषणमा लोसार आयोजन समितिका अध्यक्ष डिपुटी कमाण्डेन्ट डिपुटी कमाण्डेन्ट डीएस गुरूङले लोचार पालनको महत्व, गुरूङ ध्वजा प्राकृतिक तत्व रङ्गमा आधारित अनि यो मुसा वर्ष रहेको अवगत गराए ।   मूल सचिव रमेश गुरूङले सचिवको प्रतिवेदनमा सङ्गठनलाई कसरी अघि बढ़ाउने बारेमा आफ्नो कुरा राखे ।  सङ्गठनका अध्यक्ष कर्णल डीआर गुरूङले आफ्नो अध्यक्षीय सम्भाषणमा गुरूङहरूको भाषा, लिपि, संस्कृति, रीति-रिवाजको महत्वबारे प्रकाश पारे ।  उनले गुरूङहरूमा  एकता र भाइचाराको साथमा आउँदो पींढ़ीको उन्नतिको लागि सङ्गठनले तत्परताका साथ पदक्षेप लिने अढ़ान राखे ।   त्यसपछि सङ्गठनका बरिष्ठ सदस्यहरू क्रमशः अमरजङ्ग गुरूङ, प्रेमबहादुर गुरूङ अनि रामबहादुर गुरूङलाई दोसल्ला ओढ़ाएर सम्मान जनाइयो ।
  

     यो परिवलाई रमाइलो गरी मनाउनका लागि विभिन्न खेलकूद प्रतियोगिताहरू, पारम्पारिक छेलो हान्ने, टम्बोला, म्युजिकल चेयर, सियोमा धागो छिराउने जस्ता खेलहरूले सबैलाई मनोरञ्जन दिलायो ।  यसरी नै विभिन्न शाखाका कलाकारहरूद्वारा अत्यन्त सुन्दर ढङ्गमा पारम्पारिक गुरूङ गीत, अत्यन्त मनमोहक  सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरियो ।   यो कार्यक्रमको विशेषता के थियो भने तमू गुरूङ जातिको भाषा, लिपि, संस्कृति, भेषभूषा धर्म, रीति-रिवाज अनि परम्पराहरूलाई अक्षुण्ण राख्नका साथै गुरूङ समुदायले पनि जनजातिको हक र अधिकार पाउनु पर्छ भन्ने जुन माग गरिरहेको छ, त्यसप्रति राज्य सरकारले केन्द्र सरकारलई पठाएको मागप्रति ध्यान आकर्षण गराउनु पनि रहेको थियो ।   अन्त्यमा सङ्गठनका अध्यक्ष कर्णल डीआर गुरूङले सबैलाई लोसार 2019 र नयाँ वर्ष 2020 को मङ्गलमय शुभकामना व्यक्त गरे ।  प्रेम गुरूङ, कृष्ण गुरूङ अनि आस्मा गुरूङद्वारा सञ्चालित कार्यक्रममा ठूलो सङ्ख्यामा गुरूङहरूको उपस्थिति रहेको थियो ।  जुन कार्यक्रमलाई सफल पार्न विभिन्न शाखाहरू लगायत राज फाप्री शाखाको महत्वपूर्ण योगदान रहेको जानकारी मील सचिव रमेश गुरूङले दिएका छन् । 

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन