Posts

Showing posts with the label Gagan Jwala

मुम्बईको चिल्ड्रेन वेल्फेयर स्कूलमा गगन ज्वालाद्वारा कराते र योगासन प्रशिक्षण शुरू

Image
मुम्बई , चिंचोटी क्षेत्रमा चिल्ड्रेन वेल्फेयर इंग्लिश हाई स्कूलमा निःशुल्क कराते र योगासन प्रशिक्षण केंद्र शुरू गरियो ।  सुप्रसिद्ध समाज सेवक तथा खेलकूद प्रमुख गगन ज्वालाको नेतृत्वमा गिरिजाराम वेल्फेयर फाउंडेशनको सहयोगमा उक्त स्कूलका २७५ जना गरीब बालबालिकाहरुलाई गगन ज्वालाले कराते र योगासन प्रशिक्षण दिंदै यसको शुरूआत गरियो। गगन ज्वाला यस्ता नेपालीभाषी व्यक्तित्व हुन्, जसले वितेको तीन दशकभन्दा बढ़ी समयदेखि महाराष्ट्रमा गरीबी रेखामुनिका नानीहरूलाई निःशुल्क कराते प्रशिक्षण दिंदै आइरहेका छन् भने केही समयदेखि योगासनको प्रशिक्षण पनि दिन थालेका छन्।  यस क्रममा उनले भने, कराते जीवन रक्षक कला हो भने योगासन स्वस्थ रहने भारतीय विधि हो ।  आजभोलि यी दुवै माध्यमलाई मानिसहरूले पेशा बनाइरहेका छन् ।  मैले चाँहि यी दुवै माध्यमलाई गरीबी रेखामुनिका नानीहरूलाई निःशुल्क प्रशिक्षण दिएर उनीहरूलाई सबल बनाउने प्रयासमा जुटेको छु।  यसै क्रममा आजबाट यो स्कूलका विद्यार्थीहरूलाई निःशुल्क प्रशिक्षण दिन थालेको छु ।     उक्त कार्यक्रमका अध्यक्षको रुपमा चिल्ड्रेन वेल्...