चर्चित गायक कर्ण दासले आफ्नो गायनद्वारा पारे सबैलाई मोहित

भ्यालेन्टाइन डेको छेक पारेर "न्यु वेब म्युजिक एकेडेमी" सिलगढीले "दोस्रो विन्टर म्युजिक फेस्ट २०२०"को "फाइनल राउण्ड=ग्राण्ड फिनाले" आयोजन गरिरहेको छ। सेभोक रोडसिलगढी अवस्थित प्लानेट मलमा आयोजित यस कार्यक्रम प्रमुख सेलेब्रेटी गायक-निर्णायकको रुपमा नेपाली सङ्गीत संसारका चर्चित गायक कर्ण दास उपस्थित छन्।  अन्य निर्णायकहरूमा एजाज अली, देवाशीष मोथे, पूजन लोहागण, अनुपमा प्रधान अनि सञ्जु ठटाल थिए ।
मुख्य आयोजकको रुपमा रहेकी छिन् "न्यु वेब म्युजिक एकेडेमीकी हर्ताकर्ता प्रतिमा सक्रिय रहेकी छिन्।
यो समारोहमा ग्यालेक्सी म्युजिक डट कमका मालिक प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।  यसरी नै विशिष्ट अतिथिद्वय सङ्गीतकार गोविन्दसिंह घतानी, मणिकमल छेत्री थिए ।  क्रमशः अतिथिहरू दधिराम घिमिरे, दिलचन छेत्री अनि अरू अरू थिए ।
यो प्रतियोगिताको एकल गिटार वादनमा प्रथम, इमन बर्मण, दोस्रो, सिराज राई, तेस्रो, प्रशान्त भए।  जसलाई मुख्य अतथि इमन सरकारको बाहुलीबाट पुरस्कार प्रदान गरियो।  यसरी नै एकल गायनमा प्रथम निधिसिंह लकान्द्री, दोस्रो, भूमिका सरकार, तेस्रो, यासिका राई भए।  यी विजेताहरूलाई सेलेब्रेटी सिङ्गर  कर्ण दासको बाहुलीबाट पुरस्कार वितरण गरियो।   क्रमश: ब्याटल अफ  ब्यान्डस् प्रतिद्वन्द्वितामा पहिलो, अक्युट ब्यान्ड, दोस्रो, प्रो एरा ब्यान्ड अनि नक्षत्र ब्यान्ड तेस्रो स्थान प्राप्त गर्न सफल भए। यी विजेता ब्यान्डहरूलाई कर्ण दास र इमन सरकारको संयुक्त बाहुलीद्वारा पुरस्कार वितरण गरिए ।darjinc/Karna Das

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन