असम तीन सुकियामा तेलको पाइप फुट्यो


 शुक्रबार २ मई २०२०

असम तीन सुकियाको बागजानमा तेलको पाइप फुटेर भयावह स्थिति उत्पन्न भएको छ ।  अल इन्डिया ओयल कम्पनीको पाँच नम्बर टरबाइनसित जड़ित तेल र ग्यासको पाइप फुटेर पाँच सय मीटर माथिसम्म तेल र ग्यास धेरै समय सम्म छुटिरह्यो ।  यसले गर्दा वरपरको क्षेत्रमा भयावह स्थिति उत्पन्न भएको हो ।  अल इन्डिया ओयल कम्पनीको पाँच नम्बर टरबाइनसित जड़ित तेल र ग्यास को पाइप फुटेर कड़ोरौं रुपियाँको क्षति भएको छ ।  त्यस घटनामा केही कर्म चारीहरू पनि घाइते भएका छन्, जसलाई नजीकैको अस्पतालमा भर्ना गरिए को छ ।  पाइप फुट्दा तेल र ग्यास एकैचोटि निस्किएर वरपरको क्षेत्रमा तेलै तेल फिजिएर भयावह स्थिति उत्पन्न भएको थियो । अझै अर्को दुर्घटना नहोस् भनेर क्षेत्रका मानिसहरूलाई तत्कालै अन्य क्षेत्रमा सारिएकोछ। उक्त टरबाइन को नजीकै डिब्रु सैका राष्ट्रिय उद्यान पनि अवस्थित छ । त्यहाँ विभिन्न प्रजाति का पशुप्राणीहरू पालिएका छन् ।  यो घटनालाई वरपरका मानिसहरूले अल इन्डिया ओयल कम्पनीको लापरवाहिता हो भन्ने आरोप लगाएका छन् । किन कि त्यस क्षेत्रमा कुल छवटा टरबाइनहरू सञ्चालित छन् ।  तेल केन्द्रको सुरक्षा अनि सचेतनामाखि खुबै सतर्कताका साथ कार्य चलिरहेको छ अनि पाइप फुट्नुको कारण पत्ता लगाउने कार्य भइरहेको छ ।


Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन