खरसाङको पर्यटन व्यवसाय फस्टाइरहेछ
खरसाङ 25 नोभेम्बर ( निसं) : पहाड़मा पर्यटन व्यवसाय अहिले फस्टाएर गइरहेको छ। दार्जीलिङको तुलनामा खरसाङको पर्यटन व्यवसाय क्षेत्रमा निक्कै पछाड़िएको थियो। पहाड़ घुम्न आउने पर्यटकहरू खरसाङमा केही समयको लागि मात्रै उत्रने गर्थे भन्ने भनाइ थियो तर अहिले त्यो भनाइ गलत साबित हुँदैछ। अहिले खरसाङमा नयाँ नयाँ पर्यटन स्थानहरूको निर्माण र पर्यटन व्यवसाय फस्टाएर गइरहेको कारण पर्यटन व्यवसाय र पर्यटनको मानचित्रमा खरसाङले गतिलो फड्को लगाइरहेको छ। पर्यटकहरू नयाँ नयाँ पर्यटन स्थलहरूले पहाड़ आउने पर्यटकहरूलाई खरसाङमा निक्कै आकर्षित गरिरहेका छन् । खरसाङमा अहिले नयाँ पर्यटन स्थलको रुपमा विकसित भइरहेको स्थान हो- बरबुङ क्षेत्र। खरसाङ बजारको डाँड़ामा रहेको यो स्थान वरिपरिबाट हरियो चियाबारीले घेरेको छ। बजारदेखि केही मुनि रहेको एनएच 55 बाट उकालो लागेपछि अलकत्रे सड़क भएर सुन्दर मनोरम दृश्यहरू हेर्दै पुगिने स्थान हो बरबुङ। यो क्षेत्र अब विस्तारै पर्यटनको मानचित्रमा अघि बढ़िरहेको छ। यहाँ हालैमा जीटीएको तर्फबाट बनिएको हनुमानको ठूलो मूर्ति पर्यटकहरूको केन्द्रविन्दु बनेको छ। यो गतिलो हनुमानक...