मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिलगढ़ी च्याप्टरको तत्वावधानमा बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन गरियो । सिलगढ़ीको प्रधान नगर अवस्थित देवकोटा सङ्घमा ती पुस्तकहरूको विमोचन गरिए । अनेसासका सदस्य समीक्षाकार सुकराज दियालीले स्वागत भाषण राखेपछि नेपाल तथा भारतका वरिष्ठ-बरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा मुक्ति उपाध्याय बरालको निवन्ध सङ्ग्रह, यस्तै उस्तै मनका विचारहरूको विमोचन गरियो । यस पुस्तकमाथि डा. महेश प्रधान, दार्जीलिङले विस्तृतसित खुबै रोचक ढङ्गले समीक्षा प्रस्तुत गरे । यसै गरी मुक्ति उपाध्याय बरालको दोस्रो कृति एकाङ्की सङ्ग्रह गोर्खाको मोडलको नेपाल तथा भारतका अन्य वरिष्ठ-बरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा विमोचन गरियो । स्मरण रहोस् नागाल्याण्डका एक अन्यतम् निर्माता अनि साहित्यकार स्व. हरिप्रसाद गोर्खा राईद्वारा लिखित कथालाई मुक्ति उपाध्याय बरालद्वारा नाट्य रुपान्तर गरी पहिला नै मञ्चन गरिसकिएको थियो । यो सङ्ग्रहमा अरू पनि मञ्चित एकाङ्कीहरू समावेश गरिएका छन् । यस पुस्तकको ...