Posts

Showing posts with the label Darjeeling Kurseong Bhawani Sharma's 2nd poetries collection

स्व. भवानी शर्माको दोस्रो कविता कृति ''जीवन तृष्णा''को लोकार्पण

खरसाङ 26 नोभेम्बर (किरण छेत्री) : आज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा स्व. भवानी शर्माको दोस्रो कविता कृति जीवन तृष्णा लोकार्पण गरिएको छ। भाषा संग्रामी बुद्धिमान प्रधान बमपको अध्यक्षता र युग्मककार कालुसिंह रणपहेंलीको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण कार्यक्रमलाई आशा मुखिया लामाले सञ्चालन गरेकी थिइन् ।  कार्यक्रममा सभाध्यक्ष , प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरू खरसाङका विधायक डा. रोहित शर्मा , साहित्यकारहरू पूर्ण गुरुङ निरूपम , जीबी बल ,   देव भण्डारी , समाज सेवक टी टी लामा र स्व. कवि भवानी शर्माकी पत्नी बसुन्धरा शर्मा आदिको बाहुलीबाट उक्त जीवन तृष्णा नामक कविता संग्रहको लोकार्पण गरियो । कार्यक्रममा स्व. कवि भवानी शर्माको जीवनी उनकी पत्नी बसुन्धरा शर्माले राखिन् । स्व. भवानी शर्माको जन्म 15 सितम्बर 1950 मा भएको थियो भने निधन 23 सितम्बर 2018 मा भएको थियो । उनी आकाशवाणीको खरसाङ र गान्तोक केन्द्रमा समाचार वाचकको रुपमा कार्यरत थिए। कार्यक्रममा कविहरू बालकृष्ण थामी ,  द्वारिका छेत्री ,  बिराज थापा ,  मदना ओझा (कालेबुङ) र उषाकिरण सत्यदर्शीले कविता पठन गरेका थिए ...