भागोपका राष्ट्रिय अध्यक्ष सुकमान मोक्तान बुधबार पञ्चतत्वमा विलीन (भाग १)








शुक्रबार १२ मई २०२गोर्खा समाजका सचेतक तथा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष सुकमान मोक्तान बुधबार पञ्चतत्वमा विलीन भएका छन् । बौद्ध परम्परागत अनुसार उनको अन्तिम संस्कार गरियो ।  शवयात्रा निकाल्नअघि उनको शवमा भागोपका पदाधिकारीहरुले संस्थाको चिन्ह भएको झन्डा ओडाए। पछि उक्त झन्डा उनका छोरा सघन मोक्तानलाई हस्तान्तरण गरियो । उनको शवलाई शमशानघाट पुराउनअघि क्षेत्रको परिक्रमा गराइयो । मिजोरममा वर्ष 2000 मा  स्थापित न्याशनल गोर्खा फेडरेशनबाट नाम परिवर्तन गरी भारतीय गोर्खा परिसङ्घ बनेको संस्थाका राष्ट्रिय अध्यक्ष मोक्तानको सम्मानमा पत्रकार रुपेश शर्माको अगुवाइमा एउटा शोकसभाको पनि आयोजन गरियो । जुन सभामा भागोपका पदाधिकारीहरूले मोक्तानको निधनले गोर्खा समाजमा ठूलो क्षति भएको बताउँदै आफू बाँचुञ्जेल जातिको हकहितका लागि काम गरेको बताए ।  उनले जति सक्रियताका साथ काम गर्थेअब त्यस्तो काम कसले गर्ला भन्ने चुनौती आएको बताए ।  मोक्तानको निधनमा देशभरी नै शोक श्रद्धाञ्जली सभाहरूको आयोजन भइरहेको समाचारहरू प्राप्त भइरहेको छ ।।

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन