२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने
रिम्बिक (निसं) आगामी वर्ष २०२० मा हुने माध्यमिक परीक्षा अब रिम्बिक अनि लोधोमा भेकमा पनि हुने भएको छ । यो समाचारले स्थानीय मानिसहरू हर्षित बनेका छन्। लामो समयदेखि स्थानीय गाउँले विद्यार्थीहरुलाई ध्यानमा राख्दै गरिएको माग अन्ततः पूरा भएको छ भने रिम्बिक अनि लोधोमा भेकका विद्यार्थीहरुले स्थानीय रिम्बिक उच्चतर माध्यमिक बिद्यालय तथा लोधोमा उच्च विद्यालयमा दिन पाउने भएका छन्। उक्त खबरबारे लोधोमा हाइ स्कूलका प्रधान अध्यापक निरज सुब्बाले थप जानकारी गराएका छन् ।