याङ्गगाङ्ग, सिक्किमका छाम्पा मेघी गुरूङ विद्यावारिधिद्वारा विभूषित



                                                                   
     सिलगढ़ी 26 दिसम्बर (निसं) याङ्गगाङ्ग, दक्षिण सिक्किम निवासी  छाम्पा मेघी लामा (विजय मेगी लामा गुरूङ) लाई विद्यावरिधि (PhD) को उपाधि डिग्री ससम्मान प्राप्त गरिएको छ । बनारस हिन्दू विश्वविद्यालय  (बि. एच. यू ) को 101 दीक्षान्त समारोहमा मेगी लामा गुरूङलाई विद्यावरिधि (PhD) को उपाधिले सम्मान गरिएको हो ।  दर्शन विभाग (Philosophy Department) बाट विद्यावारिधि (PhD) सम्मका पढाई गर्ने पहिलो भारतीय गुरुङ्ग हुन् भने सिक्किमबाट पनि पहिलो व्यक्ति हुन् ।  यो उपाधि समारोहको आयोजना मङ्गलबार 24 दिसम्बरको दिन आयोजना गरिएको थियो ।
     पूर्व सिक्किमको साङमा गाउँमा 12  दिसम्बर 1978 को दिन पिता  स्व. जय चन्द्र मेघी अनि माता श्रीमती लक्ष्मी मेघीको कोखबाट डा. छाम्पा मेघी लामाको जन्म भएको हो ।  उनको  प्राथमिक शिक्षा राजबाडी प्राथमिक पाठशाला खरसाङ, पाचौं श्रेणी पश्चिम सिक्किम सोरेङ सरकारी विद्यालय हुँदै खरसाङको पुष्परानी रोय मेमोरियल विद्यालयबाट 1994 सालमा दोस्रो श्रेणीमा माध्यामिक उत्तीर्ण गरे ।  सन् 1996 मा आइ. टी. आइ. टुंगबाट मोटर मेकनिक   प्रशिक्षणमा प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।
      वर्ष 1996  देखि डा. गुरूङ  आध्यात्मिक तथा सामजिक जीवनमा प्रवेश गर्दै बौद्ध धर्म अध्ययनकासाथ तिनी बौद्ध लामा बनेका थिए ।  10 जुलाई 1998 देखि 16 नोभेम्बर 2001 सम्म दार्जीलिङ पेशोक स्थित छोइलिङ गुम्बामा  जडल सांगे रिम्पोछेको मारिगदर्शन र लामा केलजाङ छिरीङ्ग (डुक्पा लामा) को देखरेखमा 3 वर्ष, 3 महीना, 3 हप्ता, 3 दिन छाम (गुफावास) पूर्ण गरी, डा. मेघी पहिलो गुरूङ छाम्पा बनेका थिए।
       सामाजिक कार्य गरिन सक्रिय डा. गुरूङ धेरै सामाजिक संघ संस्थामा सामाजिक कार्यहरू गर्दै2004 मा उच्च बौद्ध शिक्षा अध्ययन गर्न बनारस गए । यसै क्रममा उनले विभिन्न पत्र पत्रिकाहरुमा बौद्ध धर्म सम्बन्धी ज्ञानवर्धक लेखहरु प्रकाशित गरे तथा  बौद्ध मार्गी तमू  गुरूङ समुदायको निम्ति धार्मिक पुस्तक केल्पा प्रकाशित गरेका छन् । अन्य पुस्तकहरू पनि चाप्ने पिरयासमा लागेका छन् ।
      सारनाथका महाबोधि  इन्टेरमीडिएट कलेजबाट सन्  2007 मा डा. मेघी लामा गुरूङले  उच्च माध्यमिक परीक्षा दोस्रो स्थानमा अनि 2010 मा सम्पूर्णान्द संस्कृति विश्वविद्यालय,  बनारसबाट शास्त्री ( B.A. Buddhist  Philosophy) मा प्रथम श्रेणीबौद्ध दर्शनमा सर्वाधिक अंक प्राप्त गरे ।   सन् 2012 यही विशवविद्यालयबाट  ( बौद्ध प्राचिन साहित्य  ) Buddhist Ancient Language पालि भाषामा प्रथम श्रेणीमा  आचार्य उपाधि हासिल गर्ने गुरूङ समुदायबाट नै प्रथम गुरुङ्ग बनेका छन् ।
     बनारस हिन्दु विश्वविद्यालयको दर्शन विभागबाटै डा. मेघी लामा गुरूङले  I.P.R.(Indian Philosophy and Religion)  2013 मा M.A प्रथम श्रेणी, 2014 मा महात्मा गान्धी  काशी विद्यापीठबाट दर्शनशास्त्र (Philosophy) मा प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।  सन् 2016 मा बनारस हिन्दू विश्वविद्यालयबाट शोधकार्य विद्यावारिधि (PhD) को निम्ति पंजीकरण गरे ।  उनको शोधको विषय "A Philosophical  Study of Tripitakas: with Special References to Social Morality" थियो ।  उक्त विश्वविद्यालयका  दर्शन विभागाध्यक्षप्रो. मुकुल राज मेहताको निर्देशनमा शोध कार्य पूर्ण गरी, 17 मई 2019 मा विद्यावारिधि PhD को  उपाधि (provisional certificate) प्राप्त गर्न सक्षम बने । आफ्नो अध्ययन वा शिक्षालाई  अझै अघाड़ि लैजान डा. छाम्पा मेघी लामा गुरूङले पोस्ट डक्टरेट फेलोशिप (PDF) को अध्ययन गर्ने निर्णय गरेका छन् ।
    सन् 1996 देखि आजसम्म डा. मेघी लामा गुरूङले धेरै सामाजिक र धार्मिक यात्राका क्रममा  विश्वविद्यालय अनुदान आयोग ( UGC) का जर्नलहरुमा धार्मिक, सामाजिक र जाति विषयवस्तुका रचनाहरू प्रकाशित गरिसकेका छन् भने पश्चिम बंगाल गुरूङ विकास वोर्डको सहयोगमा कफी टेबल पुस्तक "The Gurung Their Hidden Treasure" प्रकाशित भएको छ ।

     अत्यन्त मिलनसार, नम्र स्वभाव र मृदुभाषी डा. मेघी लामा गुरूङ सामाजिक सघं संस्थाहरुका आजीवन सदस्य, सल्लाहकार रहेर धार्मिक सामाजिक कार्यहरुमा  बहुजन हिताय, बहुजन सुखायको बौद्ध मंत्रलाई आत्मासात गरेर सामाजिक एवं जनकल्याण कार्यमा संलग्न रहेका छन् । 

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन