Posts

Showing posts with the label Dr King Gunu Gharti

डा. किङ्ग गुनु घर्ती

Image
                                   भारतको उत्तर-पूर्वी क्षेत्रमा एउटा सानो राज्य मिजोरम अवस्थित छ । प्राकृतिक दृष्टिकोणले यो राज्य अति नै सुन्दर पनि छ ।  यही सुन्दरताको वर्णन गर्दै डा. किङ्ग गुनु घर्तीले आफ्नो हिन्दी श्रव्य-दृश्य साङ्गीतिक कोशेली ‘ लभली मिजोरम ’ मा वर्णन गरेका छन् ।   यो राज्यमा अल्पसंख्यकको रुपमा गोर्खाहरू बसोवास गर्दछन् ।  कसैले मिजोरमका गोर्खाहरूलाई ‘ तपाईंको जात के हो ?’ भनेर सोधे ‘ हाम्रो जात गोर्खा हो ?’ भन्छन् ।   किनकि यो राज्यमा बसोवास गोर्खाहरूमा छुवाछुत, सानो-ठूलो अनि धनी-गरीबको कुनै भेदभाव छैन ।   त्यसैले यहाँका गोर्खाहरू उदारवादी अनि मानवताका गुणहरूले भरिपूर्ण छन् ।  भाषा-साहित्य, संस्कार-संस्कृतिलाई जोगाएर ल्याइआएका हुनाले यहाँ कवि गोष्ठी, भानु जयन्ती, सांस्कृतिक कार्यक्रम अनि धार्मिक अनुष्ठानहरूमा खुबै सक्रियताका साथ भाग लिन्छन् यहाँका गोर्खाहरूले ।...