Posts

Showing posts from July, 2021

डा. साङ्गमु लेप्चाको बाल उपन्यास ''बन संसार'' लाई हरिप्रसाद गोर्खा राई स्मृति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिने

Image
 भारतीय नेपाली साहित्यकी सक्रिय नारी लेखिका डा. साङ्गमु लेप्चालाई उनको बाल उपन्यास ''बन संसार'' लाई लागि हरिप्रसाद गोर्खा राई स्मृति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ । यो पुरस्कारको रुपमा हाम्रो स्वाभिमान ट्रस्ट द्वारा आयोजित 207 औं भानु जयन्तीको उपलक्ष्यमा उक्त सङ्गठनका मूलमन्त्री अधिवक्ता प्रेम छेत्रीले घोषणा गरेका छन् ।  यो पुरस्कार आगामी 9 सितम्बरको दिन दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा आयोजित तीजका भव्य कार्यक्रममा प्रदान गरिनेछ ।  यो पुरस्कारमा स्मृति चिन्ह, प्रमाण-पत्र, अनि नगदराशि हुनेछ ।  स्मरण रहोस्  तीनमहीनाअघि हाम्रो स्वाभिमान ट्रस्टको उत्तरपूर्वी आञ्चालिक समितिको गठन गरिएको छ । जसमा अध्यक्ष मञ्जुला तामाङ सुब्बा, उपाध्यक्ष शरदकुमार राई, सचिव सुमित्रा अविरल, संयुक्त सचिव हेम राई, कोषाध्यक्षा देविका मंग्राती अनि अरू कार्यकारी सदस्यहरू रहेका छन् ।   यही समितिको सक्रियता र सङ्गठनको केन्द्रिय मूलमन्त्री अधिवक्ता प्रेम छेत्रीको पहलमा यो पुरस्कार शुरू गरिएको हो ।      वन्यजन्तुहरूलाई मानवीयकरण गरी तिनीहरूको जीवन पनि मानिसहरूको झैं हुन्छ भन्ने कुराला

नेपाली साहित्यका समीक्षक र कवि सुकराज दियाली पितृशोकमा

Image
         सिलगढ़ी  ३   जुलाई  (निस) भारतीय नेपाली भाषाका सक्रिय समीक्षाकार तथा कवि सुकराज दियाली पितृशोकमा परेका छन् ।  उनका पिता हर्कबहादुर पेमु दियाली 84 वर्षको उमेरमा निधन भएको छ ।  नागरी फार्म चियाबारीको चउर गाउँमा जन्म लिएका परिवारका मूल खाँबो हर्कबहादुर पेमु दियाली अवकाशप्राप्त कर्मचारी थिए ।  उनी केही दिनदेखि बुढ़्यौलीको विरामी परेर उपचारको निम्ति चार दिनअघि सिलगढ़ी ल्याइएको थियो ।  यसैक्रममा शनिबार विहान सात बजे सिलगढ़ीको गणेश घोष कोलोनी अवस्थित दियाली आवासमा ह्रदयघात हुँदा उनले अन्तिन स्वास लिए ।  स्व. दियालीको निधनको खबर पाउनेसाथ नेपाली साहित्यिक र सामाजिक क्षेत्रमा शोकको लहर छायो ।  स्थानीय, जिल्ला, राज्य, देश अनि विश्वभरीकै विभिन्न सङ्गठनहरू अनि व्यक्तिगतरुपमा मानिसहरूले उनको निधनमा गहिरो शोक प्रकट गर्दै उनको चिर आत्माशान्तिको कामना गरेका छन् । यसरी नै शोकित परिवारलाई यस्तो बज्रपात सहने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् ।  स्व. दियालीले आफूपछि जेठो छोरा सुकराजलगायत तीनभाइ छोराहरु, तीन बहिनीहरू, बुहारीहरू नातानातिनीलाई छोडेर गएका छन् ।  उनको पार्थिव शरी