बङ्गला नाटक ‘‘गुलशन’’ प्रदर्शित

                


सिलगढ़ीमा हिउँदो लाग्नेसाथ विभिन्न प्रकारको रमाइलो शुरू हुने गर्दछ ।  किनकि यहाँ राम्रा राम्रा सङ्गीतमय कार्यक्रम, नाटक, सर्कस, मेला आदिबाट रमाइलो लिन पाइन्छ ।  यसैक्रममा सोमबार यहाँको तथ्य केन्द्रमा अवस्थित दीनवन्धु मञ्चमा बङ्गला नाटक ‘‘गुलशन’’ प्रदर्शित गरियो । सिलगढ़ीको पुरानो संस्था ‘‘कललोल सांस्कृतिक समूह’’ द्वारा प्रायः चारदशकपछि  यो नाटक आयोजित गरिएको थियो ।   

श्यामा कान्त दासद्वारा लिखित अनि प्रणब होर रायद्वारा निर्देशित नाटकमा मुख्य कलाकार (भूतनाथ बेनर्जी) को भूमिकामा निर्देशक प्रणब होर राय स्वयं थिए । मुख्य सहायक कलाकार (लैला)  थिइन् शोभा जाना तालुकदार, घर मालिक-मालिक्नीको भूमिकामा अशोक कुमार घोष र जोनाकी मित्रा थिए ।  यसरी नै अन्य कलाकार थिए- अभिजित चन्दा, गौतम राय, दयालचन्द भक्त, अनिल गोस्वामी अनि अरू थिए ।   नाटकका निर्देशकले बताए अनुसार केही कारणवस् यतिका दिनपछि नाटक प्रदर्शन गरियो ।  यसको सफलताको श्रेय बुद्धिजीवी नाटक प्रेमीहरूलाई जान्छ ।  सामुदायिक विवादमाथि आधारित नाटक प्रदर्शन गर्नुको उद्देश्य युवाहरूलाई नाटकप्रति चासो बढ़ाउनु रहेको थियो ।  किनकि आज पनि नारी कलाकारहरू पाउन गाह्रो छ अनि युवाहरूले नाटकप्रति त्यति रुचि लिँदैनन् । यो नाटक गर्दा पनि हामीले युवाहरूलाई बोलाई बोलाई नाटक गरायौं ।  तर उनीहरूले पछि खुबै रुचि अनि सफलतापूर्वक अभिनय गरे ।  यसरी यी नयाँ कलाकारहरूल धेरै सिक्न पाएका छन् ।  

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन