आर्नोवाद्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण



हरेक वर्ष घुमेर उने माघको जाड़ोमा हुने खानेले तातो तातो लुगाहरू लगाएर आफ्नो शरीरलाई जोगाउँछन् ।  तर नहुनेहरू, सड़कमा जीवन विताउनेहरूलाई रातको चिसोबाट बच्न निकै गाह्रो पर्दछ । यही कुरालाई ध्यानमा राखे एशोसिएशन फर रिसर्च अन् नन्प्रफिट अर्गनाइजेशन्स एन्ड वल्युन्टेरी एक्टिविटिज (आर्नोवा) द्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण गरेको छ ।  स्मरण रहोस् रुबेन गुरूङद्वारा देशको राजधानी नयाँ दिल्लीमा सन् 2000 मा संस्थापित आर्नोवाले प्रतिवर्ष हिउँदोको समयमा सडकमा जीवन विताउने मानिसहरूलाई तातो तातो लुगाहरू वितरण गर्दै आइरहेको छ ।  यसै सन्दर्भमा यस पटक यसका अध्यक्ष डा. किशोर भारतीको नेतृत्वमा सातजनाको टोलीमा उपाध्यक्ष अमृता सुब्बा, संयुक्त सचिव मोहन शर्मा, कार्यकारी सदस्यहरू दुर्गा साम्बा, मोहन लुइँटेल अनि समीक्षा साम्सोहाङ उपस्थित रहेर तातो तातो लुगाहरू वितरण गरियो ।  स्मरण रहोस् आर्नोवाले आफ्नो स्थापनाकालदेखि नै नेपाली भाषा साहित्य, संस्कृति र गोर्खाली समाजको विकासका लागि विभिन्न प्रकारका सामाजिक कार्य अनि सृजनशील कार्यहरू गर्दै आइरहेको छ । सडकमा जीवन विताउने मानिसहरूलाई तातो तातो लुगाहरू वितरण गरिनु पनि यस्तै कार्यहरूकै एउटा नियमितता हो ।  यस क्रममा वितेको वर्षसम्म यस्ता लुगाफाटा राजधानी दिल्लीमा वितरण गरिरहेको थियो भने यस पटक पहिलो चोटि सिनगढ़ी क्षेत्रमा वितरण गरेको छ । यसरी नै भविष्यमा पनि यस्तो कार्य गरिरहने प्रयत्न रहनेछ भन्ने कुरा यसका अध्यक्ष डा. किशोर भारतीले बताएका छन् ।  यसरी नै उपाध्यक्ष अमृता सुब्बाले पनि भनेकी छिन्,  हामीसित पनि केही छैन ।  यद्यपि हामीभन्दा अझै केही नभएकाहरूलाई केही दिने हाम्रो प्रयास रहने छ भन्ने कुरा बताएकी छिन्

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन