आमालाई लिएर कलियुगे श्रवण लिङ्गसे, कालेबुङको हरेश्वर शिवालय मन्दिरमा
लिङ्गसे, कालेबुङ २ मार्च (निस) मैसुर निवासी कलियुगे श्रवण आफ्नी 71 वर्षीया आमालाई लिएर कालेबुङ जिल्ला अन्तर्गत भारत
स्वाधीनता पूर्व 1944 मा
स्थापित लिङ्गसेको हरेश्वर शिवालय मन्दिरमा हिजो आइपुगे । जहाँ मन्दिरका सन्तहरू लगायत त्यस क्षेत्रका
मानिसहरूले आमा-छोरा दुवैलाई स्वागत जनाए । लिङसे कालेबुङ अन्तर्गत पर्ने पेदोङको
फेदमा अवस्थित छ अनि यहाँ जान पर्दा सिक्किमको रिनक भएर जानू पर्छ। स्मरण गराइन्छ, कलियुगे श्रवण दक्षिणा कृष्ण कुमारले 16 जनवरी 2018 देखि आफ्नी 71 वर्षीया आमालाई लिएर तीर्थ यात्रामा निस्केका हुन् । आमालाई
लिएर हिंड़ने उनीसित उनको बुवाको तीस वर्ष पुरानो स्कुटर छ, त्यसैमा लिएर यतिका दिनदेखि हिंड़रहेका छन् । उनको भनाइ
अनुसार आमाले सधैं बुवाछोराका लागि घरका काम गरिरहन्थिन् । नले घरको नजीकै रहेको नदीसम्म पनि हेर्न पाएकी
थिइनन्। यही भएर उनले आफूले गरिरहेको
जागिर छोड़ेर आमालाई लिएर निस्केका हुन् ।
कृष्ण कुमारले बताए अनुसार उनी अरूको सहयोगको रुपियाँ लिएर होइन, आफ्नै कमाइमा आमालाई घुमाइरहेका छन् । उनले अघाड़ि भने, हामीलाई जन्म दिने माता-पिता नै ईश्वर हुन्, कुराकानी गर्ने यस्ता ईश्वरलाई हामीले पुज्नु पर्छ । माता-पिता
श्रद्धा-माला लाइदिनु राम्रो कुरा हो । आजका प्रत्येक छोराछोरीले यस्तो
गर्नु जरूरी छ।*** आर्नोवाद्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण
हरेक वर्ष घुमेर उने माघको जाड़ोमा हुने खानेले तातो तातो लुगाहरू लगाएर आफ्नो शरीरलाई जोगाउँछन् । तर नहुनेहरू, सड़कमा जीवन विताउनेहरूलाई रातको चिसोबाट बच्न निकै गाह्रो पर्दछ । यही कुरालाई ध्यानमा राखे एशोसिएशन फर रिसर्च अन् नन्प्रफिट अर्गनाइजेशन्स एन्ड वल्युन्टेरी एक्टिविटिज (आर्नोवा) द्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण गरेको छ । स्मरण रहोस् रुबेन गुरूङद्वारा देशको राजधानी नयाँ दिल्लीमा सन् 2000 मा संस्थापित आर्नोवाले प्रतिवर्ष हिउँदोको समयमा सडकमा जीवन विताउने मानिसहरूलाई तातो तातो लुगाहरू वितरण गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस पटक यसका अध्यक्ष डा. किशोर भारतीको नेतृत्वमा सातजनाको टोलीमा उपाध्यक्ष अमृता सुब्बा, संयुक्त सचिव मोहन शर्मा, कार्यकारी सदस्यहरू दुर्गा साम्बा, मोहन लुइँटेल अनि समीक्षा साम्सोहाङ उपस्थित रहेर तातो तातो लुगाहरू वितरण गरियो । स्मरण रहोस् आर्नोवाले आफ्नो स्थापनाकालदेखि नै नेपाली भाषा साहित्य, संस्कृति र गोर्खाली समाजको विकासका लागि विभिन्न प्रकारका सामाजिक कार्य अनि सृजनशील कार्यहरू गर्दै आइरहेको छ । सडकमा जीव...
Comments
Post a Comment