भष्मे युवा संस्था, को गतिविधि


         कालेबुङ जिल्ला अन्तर्गत गैरीवास सिन्कोना बारीमा नवगठित भष्मे युवा संस्थाको गतिविधि सराहनीय रहेको छ ।  विगत 5 अक्टोबर 2019 को दिन गठन गरिएको उक्त संस्थाका कार्यकर्ताहरूले क्षेत्रमा मद-मदिरा सेवनको विरूद्ध अभियान चलाइरहेका छ्न् ।  यसरी नै पढ़ाइ छोड़ेका किशोर-किशोरीहरूलाई पनि फेरि पढ़ाइमा मन लगाउने दिशामा प्रयास गरिरहेका छन् ।  युवाहरू नराम्रो काममा नलागुन्, उनीहरू खेलकूदमा संलग्न होउन्  भनेर विभिन्न प्रकारको खेलहरूको आयोजना गरेका छन्  ।  यसरी नै सङ्गीत कलामा रचि भएकाहरू त्यसैमा संलग्न होउन्  भनेर संस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका छन् ।  यी कार्यकर्ताहरूकाअनुसार  अब यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहने यी युवाहरूले निर्णय गरेका छन् । त्यस क्रममा आगामी  दिनमा चाँढ़ै आकाशवाणी खरसाङको चर्चित कार्यक्रम युवावाणी अन्तर्गत यी प्रतिभाहरूलाई प्रसारण गर्ने योजना बनाएका छन् ।  जसका लागि आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक श्री पारस आलेज्युसित कुराकानी भइसकेको छ ।  यसरी नै  साहित्य अकादमी दिल्लीको कार्यक्रम ग्रामालोकको आयोजना गर्ने चाँजो पनि मिलाइरहेको जानकारी पाइएको छ ।  यसका लागि पनि साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका सदस्य डा. जीवन राणाज्युसित कुराकानी भइसकेको छ ।     

          क्रमशः उनीहरूले स्वरोजगारको निमित्त पनि केही योजनाहरूलाई कार्यान्वयन गर्ने प्रयास गरिरहेका छन् ।  यस संथामा अठाह्रजनाको कार्य समिति रहेको छ ।  जसमा अध्यक्ष, एमरिक राई, महासचिव, शासन गुरूङ, कोषाध्यक्ष आशीष राई अनि  पन्द्रहजना कार्यकारी सदस्यहरू रहेका छन् ।  अध्यक्ष, एमरिक राईले बताए अनुसार त्यस क्षेत्रकी एक सशक्त समाजसेवी अमृता सुब्बालाई प्रमुख सल्लाहकार राखेर उनकै दिशा निर्देशमा यो संस्थाले काम गरिरहेको छ ।  यसै सन्दर्भमा सल्लाहकार अमृता सुब्बाले भनेकी छिन्, युवाहरू विग्रिनु नासिनुभन्दा यसरी आफ्नो क्षेत्रको विकाशका लागि एकजुट भएर अघि आउनु प्रशन्सनीय कार्य हो ।  यसमा म आफ्नो पक्षबाट सकेसम्म उनीहरूसितै हातेमालो गर्दै जाने मैले निर्णय गरेकी छु ।  भविष्यमा यो संस्थालाई सरकामा पञ्जूकरण गरी अझ सक्रिय पार्दै लैजाने तथा यसमा अन्य युवाहरूलाई पनि जोड़्दै लैजाने निर्णय गरिएको जानकारी  पनि अध्यक्षले दिएका छन् ।  

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन