सुकेपोखरी: भगवान श्री सत्य साई बाबाको ९४ औं जन्मदिनको सुअवसरमा आज सुकेपोखरी श्री सत्य साई समितिले भव्य रुपमा पालन गरियो । सुकेपोखरी मन्दिर लाइनमा अवस्थित साई मन्दिरमा साई भक्तजनहरुको व्यापक उपस्थितिमा स्वामीको जन्मदिन जयन्ती धुमधाम साथै भजन कीर्तन गरि पालन गरियो। जन्म जयन्तीको अवसरमा बिभिन्न धार्मिक कार्यक्रम सङ्गै भजन कीर्तनहरू समावेश गरिएको थियो। समितिले आफ्नो तय गरियो सेवा अनुसार बिभिन्न आध्यात्मिक कार्यक्रम अनि नारायण सेवा अनुसार आर्थिक बिपिन्न परिवारलाई भोजन, वस्त्र इत्यादि प्रदान गरिएको जानकारी समितिका वरिष्ठ सदस्य पी. बी. थापाले दिएका छन् ।
Comments
Post a Comment