Popular posts from this blog
पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम
By
Reuben Gurung
-
बुधबार १ सितम्बर २०२ १: पृष्ठभूमि सिने क्रिएशन्सको तेस्रो कोशेली लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम आइतबार २ ९ अगस्त २०२ १ को साँझ ५ बजे आयोजन गरियो । सिलिगुडीमा सञ्चालित पृष्ठभूमि कला संस्थानका अध्यक्ष दीनानाथ देवकोटाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आयकार विभागका संयुक्त आयुक्त मिलन रुचाल उपस्थित थिए । विशिष्ट अतिथिहरू क्रमशः बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति बराल, बरिष्ठ साहित्यकार कृष्ण प्रधान, अतिथिहरूरूमा गायक-नायक भानु रामुदामु, बरिष्ठ सङ्गीतकार युजेन लामा, सिलिगुढ़ी जर्नलिस्ट क्लबका प्रेसिडेन्ट प्रमोद गिरी, बरिष्ठ समाजसेवी तारा प्रधान, पत्रकार अनि साहित्यकार द्वय ललिता-लतिका जोशी र अन्यान्यको उपस्थिति रहेको थियो । पृष्ठभूमि कला संस्थान् अन्तर्गत पृष्ठभूमि सिने क्रिएशन्सको ब्यानरमा निर्मित तेस्रो कोशेली लघु चलचित्र "बसन्त द मिस्ट्री बोय"का लेखक अनि निर्देशक कृष्ण गुरूङ अनि उत्तम तिवारी मन्डल रहेका छन् । क्यामेरा पर्सन सुजय मलिक, सम्पादक उत्तम तिवारी मन्डल र...
सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा खाद्य सामग्री वितरण
By
Reuben Gurung
-
प्रथम लहरको कोरोनाकालमा जस्तै यो दोस्रो लहरमा पनि विभिन्न सामाजिक संस्थाहरूले विभिन्न मानव उपकारी कार्यहरू गर्दै आइरहेको छ । यसमा आश्यक परेका मानिसहरूमा खाद्य सामग्री वितरण गर्नु पनि एउटा हो । यसै क्रममा सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दार्जीलिङको चौरास्तामा आश्यक परेका मानिसहरूमा मङ्गलबार २ ५ मई २०२ १ को दिन खाद्य सामग्री वितरण गरियो । अधिवक्ता पीटी ओला, डा. किशोर भारती, संस्थानका अध्यक्ष सुजीत निरौला, जुस्लोका विशेष अधिकारी सत्यम गिरी, बिनीता रोका आदिको टोलीद्वारा यो खाद्य सामग्री वितरण गरियो । यो कार्यलाई सफल पार्न अधिवक्ता पीटी ओलाको विशेष पहल रहेको थियो । गोजमुमो अध्यक्ष बिमाल गुरूङ संरक्षक रहेको संस्था सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दोस्रो लहरको कोरोनाको प्रकोपमा यस्तो मानव उपकारी कार्यहरू गर्दै आइरहेको अनि आवश्यक परेसम्म गरिरहने जानकारी डा. किशोर भारतीले दिएका छन् ।






Comments
Post a Comment