नर्थ बेङ्गल आर्टिस्ट फोरम गिल्डको पुनर्गठन

                


दार्जीलिङ 25 नवम्बर (निसं) सिलगढ़ीमा नर्थ बेङ्गल आर्टिस्ट फोरम गिल्डको पुनर्गठन गरिएको छ ।  यसका अध्यक्ष प्रदीप दासको अध्यक्षतामासिलगढ़ीको हासिमपाड़ामा  बसेको सभाले यो नयाँ कार्यकारी समितिको पुनर्गठन गरेको हो । स्मरण गराइन्छ, यो फोरमको गठन एक वर्ष अघाड़ि गरिएको थियो अनि यसमा अध्यक्ष प्रदीप दास र महासचिव विनय घोषको नेतृत्वमा अठतीस जना कलाकारहरू सङ्गठित भएर काम गरिरहेका थिए।  क्रमशः सदस्यहरू थपिँदै गएर अहिलेसम्म पचासभन्दा बढ़ी सङ्ख्यामा कलाकारहरूले सदस्यता लिएका छन् ।   सभामा महासचिव विनय घोषले आजसम्म फोरमले कलाकारहरूलाई अघि बढ़्न सेतुको काम गरिरहेको जानकारी गराउँदै सचिवको आफ्नो प्रतिवेदन प्रस्तुत गरे ।  अन्त्यमा अध्यक्ष प्रदीप दासले आफ्नो समापन वक्तव्य राखेपछि पहिलो कार्यकारी समिति विगठन गरियो । 

      दोस्रो कार्यकालको लागि कार्रकारी समिति गठन गरिने क्रममा पूर्व अध्यक्ष प्रदीप दासले आफू अन्य काममा व्यस्त रहनु परेकाले नयाँ कार्यकारी समिति सल्लाहकारको रुपमा मात्रै रहने अनि चुनाउमा नउठ्ने घोषणा गरे।  त्यसपछि तेह्रजनाको नयाँ कार्यकारी समितिका लागि गरिएको चुनाउमा श्यामा प्रसाद मजुमदार, उपाध्यक्षद्वय, कौशिक सेन अनि राजु शशाङ्कर, महासचिवको पदमा सबैभन्दा बढ़ी मत पाएर विनय घोष महासचिवको पदमा पुनर्निर्वाचित भए।  क्रमशः उपसचिवत्रय सभु लाहा, सुची दास र राजु शाह, कोषाध्यक्षद्वय गौतम विश्वास र सायन च्याटर्जी, संयोजक दयाल भक्त, प्रमुख सल्लाहकार प्रदीप दास, कार्यकारी सदस्यत्रय कृष्ण गुरूङ, श्रीमती कृष्णा रायचौधरी अनि रुबेन गुरूङ निर्वाचित भए।  अब यो नवनिर्वाचित कार्यकारी समितिले चाँढ़ै सिलगढ़ीमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्नेछ।

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन