मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिलगढ़ी च्याप्टरको तत्वावधानमा बहुप्रतिभाशाली व्यक्तित्व मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन गरियो ।  सिलगढ़ीको प्रधान नगर अवस्थित देवकोटा सङ्घमा ती पुस्तकहरूको विमोचन गरिए । अनेसासका सदस्य समीक्षाकार सुकराज दियालीले स्वागत भाषण राखेपछि नेपाल तथा भारतका वरिष्ठ-बरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा मुक्ति

उपाध्याय बरालको निवन्ध सङ्ग्रह, यस्तै उस्तै मनका विचारहरूको  विमोचन गरियो । यस पुस्तकमाथि डा. महेश प्रधान, दार्जीलिङले विस्तृतसित खुबै रोचक ढङ्गले समीक्षा प्रस्तुत गरे ।
     यसै गरी मुक्ति उपाध्याय बरालको दोस्रो कृति एकाङ्की सङ्ग्रह गोर्खाको मोडलको  नेपाल तथा भारतका अन्य वरिष्ठ-बरिष्ठ साहित्यकारहरूको बाहुलीद्वारा विमोचन गरियो । स्मरण रहोस् नागाल्याण्डका एक अन्यतम् निर्माता अनि साहित्यकार स्व. हरिप्रसाद गोर्खा राईद्वारा लिखित कथालाई मुक्ति उपाध्याय बरालद्वारा नाट्य रुपान्तर गरी पहिला नै मञ्चन गरिसकिएको थियो । यो सङ्ग्रहमा अरू पनि मञ्चित एकाङ्कीहरू समावेश गरिएका छन् ।   यस पुस्तकको समीक्षा डा. राजकुमारी दाहाल, सिलगढ़ीले प्रस्तुत गरिन् ।
      क्रमशः मुक्ति उपाध्याय बरालको तेस्रो कृति नाटक महिमाको विमोचन नेपाल तथा भारतका अन्य वरिष्ठ-बरिष्ठ साहित्यकारहरू, नाटककारहरू, समाज सेवीहरूको बाहुलीद्वारा विमोचन गरियो ।  आजभोलि नाटकका पुस्तकहरू थोरै निस्किने गरेको छ, त्यसमा यो पुस्तक महिमाले राम्रै स्थान ओगट्ने आशा गरिएको छ । य़स पुस्तक नाटक महिमाको समीक्षा गरेकी थिइन् धरानकी बरिष्ठ साहित्यकार डा. इन्दिरा मिश्रले ।  उनले यो कृतिमाथि खुबै विस्तृत रुपमा निर्क्यौंल गरिन् ।
      अन्त्यमा मुक्ति उपाध्याय बरालको चौथो कृति कान्छीको विमोचन नेपाल तथा भारतका अन्य वरिष्ठ-बरिष्ठ साहित्यकारहरू, नाटककारहरू, समाज सेवीहरूको बाहुलीद्वारा विमोचन गरियो ।  विज्ञानमा आधारित मानव निर्मित रोबर्ट कान्छीको समीक्षा दमककी साहित्यकार व्यञ्जना शर्माले  गरिन् । स्मरण रहोस्  मुक्ति उपाध्याय बरालको विज्ञानमा आधारित बाल उपन्यास मालतीले बाल साहित्य अकादमी पुरस्कार हत्याउन सफल भएको छ ।
    प्रा. मेघनाद छेत्री, खेम सापकोटा अनि शरद कुमार छेत्रीद्वारा सञ्चालित कार्यक्रममा गायिका जुनु गौतमले झमक घिमिरेमाथि निर्माण गरिएको चर्चित सिनेमा, जीवन काँड़ा कि फूलको गीत सुनाइन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिलगढ़ी च्याप्टरकी प्रमुख लतिका जोशीद्वारा अध्यक्षता गरिएको समारोहका प्रमुख अतिथि डा. गोविन्दराज भट्टराई, काय़माण्डौ थिए ।  कार्यक्रमको थालनीमा अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि अनि अन्य अतिथिहरूबाट प्रदीप्पोज्ज्वलन गरियो ।   त्यसपछि रिनिता शर्माले नृत्यको रुपमा स्रस्वती वन्दना प्रस्तुत गरिन् । 


Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम