सुधा सुब्बा नारीहरूका लागि प्रेरणाका स्रोत

   संसारमा मानिसले चाहे कुनै काम पनि गर्न सकिन्छ, यदि मनमा दृढ़ विश्वास छ भने ।  नारी भएर यस्तो एउटा  काम एकजना महिलाले गरिरहेकी छिन् । कालेबुङ जिल्ला अन्तर्गत जलढका प्यारेनकी सुधा सुब्बाले पन्चर भएको गाड़ीहरूको चक्का मरम्मत गर्दै आइरहेकी छिन् ।  केही वर्षबाट उनले त्यहाँ आफ्नो चक्का मरम्मत गर्ने केन्द्र खोलेर चलाइरहेकी छिन् ।  उनले स्कुटर-बाइकदेखि लिएर नर्मल गाड़ीहरू, बस अनि ट्रकसम्मका त्यस्ता कामहरू एकलैले गर्दै आइरहेका छिन् ।  उनले त्यै माध्यमबाट आप्नो परिवार पनि धानिरहेकी छिन् ।  अन्य देश, हाम्रै भारतका विभिन्न राज्य र ठाउँहरूमा पनि यस्ता नारीहरू पाइन्छन् ।  तर हाम्रो पहाड़ी समाजका लागि सुधा सुब्बाले एउटा उदाहरणीय काम गरिरहेकी छिन् । विश्वमा नै नारी सशक्तिकरणको अभियान चलाइएको समय  यस्ता कार्य गर्ने सुधा सुब्बा  नयाँ पींढ़ीका अनि अन्य नारीहरूका लागि प्रेरणाका स्रोत हुन् ।


Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन