Posts

तेञ्जीङ्ग नोर्गे शेर्पाले माउन्ट एभरेस्ट चढ़ेको 68 औं वार्षिकी

Image

सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा खाद्य सामग्री वितरण

Image
                   प्रथम लहरको कोरोनाकालमा जस्तै यो दोस्रो लहरमा पनि विभिन्न सामाजिक संस्थाहरूले विभिन्न मानव उपकारी कार्यहरू गर्दै आइरहेको छ ।   यसमा आश्यक परेका मानिसहरूमा खाद्य सामग्री वितरण गर्नु पनि एउटा हो ।    यसै क्रममा सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दार्जीलिङको चौरास्तामा आश्यक परेका मानिसहरूमा  मङ्गलबार   २ ५  मई २०२ १ को दिन  खाद्य सामग्री वितरण गरियो ।   अधिवक्ता पीटी ओला, डा. किशोर भारती, संस्थानका अध्यक्ष सुजीत निरौला, जुस्लोका विशेष अधिकारी सत्यम गिरी, बिनीता रोका आदिको टोलीद्वारा यो खाद्य सामग्री वितरण गरियो ।   यो कार्यलाई सफल पार्न अधिवक्ता पीटी ओलाको विशेष पहल रहेको थियो ।   गोजमुमो अध्यक्ष बिमाल गुरूङ संरक्षक रहेको संस्था सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दोस्रो लहरको कोरोनाको प्रकोपमा यस्तो मानव उपकारी कार्यहरू गर्दै आइरहेको अनि आवश्यक परेसम्म गरिरहने जानकारी डा. किशोर भारतीले दिएका छन् ।

लङ्गभ्यु भेल्लीका गोजमुमो कार्यकर्ता फुलचन्द कुजूरको अन्तिम संस्कार

28-5-21 अनित थापाद्वारा फूलचन्द कुजुरलाई श्रद्धाञ्जली          लङ्गभ्यु भेल्लीका आदिवासी समुदायलाई प्रतिनिधित्व गर्दै आएका गोजमुमो कार्यकर्ता फुलचन्द कुजूरको अन्तिम संस्कार लङ्गभ्युमा गरियो । यसमा पूर्व जीटीए चिफ  अनि गोजमुमो नेता अनित थापा पनि उपस्थित थिए । उनले भने, "मान्छेले जीवित हुँदा जुन सम्मान समाजबाट पाएको हुन्छ, उनको मृत्युको समय पनि त्यही सम्मानको साथमा उनको अन्तिम संस्कार हुनुपर्छ भन्ने मेरो विचार छ ।  त्यसैले अन्तिम संस्कार भएको धेरै घरमा म आफै पुग्दैछु ।  मेरो उपस्थिति भनेको मानवता र सम्मानको संदेश हो । कोविडले हाम्रो मानवतालाई जित्नु नसकोस् ।" गोजमुमो नेता थापाले बताए, फुलचन्द कुजूर भाइले अन्तिम स्वाससम्म जिन्दगीसंग लडे । प्रथम उनले कोरोनालाई परास्त गर्न सक्षम बनेका थिए । तर कोरोना संक्रमणको प्रभाव ज्यादा हुनकारणले उनमा अन्य स्वास्थ्य समस्या सुरु भयो ।  त्यही स्वास्थ्य बिग्रँदै हिज राति 11.00 बजे उनको देहवासन भयो ।  थापाले अघाड़ि भने, गोर्खा जनमुक्ति मोर्चाले फेरि एक युवा नेतृत्व गुमायो ।  मैले नजिकबाट चिनेको भाइ कुजूर...

सेन्ट जोसेफ कलेजमा आइसोलेशन सेन्टर बनिने

                                       0 1 : सोमबार १७ मई २०२ १                          जेजुएट फादरहरूका स्कूल अनि कलेज साथै एलुम्नाई एसोसिएशनले दार्जीलिङका केही गैर सरकारी संस्थाहरूसित मिलेर सेन्ट जोसेफ कलेजको क्याम्पियन हललाई कोरोना संक्रमितहरू राख्ने आइसोलेशन सेन्टर बनाउने योजना तयार पारेको छ । यसका साथै एसोसिएशनले आइसोलेशन सेन्टर बनाउनको लागि सिंहमारीस्थित सेक्रेट हार्ट चर्चको हललाई पनि विकल्पको रूपमा राखेको बताएको छ । हाल दार्जीलिङ पहाड़मा पनि कोरोना संक्रमितहरूको संख्या दिन-प्रतिदिन वृद्धि भइरहेको छ , अस्पतालहरूमा कोरोना रोगी राख्ने बेडको अभाव पनि खट्कीरहेको छ । यसै विषयलाई ध्यानमा राखेर जेसुयट्स फादर अनि एलुम्नाई एसोसिएशन आफ्नो अधीनमा रहेको सेन्ट जोसेफ कलेजको क्याम्पियन हल वा सिक्रेट हार्ट चर्चको हललाई आइसोलेशन सेन्टर...

भागोपका राष्ट्रिय अध्यक्ष सुकमान मोक्तान बुधबार पञ्चतत्वमा विलीन (भाग १)

Image
शुक्रबार  १२  मई २०२ १ :  गोर्खा समाजका सचेतक तथा भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष सुकमान मोक्तान बुधबार पञ्चतत्वमा विलीन भएका छन् । बौद्ध परम्परागत अनुसार उनको अन्तिम संस्कार गरियो ।  शवयात्रा निकाल्नअघि उनको शवमा भागोपका पदाधिकारीहरुले संस्थाको चिन्ह भएको झन्डा ओडाए। पछि उक्त झन्डा उनका छोरा सघन मोक्तानलाई हस्तान्तरण गरियो । उनको शवलाई शमशानघाट पुराउनअघि क्षेत्रको परिक्रमा गराइयो । मिजोरममा वर्ष  2000  मा  स्थापित न्याशनल गोर्खा फेडरेशनबाट नाम परिवर्तन गरी भारतीय गोर्खा परिसङ्घ बनेको संस्थाका राष्ट्रिय अध्यक्ष मोक्तानको सम्मानमा पत्रकार रुपेश शर्माको अगुवाइमा एउटा शोकसभाको पनि आयोजन गरियो । जुन सभामा भागोपका पदाधिकारीहरूले मोक्तानको निधनले गोर्खा समाजमा ठूलो क्षति भएको बताउँदै आफू बाँचुञ्जेल जातिको हकहितका लागि काम गरेको बताए ।  उनले जति सक्रियताका साथ काम गर्थे ,  अब त्यस्तो काम कसले गर्ला भन्ने चुनौती आएको बताए ।  मोक्तानको निधनमा देशभरी नै शोक श्रद्धाञ्जली सभाहरूको आयोजन भइरहेको समाचारहरू प्राप्त भइरहेको छ ।।

असम तीन सुकियामा तेलको पाइप फुट्यो

  शुक्रबार २ ९ मई २०२० असम तीन सुकियाको बागजानमा तेलको पाइप फुटेर भयावह स्थिति उत्पन्न भएको छ ।   अल इन्डिया ओयल कम्पनीको पाँच नम्बर टरबाइनसित जड़ित तेल र ग्यासको पाइप फुटेर पाँच सय मीटर माथिसम्म तेल र ग्यास धेरै समय सम्म छुटिरह्यो ।   यसले गर्दा वरपरको क्षेत्रमा भयावह स्थिति उत्पन्न भएको हो ।   अल इन्डिया ओयल कम्पनीको पाँच नम्बर टरबाइनसित जड़ित तेल र ग्यास को पाइप फुटेर कड़ोरौं रुपियाँको क्षति भएको छ ।   त्यस घटनामा केही कर्म चारीहरू पनि घाइते भएका छन्, जसलाई नजीकैको अस्पतालमा भर्ना गरिए को छ ।   पाइप फुट्दा तेल र ग्यास एकैचोटि निस्किएर वरपरको क्षेत्रमा तेलै तेल फिजिएर भयावह स्थिति उत्पन्न भएको थियो । अझै अर्को दुर्घटना नहोस् भनेर क्षेत्रका मानिसहरूलाई तत्कालै अन्य क्षेत्रमा सारिएकोछ। उक्त टरबाइन को नजीकै डिब्रु सैका राष्ट्रिय उद्यान पनि अवस्थित छ । त्यहाँ विभिन्न प्रजाति का पशुप्राणीहरू पालिएका छन् ।   यो घटनालाई वरपरका मानिसहरूले अल इन्डिया ओयल कम्पनीको लापरवाहिता हो भन्ने आरोप लगाएका छन् । किन कि त्यस क्षेत्रमा कुल छवटा टरबाइनहरू सञ्चा...
आमालाई लिएर कलियुगे श्रवण लिङ्गसे , कालेबुङको हरेश्वर शिवालय मन्दिरमा लिङ्गसे , कालेबुङ २ मार्च (निस) मैसुर निवासी कलियुगे श्रवण आफ्नी 71 वर्षीया आमालाई लिएर कालेबुङ जिल्ला अन्तर्गत भारत स्वाधीनता पूर्व 1944 मा स्थापित लिङ्गसेको हरेश्वर शिवालय मन्दिरमा हिजो आइपुगे ।  जहाँ मन्दिरका सन्तहरू लगायत त्यस क्षेत्रका मानिसहरूले आमा-छोरा दुवैलाई स्वागत जनाए । लिङसे कालेबुङ अन्तर्गत पर्ने पेदोङको फेदमा अवस्थित छ अनि यहाँ जान पर्दा सिक्किमको रिनक भएर जानू पर्छ।  स्मरण गराइन्छ , कलियुगे श्रवण दक्षिणा कृष्ण कुमारले 16 जनवरी 2018 देखि आफ्नी 71 वर्षीया आमालाई लिएर तीर्थ यात्रामा निस्केका हुन् । आमालाई लिएर हिंड़ने उनीसित उनको बुवाको तीस वर्ष पुरानो स्कुटर छ , त्यसैमा लिएर यतिका दिनदेखि हिंड़रहेका छन् । उनको भनाइ अनुसार आमाले सधैं बुवाछोराका लागि घरका काम गरिरहन्थिन् ।  नले घरको नजीकै रहेको नदीसम्म पनि हेर्न पाएकी थिइनन्।  यही भएर उनले आफूले गरिरहेको जागिर छोड़ेर आमालाई लिएर निस्केका हुन् ।   कृष्ण कुमारले बताए अनुसार उनी अरूको सहयोगको रुपियाँ लिएर होइन , आफ्नै कमाइमा...