सेन्ट जोसेफ कलेजमा आइसोलेशन सेन्टर बनिने
0 1 : सोमबार १७ मई २०२ १ जेजुएट फादरहरूका स्कूल अनि कलेज साथै एलुम्नाई एसोसिएशनले दार्जीलिङका केही गैर सरकारी संस्थाहरूसित मिलेर सेन्ट जोसेफ कलेजको क्याम्पियन हललाई कोरोना संक्रमितहरू राख्ने आइसोलेशन सेन्टर बनाउने योजना तयार पारेको छ । यसका साथै एसोसिएशनले आइसोलेशन सेन्टर बनाउनको लागि सिंहमारीस्थित सेक्रेट हार्ट चर्चको हललाई पनि विकल्पको रूपमा राखेको बताएको छ । हाल दार्जीलिङ पहाड़मा पनि कोरोना संक्रमितहरूको संख्या दिन-प्रतिदिन वृद्धि भइरहेको छ , अस्पतालहरूमा कोरोना रोगी राख्ने बेडको अभाव पनि खट्कीरहेको छ । यसै विषयलाई ध्यानमा राखेर जेसुयट्स फादर अनि एलुम्नाई एसोसिएशन आफ्नो अधीनमा रहेको सेन्ट जोसेफ कलेजको क्याम्पियन हल वा सिक्रेट हार्ट चर्चको हललाई आइसोलेशन सेन्टर...