Posts

चर्चित गायक कर्ण दासले आफ्नो गायनद्वारा पारे सबैलाई मोहित

भ्यालेन्टाइन डेको छेक पारेर "न्यु वेब म्युजिक एकेडेमी" सिलगढीले "दोस्रो विन्टर म्युजिक फेस्ट २०२०"को "फाइनल राउण्ड=ग्राण्ड फिनाले" आयोजन गरिरहेको छ। सेभोक रोड ,  सिलगढी अवस्थित प्लानेट मलमा आयोजित यस कार्यक्रम प्रमुख सेलेब्रेटी गायक-निर्णायकको रुपमा नेपाली सङ्गीत संसारका चर्चित गायक कर्ण दास उपस्थित छन्।  अन्य निर्णायकहरूमा एजाज अली, देवाशीष मोथे, पूजन लोहागण, अनुपमा प्रधान अनि सञ्जु ठटाल थिए । मुख्य आयोजकको रुपमा रहेकी छिन् "न्यु वेब म्युजिक एकेडेमीकी हर्ताकर्ता प्रतिमा सक्रिय रहेकी छिन्। यो समारोहमा ग्यालेक्सी म्युजिक डट कमका मालिक प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।  यसरी नै विशिष्ट अतिथिद्वय सङ्गीतकार गोविन्दसिंह घतानी, मणिकमल छेत्री थिए ।  क्रमशः अतिथिहरू दधिराम घिमिरे, दिलचन छेत्री अनि अरू अरू थिए । यो प्रतियोगिताको एकल गिटार वादनमा प्रथम , इमन बर्मण , दोस्रो , सिराज राई , तेस्रो , प्रशान्त भए।  जसलाई मुख्य अतथि इमन सरकारको बाहुलीबाट पुरस्कार प्रदान गरियो।  यसरी नै एकल गायनमा प्रथम निधिसिंह लकान्द्री , दोस्रो , भूमिका सरकार , तेस्रो , ...

आर्नोवाद्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण

हरेक वर्ष घुमेर उने माघको जाड़ोमा हुने खानेले तातो तातो लुगाहरू लगाएर आफ्नो शरीरलाई जोगाउँछन् ।  तर नहुनेहरू, सड़कमा जीवन विताउनेहरूलाई रातको चिसोबाट बच्न निकै गाह्रो पर्दछ । यही कुरालाई ध्यानमा राखे एशोसिएशन फर रिसर्च अन् नन्प्रफिट अर्गनाइजेशन्स एन्ड वल्युन्टेरी एक्टिविटिज (आर्नोवा) द्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण गरेको छ ।  स्मरण रहोस् रुबेन गुरूङद्वारा देशको राजधानी नयाँ दिल्लीमा सन् 2000 मा संस्थापित आर्नोवाले प्रतिवर्ष हिउँदोको समयमा सडकमा जीवन विताउने मानिसहरूलाई तातो तातो लुगाहरू वितरण गर्दै आइरहेको छ ।  यसै सन्दर्भमा यस पटक यसका अध्यक्ष डा. किशोर भारतीको नेतृत्वमा सातजनाको टोलीमा उपाध्यक्ष अमृता सुब्बा, संयुक्त सचिव मोहन शर्मा, कार्यकारी सदस्यहरू दुर्गा साम्बा, मोहन लुइँटेल अनि समीक्षा साम्सोहाङ उपस्थित रहेर तातो तातो लुगाहरू वितरण गरियो ।  स्मरण रहोस् आर्नोवाले आफ्नो स्थापनाकालदेखि नै नेपाली भाषा साहित्य, संस्कृति र गोर्खाली समाजको विकासका लागि विभिन्न प्रकारका सामाजिक कार्य अनि सृजनशील कार्यहरू गर्दै आइरहेको छ । सडकमा जीव...

About Darjinc Dalle Pickles

Dalle from Darjeeling.

सिलगढ़ीमा तमू गुरूङ नयाँ वर्ष लोसार पालन

Image
                                                                तमू छोंज धि तमू गुरूङ कल्याण सङ्गठन, सिलगढ़ीले हिजो आफ्नो नयाँ वर्ष बढ़ो उल्लासका साथ पालन गरेको छ ।  सिलगढ़ीको सालुगढ़ा क्षेत्रको विकास नगर अन्तर्गत गोर्खा कल्याण सङगठनको क्याप्टन रामसिंह ठकुरी रङ्गमञ्च परिसरमा नयाँ वर्ष २०१९ भव्यताको साथमा पालन गरियो ।  स्मरण रहोस् सन् १९९२ मा स्थापना गरिएको भारतको सबैभन्दा जेठो तमू गुरूङहरूको सङ्गठनले मुख्यरुपमा प्रतिवर्ष गुरूङ लोसार पालन गर्दै आइरहेको छ ।  वर्तमान कर्णल डीआर गुरूङ अध्यक्ष, रमेश गुरूङ महासचिव, प्रेम गुरूङ कोषाध्यक्ष अनि अरू कार्यकारी सदस्यहरू रहेको समितिले यो पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजन समितिको गठन गरेको थियो ।  जसको अध्यक्षको रुपमा डिपुटी कमाण्डेन्ट डीएस गुरूङलाई मनोनित गरिएको थियो ।  कार्यक्रमको थालनीमा गुरूङ...

याङ्गगाङ्ग, सिक्किमका छाम्पा मेघी गुरूङ विद्यावारिधिद्वारा विभूषित

Image
                                                                         सिलगढ़ी 26 दिसम्बर (निसं) याङ्गगाङ्ग , दक्षिण सिक्किम निवासी  छाम्पा मेघी लामा (विजय मेगी लामा गुरूङ) लाई विद्यावरिधि ( PhD) को उपाधि डिग्री ससम्मान प्राप्त गरिएको छ । बनारस हिन्दू विश्वविद्यालय  (बि. एच. यू ) को 101 दीक्षान्त समारोहमा मेगी लामा गुरूङलाई विद्यावरिधि ( PhD) को उपाधिले सम्मान गरिएको हो ।  दर्शन विभाग ( Philosophy Department) बाट विद्यावारिधि ( PhD) सम्मका पढाई गर्ने पहिलो भारतीय गुरुङ्ग हुन् भने सिक्किमबाट पनि पहिलो व्यक्ति हुन् ।  यो उपाधि समारोहको आयोजना मङ्गलबार 24 दिसम्बरको दिन आयोजना गरिएको थियो ।    ...

बङ्गला नाटक ‘‘गुलशन’’ प्रदर्शित

                 सिलगढ़ीमा हिउँदो लाग्नेसाथ विभिन्न प्रकारको रमाइलो शुरू हुने गर्दछ ।  किनकि यहाँ राम्रा राम्रा सङ्गीतमय कार्यक्रम, नाटक, सर्कस, मेला आदिबाट रमाइलो लिन पाइन्छ ।  यसैक्रममा सोमबार यहाँको तथ्य केन्द्रमा अवस्थित दीनवन्धु मञ्चमा बङ्गला नाटक ‘‘ गुलशन ’’ प्रदर्शित गरियो । सिलगढ़ीको पुरानो संस्था ‘‘ कललोल सांस्कृतिक समूह ’’ द्वारा प्रायः चारदशकपछि  यो नाटक आयोजित गरिएको थियो ।    श्यामा कान्त दासद्वारा लिखित अनि प्रणब होर रायद्वारा निर्देशित नाटकमा मुख्य कलाकार (भूतनाथ बेनर्जी) को भूमिकामा निर्देशक प्रणब होर राय स्वयं थिए । मुख्य सहायक कलाकार (लैला)  थिइन् शोभा जाना तालुकदार, घर मालिक-मालिक्नीको भूमिकामा अशोक कुमार घोष र जोनाकी मित्रा थिए ।  यसरी नै अन्य कलाकार थिए- अभिजित चन्दा, गौतम राय, दयालचन्द भक्त, अनिल गोस्वामी अनि अरू थिए ।   नाटकका निर्देशकले बताए अनुसार केही कारणवस् यतिका दिनपछि नाटक प्रदर्शन गरियो ।  यसको सफलताको श्रेय बुद्धिजीवी नाटक प्रेमीहरूलाई जान्छ...

सलिल ज्ञेवालीको पुस्तक ‘‘ग्रेट माइन्डस् अन् इन्डिया’’

                                    Great minds on India           मेघालय, शिलङ्गका एकजना लेखक तथा पत्रकार सलिल ज्ञेवालीको पुस्तक ‘‘ ग्रेट माइन्डस् अन् इन्डिया ’’ अब जर्मनी भाषामा पनि प्रकाशित हुने भएको छ ।  यो पुस्तकलाई जर्मनी भाषाका विद्वानद्वय सुश्री क्यारोलिन ह्यागेन अनि म्याक्स हर्जले अनुवादको कार्यलाई अघि बड़ाइरहेका छन् । यो कार्यमा विशेष हात दिइरहेका छन् अमेरिकाली विद्वान् एन. स्येमोरले ।  यो जर्मनी संस्करणको नाम राखिएको छ ‘‘ ग्रोब डेङ्कर उबेर इन्डिया ’’ ।  ‘‘ प्रख्यातो मनिसिदेर चोखे भारोत ’’ नाम राखिएको बङ्गला भाषामा यस पुस्तकलाई बङ्गला भाषाका बरिष्ठ विद्वान डा. आर. एन. दासले गरेका छन् ।   यो बङ्गला संस्करणको विमोचन पश्चिम बङ्गालका राज्यपाल केशरीनाथ त्रिपाठीको बाहुलीबाट गरिएको छ ।  कोलकाता अवस्थित पश्चिम बङ्गालको राजभवनमा विमोचनको समयमा त्यस क्षेत्रका विभिन्न स्कूल-कलेज, विश्वविद्यालयका शिक्षा...