प्रथम लहरको कोरोनाकालमा जस्तै यो दोस्रो लहरमा पनि विभिन्न सामाजिक संस्थाहरूले विभिन्न मानव उपकारी कार्यहरू गर्दै आइरहेको छ । यसमा आश्यक परेका मानिसहरूमा खाद्य सामग्री वितरण गर्नु पनि एउटा हो । यसै क्रममा सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दार्जीलिङको चौरास्तामा आश्यक परेका मानिसहरूमा मङ्गलबार २ ५ मई २०२ १ को दिन खाद्य सामग्री वितरण गरियो । अधिवक्ता पीटी ओला, डा. किशोर भारती, संस्थानका अध्यक्ष सुजीत निरौला, जुस्लोका विशेष अधिकारी सत्यम गिरी, बिनीता रोका आदिको टोलीद्वारा यो खाद्य सामग्री वितरण गरियो । यो कार्यलाई सफल पार्न अधिवक्ता पीटी ओलाको विशेष पहल रहेको थियो । गोजमुमो अध्यक्ष बिमाल गुरूङ संरक्षक रहेको संस्था सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा दोस्रो लहरको कोरोनाको प्रकोपमा यस्तो मानव उपकारी कार्यहरू गर्दै आइरहेको अनि आवश्यक परेसम्म गरिरहने जानकारी डा. किशोर भारतीले दिएका छन् ।