स्व. भवानी शर्माको दोस्रो कविता कृति ''जीवन तृष्णा''को लोकार्पण

खरसाङ 26 नोभेम्बर (किरण छेत्री) : आज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा स्व. भवानी शर्माको दोस्रो कविता कृति जीवन तृष्णा लोकार्पण गरिएको छ। भाषा संग्रामी बुद्धिमान प्रधान बमपको अध्यक्षता र युग्मककार कालुसिंह रणपहेंलीको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण कार्यक्रमलाई आशा मुखिया लामाले सञ्चालन गरेकी थिइन् ।  कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरू खरसाङका विधायक डा. रोहित शर्मा, साहित्यकारहरू पूर्ण गुरुङ निरूपम, जीबी बल,  देव भण्डारी, समाज सेवक टी टी लामा र स्व. कवि भवानी शर्माकी पत्नी बसुन्धरा शर्मा आदिको बाहुलीबाट उक्त जीवन तृष्णा नामक कविता संग्रहको लोकार्पण गरियो । कार्यक्रममा स्व. कवि भवानी शर्माको जीवनी उनकी पत्नी बसुन्धरा शर्माले राखिन् । स्व. भवानी शर्माको जन्म 15 सितम्बर 1950 मा भएको थियो भने निधन 23 सितम्बर 2018 मा भएको थियो । उनी आकाशवाणीको खरसाङ र गान्तोक केन्द्रमा समाचार वाचकको रुपमा कार्यरत थिए। कार्यक्रममा कविहरू बालकृष्ण थामी,  द्वारिका छेत्री,  बिराज थापा,  मदना ओझा (कालेबुङ) र उषाकिरण सत्यदर्शीले कविता पठन गरेका थिए ।  कार्यक्रममा उपस्थित सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई स्व. भवानी शर्माको परिवारको पक्षबाट पत्नी बसुन्धरा शर्माको बाहुलीबाट सम्मानस्वरूप स्मृति चिन्ह्र प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि कालुसिंह रणपहेंलीले आफ्नो वक्तव्यमा भवानी शर्मा गतिशील व्यक्तित्वका धनी थिए भन्दै उनको 45 वटा कविताहरूको संकलन जीवन तृष्णा हो भनी बताए । उनले भवानी शर्माको व्यक्तित्व विशेष महत्वपूर्ण थियो,  नेपाली साहित्यमा उनको छुट्टै पहिचान थियो ।   कारण उनले हरेक कविता नहेरी सुन्दर ढंगले वाचन गर्थे,  जुन उनको अद्वितीय कला थियो,  उनले हामीलाई यो कला सिकाएर जानु भयो भनी बताए। उनले स्व. भवानी शर्मा स्पोट्स म्यान थिए,  उनी गायक कलाकार थिए भन्दै उनले कविताहरू पनि सरल र सहज भाषामा लेखेको र कवितामा सकरात्मक कुराहरु रहेको साथै उनी प्रकृति प्रेमी थिए,  खरसाङलाई माया गरेर कविताहरू लेखेको पनि बताए।

Comments

Popular posts from this blog

आर्नोवाद्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा खाद्य सामग्री वितरण