मुम्बईको चिल्ड्रेन वेल्फेयर स्कूलमा गगन ज्वालाद्वारा कराते र योगासन प्रशिक्षण शुरू

मुम्बई, चिंचोटी क्षेत्रमा चिल्ड्रेन वेल्फेयर इंग्लिश हाई स्कूलमा निःशुल्क कराते र योगासन प्रशिक्षण केंद्र शुरू गरियो ।  सुप्रसिद्ध समाज सेवक तथा खेलकूद प्रमुख गगन ज्वालाको नेतृत्वमा गिरिजाराम वेल्फेयर फाउंडेशनको सहयोगमा उक्त स्कूलका २७५ जना गरीब बालबालिकाहरुलाई गगन ज्वालाले
कराते र योगासन प्रशिक्षण दिंदै यसको शुरूआत गरियो। गगन ज्वाला यस्ता नेपालीभाषी व्यक्तित्व हुन्, जसले वितेको तीन दशकभन्दा बढ़ी समयदेखि महाराष्ट्रमा गरीबी रेखामुनिका नानीहरूलाई निःशुल्क कराते प्रशिक्षण दिंदै आइरहेका छन् भने केही समयदेखि योगासनको प्रशिक्षण पनि दिन थालेका छन्।  यस क्रममा उनले भने, कराते जीवन रक्षक कला हो भने योगासन स्वस्थ रहने भारतीय विधि हो ।  आजभोलि यी दुवै माध्यमलाई मानिसहरूले पेशा बनाइरहेका छन् ।  मैले चाँहि यी दुवै माध्यमलाई गरीबी रेखामुनिका नानीहरूलाई निःशुल्क प्रशिक्षण दिएर उनीहरूलाई सबल बनाउने प्रयासमा जुटेको छु।  यसै क्रममा आजबाट यो स्कूलका विद्यार्थीहरूलाई निःशुल्क प्रशिक्षण दिन थालेको छु ।

    उक्त कार्यक्रमका अध्यक्षको रुपमा चिल्ड्रेन वेल्फेयर इंग्लिश हाई स्कूलका संस्थापक कमाल बेग उपस्थित थिए ।  यसरी नै गिरिजाराम वेल्फेयर फाउंडेशनका संस्थापक केदारनाथ म्हात्रे प्रमुख अतिथिको आसनमा विराजमान थिए।  क्रमशःविशिष्ट अतिथि चिल्ड्रेन वेल्फेयर इंग्लिश हाई स्कूलका प्रधान अध्यापक आफ्रीन खान र अन्य अतिथिहरूमा  रमाकांत पंडित, आरती जाधव शिवपूजन गुप्ता,  जीत सिंग,  सुनकय गोरात, समरान बेग, ज्ञान प्रकाश प्रजापति, केशव गुप्ता र पवन सिंह लगायत सम्पूर्ण शिक्षकवर्गको उपस्थिति रहेको थियो।

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन