भागोपको झारखण्ड राज्य कमिटि पुर्गठित
झारखण्ड 25 नवम्बर (निसं) भारतीय गोर्खा परिसङघको एउटा विषेश सभा सम्पन्न झारखण्ड राज्यको राजधानी राँची अन्तर्गत डोरान्डाको झारखंड गोर्खा सँगठन भवनमा आयोजना गरियो ।

मूलसचिव आकाश लामाले
आफ्नो वक्तब्यमा भागोपको उद्देश्य, साङ्ठनिक सङ्गरचना, कार्य प्रणाली उत्तर
पूर्वान्चलका समस्या र असममा NRC को समस्या बारे अवगत गराउँदै भागोपको आगामी कदम र कार्यक्रम बारे
सभामा राखे । राष्ट्रिय अध्यक्ष सुकमान मोक्तानले आफ्नो सम्बोधनमा भागोपको दर्शन -
नीति र भारतीय गोर्खा समाजको उत्थानमा भागोपको भूमिका माथि सभालाई प्रकाश पारे ।
सभामा छलफलको क्रममा विमल राई, रिन्कु लामा, अरुण प्रधान्, सुरेन लामा, राजु प्रधान, अयोध्या राई, रबिन थापा, भीम प्रसाद राई आदिले आ- आफ्नो
विचार राखे । सभामा सर्वसम्मति द्वारा झारखंड गोर्खा सङ्ठनसंग समन्वयन गरी
यथाशीघ्र स्थायी समितिको निम्ति जी. बी.राई प्रमुख सन्योजक, राजु प्रधान सह सन्योजक, महिला परिसंघमा रिन्कु तामाङ र
रोजी थापा सन्योजिका,
युवा
परिसंघमा विमल राई र सन कुमार सुब्बा चयन
गरिए । सभाको सन्चालक सन कुमार सुब्बाले
धन्यवाद ज्ञापन पनि गर्दै झारखंडका गोर्खाहरु भागोपमा सम्लग्न हुन पाउनु गौरवको
विषय हो भने । सभा अध्यक्ष जि. बि. राईले भागोपको छहारीमा बसेर झारखंडका
गोर्खाहरुको समस्या निदान गर्नु पर्ने र राष्ट्रिय स्तरमा पनि गोर्खाहरुको समस्या
समाधानको निम्ति भागोपलाई सदैव समर्थन र सहयोग गर्नु पर्ने हाम्रो कर्तब्य हुनेछ
भनी सभालाई सम्बोधन गरे ।
Comments
Post a Comment