सुकेपोखरी: प्लुङदुङ तरूण सङ्घको फुटबल प्रतियोगिता





सुकेपोखरी:(23 नवम्बर) प्लुङदुङ तरूण सङ्घको तत्वावधानमा तरुण कप २०१९ आजको खेलमा प्रथम खेल सेन्ट पल्स दार्जीलिङ्ग बनाम मुनाल एफ सि सोनादा माँझ समपन्न भयो जसमा सेन्ट पल्स दार्जीलिङ्गले मुनाल एफ सि सोनादालाई दुईको बिरुद्ध चार गोल गरेर क्वार्टर फाईनल मा आफ्नो स्थान पक्का गर्यो। आजको प्रथम म्याचको म्यान अफ दि म्याच सेन्ट पल्सको प्रनेस देवान जर्सी नम्बर पन्ध्रलाई गोजमूमो सुके मानेभन्ज्याङ्ग समस्टी सभापती बुद्ध तामाङ्ग को बाहुली बाट प्रदान गरियो ।
दोस्रो खेल रङ्गबुल एफ सि बनाम हिमालयन एस सि दार्जीलिङ्ग माँझ रोचक भिडन्त भयो। म्याच निर्णायक स्थितिमा नपुग्दा म्याच पेनल्टी किकमा परिणित भयो जसमा रङ्गबुल एफ सिले हिमालयन एस सिदार्जीलिङ्ग लाई दुईको बिरूद्ध तिन गोल गरेर बिजयी हासिल गरे दोस्रो खेलको म्यान अफ दि म्याच रङ्बुलका गोलकिपर प्रसान्त प्रधानलाई प्रादान गरियो।
आज को दुवै खेलको निर्णायक टोलीमा धिरेन थापा, युगल थापा,आजन थापा थिए भने फोर्थ ओमपाइर जिग्मिला सेर्पा, म्याच कमिस्नर जेन छिरीङ्ग लेप्चा रहेको थियो भनि सधंका सचिव राजुला शेर्पा बताएका छन् ।

Comments

Popular posts from this blog

आर्नोवाद्वारा एनजेपी रेलवे स्टेशनमा भिखारीहरूलाई तातो तातो लुगा वितरण

सिंहलिला सोसियल वेलफेयर सोसाइटीद्वारा खाद्य सामग्री वितरण