डा. किङ्ग गुनु घर्ती

                         






        भारतको उत्तर-पूर्वी क्षेत्रमा एउटा सानो राज्य मिजोरम अवस्थित छ । प्राकृतिक दृष्टिकोणले यो राज्य अति नै सुन्दर पनि छ ।  यही सुन्दरताको वर्णन गर्दै डा. किङ्ग गुनु घर्तीले आफ्नो हिन्दी श्रव्य-दृश्य साङ्गीतिक कोशेली लभली मिजोरममा वर्णन गरेका छन् ।   यो राज्यमा अल्पसंख्यकको रुपमा गोर्खाहरू बसोवास गर्दछन् ।  कसैले मिजोरमका गोर्खाहरूलाई तपाईंको जात के हो ?’ भनेर सोधे हाम्रो जात गोर्खा हो ?’ भन्छन् ।   किनकि यो राज्यमा बसोवास गोर्खाहरूमा छुवाछुत, सानो-ठूलो अनि धनी-गरीबको कुनै भेदभाव छैन ।   त्यसैले यहाँका गोर्खाहरू उदारवादी अनि मानवताका गुणहरूले भरिपूर्ण छन् ।  भाषा-साहित्य, संस्कार-संस्कृतिलाई जोगाएर ल्याइआएका हुनाले यहाँ कवि गोष्ठी, भानु जयन्ती, सांस्कृतिक कार्यक्रम अनि धार्मिक अनुष्ठानहरूमा खुबै सक्रियताका साथ भाग लिन्छन् यहाँका गोर्खाहरूले ।  यसैले यो राज्यमा हाम्रो भाषा-साहित्य, संस्कार-संस्कृतिको सुरक्षा भइरहेको छ भन्न सकिन्छ ।   हाम्रो भाषा-साहित्य, संस्कार-संस्कृतिको प्रसङ्गमा मिजोरमका गोर्खाहरूले उनलाई सम्झन करै लाग्छ ।  तर त्यस राज्य छोड़ेर विश्वकै नेपालीभाषीहरूले मिजोरम भन्नेसाथ डा. किङ्ग गुनु घर्तीलाई सम्झन्छन् ।  यो कुरा अकाट्य सत्य हो ।  उनको चरित्रमा विभिन्न गुणहरू पाइन्छ ।   प्रतिभाको विविध पक्षहरूले उनको व्यक्तित्वको निर्माण भएको पाइन्छ ।  डा. किङ्ग गुनु घर्तीको व्यक्तित्वले हामीलाई  मिजोरमको कला र सङ्गीतको क्षेत्रमा एउटा छुट्टै पहिचान गराउँछ ।  यस्ता बहुप्रतिभाशाली अनि प्रेरणादायी व्यक्तित्वबाट हामी  धेरै कुरा प्राप्त गर्नसक्छौं, सिक्न सक्छौं ।  उनले अहिलेसम्म एउटा हिन्दी म्युजिक भीडीओ अल्बम र एउटा हिन्दी ईशाई गीतको अल्बमसहित उनले सत्रहवटा सीडी अल्बम रिलिज गरिसकेका छन् ।  अझै पाँचवटा हिन्दी र नेपाली  म्युजिक भीडीओ अल्बम एकैसाथ निर्माण गरिरहेका छन् । 
          साहित्यको क्षेत्रमा कुरा गर्ने हो भने पाठकहरूको मागले गर्दा डा. किङ्ग गुनु घर्तीका चारवटा पुराना उपन्यासहरूसहित एउटा नयाँ उपन्यास निर्दोष अपराधीप्रकाशनमा आइरहेको छ ।   क्रमशः उनका एउटा हिन्दी गीतहरूको सङ्गालो र नेपाली गीतहरूको सङ्गालो पनि प्रकाशनमा आइरहेको छ ।  
         व्यक्तित्वको कुरा गर्दा डा. किङ्ग गुनु घर्ती गोरो वर्ण, हँसिलो मुहार,  ठूलो निधार, चौड़ादार छाती, सेतै फुलेको कपाल अनि दाह्री, पाँच फीट, छ इञ्च उचाई अनि ठूलो जीउडालका धनी छन् ।  साठी वर्ष (बरिष्ठ नागरिक) पुगिसकेका डा. किङ्ग गुनु घर्तीलाई हेर्दा पचासभन्दा कम उमेरका देखिन्छन् ।  रातो-रातो गाला अनि सेतै फुलेका फ्रेञ्च कट दाह्रीमा उनको  आकर्षक जीउडाल हेर्दा चलचित्रका अभिनेता नै लाग्दछ ।    जोड़ले अनि बेस भोइस भए तापनि मीठो बोल्ने अनि मिलनसार डा. किङ्ग खुबै सोझा र इमान्दार छन् ।
        मिजोरमको राजधानी ऐजल अन्तर्गत दुरत्लाङ्ग गाउँमा 26 जुलाई 1958 मा जन्मिएका डा. किङ्ग  सानो होस् वा ठूलो सबै उमेरकाहरूसित सौहार्दपूर्ण व्यवहार गर्ने मानवीय भावनाले ओतप्रोत भएका प्रतिभाशाली व्यक्तित्व हुन् ।   किशान परिवारबाट भए तापनि सानैबाट परिश्रमबाट टाढ़ा रहेका अनि पशु पालन गरेर हुर्केका डा. किङ्ग  मिजोरमका एक मात्र नेपाली उपन्यासकार अनि उत्तर-पूर्वी राज्यहरूबाट सबैभन्दा धेरै गीत लेख्ने र  अडियो भीडीओ अलबमका निर्माता हुन् ।
        पाँच वर्षसम्म मिजोरम गोर्खा युवा सङ्घ, ठुवाम्पुई शाखाका अध्यक्ष रहेका डा. किङ्ग बैरागी सङ्गीत परिवारका संस्थापक हुन् ।  यसै गरी  डा. किङ्ग गुनु घर्ती फाउन्डेशनका संस्थापक हुन्  भने अमेरिकाको वासिङ्ग्टन डीसीमा मुख्यालय भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र अमेरिका नै मुख्यालय रहेको विश्व लेखक संस्थाका  मिजोरम अध्यक्ष हुन् । उनी वास्तवमा नै धेरै पढ़ेलेखेका व्यक्तित्व भने होइनन् ।
      डा. किङ्ग गुनु घर्तीको पारिवारिक पक्ष हेर्ने हो भने उनी तीनजना श्रीमतीहरूका धनी हुन् ।  यसका साथै चार छोराहरू भएकाले उनलाई कलियुगका दशरथको उपाधि पनि दिइएको छ ।  नारी जातिलाई खुबा सम्मान गर्ने डा. किङ्ग तीनैजना श्रीमतीहरूसित एउटै घरमा एकैसाथ बस्छन् ।
      मिजोरमका गोर्खाहरूको मार्गदर्शकका रुपमा गीत-सङ्गीत, कथा-कविता, उपन्यास अनि अभिनयको क्षेत्रमा पनि पाइला चाल्दै जीएस मुभीज प्रा. लि., काठमाण्डौको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र गोरेमा प्रमुख खलनायकको भूमिका निभाउने,  लालथेरीनामक हिन्दी भाषामा निर्मित मिजो ऐतिहासिक टीवी सिरियलमा जाचेउवाको खलनायकी भूमिका र ल्हेइम्थला(छाया) नामक मिजो चलचित्रमा अभिनय गरेका डा. किङ्गलाई साँच्चै प्रशन्सनीय व्यक्तित्वको रुपमा लिन सकिन्छ ।  जसले मिजोरम राज्यका अन्य गोर्खाहरूलाई समेत शिर ठाड़ो गरी हिड़्ने गौरव प्रदान गरेका छन् ।
      डा. किङ्गले नेपाली भाषामा मात्रै नभएर हिन्दी भाषा साहित्यमा पनि विद्यावाचस्पति राष्ट्रिय गौरव अनि भारत गौरव जस्ता उपाधिहरूसहित चार दर्जनभन्दा बढ़ी सम्मानहरूद्वारा उनी सम्मानित भइसकेका छन् ।  उनलाई भर्खरै पनि राजधानी दिल्लीमा नेपाली गौरवउपाधिद्वारा सम्मानित गरिएको छ ।

        

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन