प्लुङदुङ तरूण सङ्घ फुटबल क्वाटर फाइनल सम्पन्न

सुके पोखरी: ३० नेभेम्बर (फुर्बा शेर्पा): प्लुङदुङ तरूण सङ्घको तत्वावधानमा तरुण कप फुटवल प्रतियोगिता २०१९ आज क्वाटर फाइनलको खेल सम्पन्न भयो ।

प्रथम खेल फिक्कल एफसी बनाम वाईजी एफसी खरसाङबीच रोचक भिडन्त भयो । जसमा म्याचको समय अवधिभरि दुवै दलले गोल गर्न सकेनन् भने अतिरिक्त समयमा दुवै दलले एक एक गोल गरेपछि म्याच निर्णायक स्थितिमा पुग्न सकेन ।  अनन्त पेनाल्टी सुटमा फिक्कल एफसीलाई 3 को बिरूद्ध 4 गोल गरेर वाईजी एफसि खर्साङ्गले बिजय हासिल गर्दै सेमी फाईनलमा आफ्नो स्थान पक्का गरयो । आजको प्रथम म्याचमा म्यान अफ द म्याच खरसाङको वाईजी एफसीका प्रशान्त गुरूङलाई मोर्चा सुके मानेभन्ज्याङ समष्टि सभापति बुद्ध तामाङको बाहुलीबाट प्रधान गरियो। आजको कार्यक्रम संघका सचिव राजुला शेर्पाले संचालन गरेका थिए भने प्रतियोगिताको निर्णायक टोलीमा धिरेन थापा, अमोश थापा, उगेन थापा, म्याच कमिश्नर साङ्गे दोर्जी शेर्पा, फोर्थ ओमपाइर पालन दर्नाल आदि रहेका छन् भने भोलिको म्याच दाजीलिङ युनाइटेड बनाम राङभाङ एफसीबीच सम्पन्न हुने जानकारी आयोजक समिति अनि संघका सचिव राजुला शेर्पा बताएका छन् ।

Comments

Popular posts from this blog

नेपाली साहित्यका समीक्षक र कवि सुकराज दियाली पितृशोकमा

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम