हाम्रो स्वाभिमानद्वारा तीन दिवसीय राष्ट्रीय सम्मलेन र योग शिविर आयोजना गरिने

 नयाँ दिल्ली 25 नवम्बरः परम पूज्य स्वामीजी महाराज एवम् परम श्रद्धेय आचार्यजीको सानिध्यमा अति हर्ष को साथमा यहाँ हरु सम्पूर्ण स्वाभिमानी आमा-बुआ, दाजु भाई, दिदी बहिनिहरु लाई सूचित गर्न चाहन्छौं की हाम्रो स्वाभिमानद्वारा आयोजित विशेषत: तीन दिवसीय राष्ट्रीय सम्मलेन र योग शिविर दिसम्बर 24 देखि 26 दिसम्बर 2019 सम्म पतञ्जलि योगपीठहरिद्वारमा हुन गैरहेको जानकारी प्राप्त भएको छ !



    परम पूज्य श्रद्धेय आचार्य बालकृष्णज्युद्वारा परम पूज्य स्वामी रामदेवज्युको संरक्षणमा सम्पूर्ण भारतभरी बसोबास गर्ने नेपालीभाषी हरुको स्वाभिमान जागरणको उद्देश्यलाई लिएर हाम्रो स्वाभिमान संगठन स्थापित गरिएको हो । जसमा 25000  भन्दा ज्यादा नेपालीभाषी सदस्यहरू छन् ! यस संगठनले प्रत्येक नेपालीभाषी को एकता र स्वाभिमान जागरण एवं सशक्तिकरनको लागी बिभिन्न साहित्यिक, सांस्कृतिक, खेलकूद, कानूनी परामर्श, सूचना अधिकार, छात्रबृत्ति, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मलेन आदि प्रत्येक बर्ष भारतभरी सञ्चालन राखेको छ !

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन