खरसाङको पर्यटन व्यवसाय फस्टाइरहेछ

खरसाङ  25 नोभेम्बर (निसं) : पहाड़मा पर्यटन व्यवसाय अहिले फस्टाएर गइरहेको छ। दार्जीलिङको तुलनामा खरसाङको पर्यटन व्यवसाय क्षेत्रमा निक्कै पछाड़िएको थियो। पहाड़ घुम्न आउने पर्यटकहरू खरसाङमा केही समयको लागि मात्रै उत्रने गर्थे भन्ने भनाइ थियो  तर अहिले त्यो भनाइ गलत साबित हुँदैछ।  अहिले खरसाङमा नयाँ नयाँ पर्यटन स्थानहरूको निर्माण र पर्यटन व्यवसाय फस्टाएर गइरहेको कारण पर्यटन व्यवसाय र पर्यटनको मानचित्रमा खरसाङले गतिलो फड्को लगाइरहेको छ। पर्यटकहरू नयाँ नयाँ पर्यटन स्थलहरूले पहाड़ आउने पर्यटकहरूलाई खरसाङमा निक्कै आकर्षित गरिरहेका छन् । खरसाङमा अहिले नयाँ पर्यटन स्थलको रुपमा विकसित भइरहेको स्थान हो- बरबुङ क्षेत्र। खरसाङ बजारको डाँड़ामा रहेको यो स्थान वरिपरिबाट हरियो चियाबारीले घेरेको छ। बजारदेखि केही मुनि रहेको एनएच 55 बाट उकालो लागेपछि अलकत्रे सड़क भएर सुन्दर मनोरम दृश्यहरू हेर्दै पुगिने स्थान हो बरबुङ। यो क्षेत्र अब विस्तारै पर्यटनको मानचित्रमा अघि बढ़िरहेको छ। यहाँ हालैमा जीटीएको तर्फबाट बनिएको हनुमानको ठूलो मूर्ति पर्यटकहरूको केन्द्रविन्दु बनेको छ। यो गतिलो हनुमानको मूर्ति उदघाटन गरिएको छैन- तर उद्घाटन नभए तापनि यो मूर्तिले पर्यटकहरूलाई निक्कै आकर्षित  गरिरहेको छ। यसको नजिकै "आइ लभ खरसाङ"को सुन्दर अक्षरहरूसितै खरसाङ बजारको प्रसिद्ध टावर र बजारको दृश्य हरेक पर्यटकलाई आकर्षित गर्ने भएको छ।  यहाँ राखिएको "आइ लभ खरसाङ"को बोर्ड मन लोभ्याउने रहेको छ।  कारण यो बोर्डबाट खरसाङ बजारको मनोरम दृश्यले गर्दा सबैलाई आकर्षण गरिरहेको छ। यस क्षेत्रमा दैनिक देशी र स्थानीय पर्यटकहरू निक्कै भीड़भाड़को साथमा आउने गरेको स्थानीयहरूले बताएका छन्। आज यस ठाउँमा पुगेर हेर्दा स्थानीय मानिसहरूले यहाँ बाटो बनिएको र विकास कार्यहरू भएकोले आफुहरू खुशी रहेको बताएका छन् । यहाँ पर्यटकहरूको लागि हनुमानको मूर्ति र अन्य प्राकृतिक दृश्यहरूले गर्दा यस क्षेत्रको जमीनको मूल्य पनि बढ़ेको छ, यहाँ मानिसहरू दिनभरि भीड़को साथमा घुम्न आउन थालेको छ र यहाँ भएको विकास कार्यहरूले हामी खुशी छौं भनी स्थानीयहरूले बताएका छन् । यसै समय सिलगढ़ीबाट घुम्न आएका केही पर्यटकहरूमध्ये तपन सरकार अनि अन्यले खरसाङमा यो क्षेत्र नयाँ भएकोले हामी घुम्न आएको र यो ठाउँ धेरै राम्रो लागेको पनि बताए । यसबाहेक पनि गिद्धे पहाड़स्थित रक गार्डन र नेताजी म्युजियमले पनि पर्यटकहरूलाई निक्कै आकर्षित गरिरहेको छ। खरसाङ क्षेत्रमा जीटीए चेयरम्यान अनित थापाको प्रयासमा निक्कै विकास कार्यहरू भईरहेको स्थानीयहरूले बताएका छन्

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन